• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
  • गोपनीयता नीति
  • प्रयोगका सर्त
शनिबार, जेठ २४, २०८२ Sat, Jun 7, 2025
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
अर्थ समाचार
खुद्रा व्यापार संघसँग पर्याप्त छ चिनी, तर बजारमा अभाव कसरी? 
64x64
कल्पना घिमिरे बिहीबार, कात्तिक २, २०८०  १८:४५
1140x725

काठमाडौं– बिहीबार एक ग्राहक कुलेश्वरको एक खाद्य पसलमा पुगे। उनले त्यस पसलका व्यापारीसँग सोध्दै भने, ‘साहुजी चिनी छ?’

‘हामीले चिनी नबेचेको एक महिना नाघ्यो। यहाँ पाउँदैन,’ ती व्यापारीले भने।

‘कुलेश्वरका सबै पसलमा चिनी पाउँछ भन्ने सुनेर आएको पाउँदैन र?,’ ती ग्राहकले भने।

‘त्यो बन्द सटर रहेको पसलले चाँहि हिजोदेखि बेच्न थालेको छ। त्यो पनि खुद्रा व्यापार संघले बिक्री गर्न दिएको हो रे। हिजो लाइन लगाएर ११५ रुपैयाँ केजीले एक जना बराबर १ केजी बिक्री गरिरहेको थियो। १० बजे पछि पसल खुल्छ त्यतिबेला आउनुस् न,’ ती व्यापारीले भने।

त्यसपछि ती ग्राहक हुन्छ भन्ने प्रतिक्रिया जनाउँदै अर्को पसलमा गएर सोधे। अर्को पसलको पनि जवाफ उस्तै थियो। बिहानभरी कुलेश्वरका सबै पसल चहार्दा पनि एक किलो चिनी पाउन नसकेर थकित हुँदै आफ्नो बाटो लागे।

तर वाणिज्य तथा उपभोक्ता संरक्षण विभागका महानिर्देशक तीर्थराज चिलुवाल बजारमा चिनी अभावको समस्या नरहेको बताउँछन्।

बिहीबारदेखि बजारमा चिनी अभाव नहुने तर उच्च गुणस्तरको चिनी भएकाले थोरै महंगो पर्ने उनको भनाइ छ।

बजारमा चिनीको अभाव भइरहेका बेला केही साताअघि अद्योगसँग १ लाख २८ हजार टन चिनी फेला परेको थियो। सो चिनी उद्योगीले कोक पेप्सी कम्पनीलाई बिक्री गरिसकेको बताएका थिए। सो चिनीमध्ये तत्काल बजार पठाउन विभाग र उद्योग मन्त्रालयले छलफल गरिरहेको थियो।

Ncell 2
Ncell 2

उक्त चिनी व्यापारीलाई सिधै ल्याएर बिक्री गर्न आग्रह गरेको तर व्यापारीहरुले अत्यधिक फाइदा लिन नपाउने भएकाले खरिद गरि बिक्री गर्न नमानेको उनी बताउँछन्।

त्यसपछि विभागले काठमाडौं उपत्यकाका तीनवटै खुद्रा व्यापार संघसँग समन्वय गरेर बजारमा चिनी पठाउने तयारी गर्‍यो। संघले उद्योगीसँग एक हजार मेट्रिक टन चिनी खरिद गरी बजारमा पठाउन थालिसकेको छ। 

बुधबारमात्रै ४ ट्रक चिनी ल्याएर खुद्रा व्यापार संघले बिक्री थालेको छ। उक्त चिनी बिहीबार १० ट्रक उपत्यकामा आइपुग्ने चिलुवाल बताउँछन्। तर चिनी पर्याप्त हुँदा हुँदै बजारमा नपुग्नु व्यापारीहरुको कमजोरी रहेको बताए।

‘हिजोको एक ट्रक चिनी बिक्री भएन भन्ने मैले सुनेको छु। बजारमा चिनी अभाव नहुनु पर्ने हो। तर यो संघले खरिद गरेको चिनी उच्च गुणस्तरको भएकाले महंगो पर्ने र व्यापारीले फाइदा नराखी बिक्री गर्नुपर्ने भएकाले खुद्रा व्यापारीहरुले चिनी नकिनेको हुनसक्छ,’ चिलुवालले भने।

संघले ल्याएको चिनीको मूल्य, ढुवानी खर्च, बीमा, प्याकेजिङ र भाडा जोड्दा प्रतिकिलो १११ रुपैयाँ ८५ पैसा खर्च हुँदा खुद्रा व्यापारीलाई ११४ रुपैयाँ पर्ने र खुद्रा व्यापारीहरुले उपभोक्तालाई ११५ रुपैयाँमा बिक्री गर्नुपर्दा व्यापारीले चासो नराखेको हुनसक्ने उनले बताए।

