• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
  • गोपनीयता नीति
  • प्रयोगका सर्त
मंगलबार, जेठ ६, २०८२ Tue, May 20, 2025
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
समाज
२८ करोडको सरकारी गाडी यसरी बन्यो कवाडी महानिर्देशक जोशी भन्छिन्- विभागको काम भ्यान मात्रै चलाएर बस्ने जस्तो कुरा नगर्नोस्
64x64
कल्पना घिमिरे बिहीबार, साउन २४, २०८१  १८:४५
1140x725

काठमाडौँ- सरकारले ६ वर्षअघि खाद्यजन्य पदार्थको स्थलगत अनुगमन गर्नका लागि करिब २८ करोड खर्चिएर खरिद गरेका गाडी कवाडीमा परिणत भएका छन्। कृषि तथा पशुपंक्षी मन्त्रालय मातहतको खाद्य तथा प्रविधि गुण नियन्त्रण विभागले खरिद गरेका उक्त भ्यान (वेल इक्विपमेन्ट ल्याबोटरी मोबाइल भ्यान ) प्रयोगमै नआई थोत्रिएका छन्।

सरकारले स्थलगत अनुगमनमा खाद्य र पेयजन्य पदार्थको संकलित नमूना सो भ्यानको सहयोगमा परीक्षण गर्ने र परीक्षणको क्रममा प्रतिकूल भेटिए सोही स्थानमा कारबाही गर्ने उद्देश्यले उक्त अत्याधुनिक प्रविधियुक्त सहितको भ्यान खरिद गरेको हो।

तर, उक्त भ्यान सञ्चालन नगरी विभागले आम उपभोक्ताको स