खुद्रा व्यापार संघका अध्यक्ष नरेशबाबु शाहीले संघमा आबद्ध सदस्य व्यापारीहरुलाई मात्र चिनी दिएकाले बजारमा अभाव भएको बताए।

‘हामीले जो पायो त्यही व्यापारीलाई चिनी दिएका छैनौं। संघमा आबद्ध रहेका पदाधिकारीहरुलाई मात्र बिक्रीका लागि चिनी दिएका छौं। जो पायो त्यहीलाई दियो भने मौका छोप्छन् र चिनी लुकाएर बजारमा फेरि अभाव गराउन सक्छन्,’ उनले भने।

यस्तै संघले चिनी ल्याउँदा प्रतिकिलो १११ रुपैयाँ ८० पैसा पुगेको र लोडअनलोड खर्च जोडेर व्यापारीलाई प्रतिकिलो ११४ रुपैयाँमा बिक्री गर्ने र व्यापारीले १ रुपैयाँ मात्र नाफा राखेर बिक्री गर्ने गरी चिनी वितरण गरेको शाहीको भनाइ छ।

बुधबार संघले ल्याएको ४ ट्रकमध्ये एक ट्रकको ३८० बोरा चिनी बिक्री भएको उनले बताए। जसमध्ये कीर्तिपुरका पसलहरुले ६० बोरा, नक्साल क्षेत्रका पसलहरुले ६६ बोरा, क्षेत्रपाटीका पसलले ६० , बानेश्वरका पसलले ६० बोरालगायत लाजिम्पाट, स्वयम्भू क्षेत्रका पसलले चिनी खरिद गरी लगेको उनले जानकारी दिए।

बिहीबार पनि संघमा आबद्ध सदस्यहरुका पसलहरुले चिनी खरिद गरिरहेको उनले बताए। अब भने बजारमा चिनीको अभाव नहुने उनको भनाइ छ।

प्रकाशित मिति: बिहीबार, कात्तिक २, २०८०  १८:४५

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
कल्पना घिमिरे
लेखकबाट थप
२८ करोडको सरकारी गाडी यसरी बन्यो कवाडी
आर्थिक सहायता र राजस्व संकलनको लक्ष्य नभेट्दा कूल बजेट खर्च २० प्रतिशत कमी
६ वर्षमा २२ सहकारी समस्याग्रस्तः चालू वर्ष थपियो बानेश्वरको नेपाल सहकारी वित्तीय संस्था लिमिटेड
सम्बन्धित सामग्री
आज सुनको मूल्य स्थिर, चाँदीको कति ? महासंघका अनुसार बिहीबार २ हजार ७५ रुपैयाँ कायम भएको चाँदीको मूल्य शुक्रबार बढेर तोलामा २ हजार १५० रुपैयाँ कायम भएको हो । शुक्रबार, जेठ २३, २०८२
अमेरिकी राष्ट्रपति ट्रम्प र मस्कबिचको विवाद, टेस्लाको शेयर १४ प्रतिशतले घट्यो विज्ञहरूका अनुसार यो टेस्लाको लागि पछिल्ला केही महिनामा सबैभन्दा खराब दिन थियो । ट्रम्प सरकारसँगको मस्कको द्वन्द्व बढ्यो भने उनले ठु... शुक्रबार, जेठ २३, २०८२
लगानी बोर्डले स्वीकृत गर्‍यो सवा खर्ब रुपैयाँ लगानी प्रधानमन्त्री एवं बोर्डका अध्यक्ष केपी शर्मा ओलीको अध्यक्षतामा बिहीबार बसेको बोर्ड बैठकले मुक्तिनाथ केबलकार र माथिल्लो सेती जलविद्यु... बिहीबार, जेठ २२, २०८२
ताजा समाचारसबै
नवलपरासीमा एक युवकले गरे आफ्नै बुबा र छिमेकीको हत्या शुक्रबार, जेठ २३, २०८२
वाईसीएल अध्यक्षमा पुष्प ओली सर्वसम्मत चयन शुक्रबार, जेठ २३, २०८२
नेपाली नागरिकका लागि टीपीएस कार्यक्रम खारेज हुने, घर फर्कने तयारी गर्न अमेरिकाको सुझाव शुक्रबार, जेठ २३, २०८२
भीषण आगलागीमा परी बाजुराको बाम्का बजारमा ध्वस्त शुक्रबार, जेठ २३, २०८२
भेरी नदीमा बेपत्ता दिदीभाईको शव फेला शुक्रबार, जेठ २३, २०८२
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
ओली नेतृत्वको सरकार सफल बनाउन सम्पूर्ण ठाउँबाट प्रयास गरिरहेका छौ : गगन थापा
ओली नेतृत्वको सरकार सफल बनाउन सम्पूर्ण ठाउँबाट प्रयास गरिरहेका छौ : गगन थापा शुक्रबार, जेठ २३, २०८२
नेपालविरुद्धको भ्रष्टाचार मुद्दामा सरकारलाई दोष लगाउनु उचित होइन् : सञ्चार मन्त्री
नेपालविरुद्धको भ्रष्टाचार मुद्दामा सरकारलाई दोष लगाउनु उचित होइन् : सञ्चार मन्त्री शुक्रबार, जेठ २३, २०८२
महिला टोलीका प्रमुख प्रशिक्षक प्याट्रिकसँग पत्रकार सम्मेलन (भिडियो)
महिला टोलीका प्रमुख प्रशिक्षक प्याट्रिकसँग पत्रकार सम्मेलन (भिडियो) शुक्रबार, जेठ २३, २०८२
विद्वान गुरुङले मागीखाने भाँडो बनाएको भन्दै सडकमा उत्रिए तरुण दलका कार्यकर्ता (भिडियो)
विद्वान गुरुङले मागीखाने भाँडो बनाएको भन्दै सडकमा उत्रिए तरुण दलका कार्यकर्ता (भिडियो) शुक्रबार, जेठ २३, २०८२
संसद् चल्न नसक्दा महत्त्वपूर्ण विधेयकहरू अड्किए: सभामुख घिमिरे
संसद् चल्न नसक्दा महत्त्वपूर्ण विधेयकहरू अड्किए: सभामुख घिमिरे शुक्रबार, जेठ २३, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
माधव नेपालको सांसद पद निलम्बन बिहीबार, जेठ २२, २०८२
भिजिट भिसा प्रकरण : संसद् खोल्न कांग्रेसले राखेको प्रस्ताव रास्वपाद्वारा अस्वीकार बिहीबार, जेठ २२, २०८२
उपाध्यक्ष सापकोटा पक्राउ पर्ने डरले माओवादी संसद् खोल्न तयार भयो : शाही बिहीबार, जेठ २२, २०८२
पतञ्जली प्रकरणमा प्रधानमन्त्रीलाई जोडेर अनावश्यक टिप्पणी नगर्न माधव नेपाललाई एमालेको चेतावनी बिहीबार, जेठ २२, २०८२
नेपाली नागरिकका लागि टीपीएस कार्यक्रम खारेज हुने, घर फर्कने तयारी गर्न अमेरिकाको सुझाव शुक्रबार, जेठ २३, २०८२
सबै हेर्नुहोस
अन्तर्वार्ता
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
नेपाल र जिम्बाब्वेको अध्ययनले जलवायु परिवर्तनको असरबाट स्वास्थ्य प्रणालीलाई जोगाउने उपायहरू पत्ता लगाउनेछ : डा जोआना रेभन नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
अवुधावीमा मनाइयो गणतन्त्र दिवस नेपाल लाइभ
नेपालको आर्थिक समृद्धिको आधार बन्न सक्छ ‘धार्मिक पर्यटन’ राजेश कुमार शाह
स्मार्टफोनको दुष्प्रभाव : विद्यार्थीहरू किन जोखिममा छन् ? नेपाल लाइभ
बैंकिङ्ग व्यवसायलाई उद्यमशीलताको भर नेपाल लाइभ
सबै हेर्नुहोस
ब्लग
बैंकिङ्ग व्यवसायलाई उद्यमशीलताको भर मंगलबार, वैशाख २, २०८२
हितेन्द्र र कुलमानको रिट हेर्न नमिल्नेमा आइतबार, चैत १७, २०८१
चौरासी वर्षका क्यान्सरविजेताको जीवन वृत्तान्त ‘कालसँग कुस्ती’ सार्वजनिक आइतबार, फागुन १८, २०८१
सबै हेर्नुहोस
लोकप्रिय
आजको मौसमः देशभर आंशिक बदली, केहि स्थानमा भारी वर्षाको सम्भावना बुधबार, जेठ २१, २०८२
बरु ६ महिना यात्रा नगरौँ, यातायात व्यवसायीको धम्कीबाट नडराऔँ : सांसद शाही मंगलबार, जेठ २०, २०८२
माधव नेपालको सांसद पद निलम्बन बिहीबार, जेठ २२, २०८२
चार जिल्लाका प्रमुख जिल्ला अधिकारी फेरिए, कुन जिल्लामा को? आइतबार, जेठ १८, २०८२
सदन खुलाउन विपक्षी दलले राखे तीन शर्त मंगलबार, जेठ २०, २०८२
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2025 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्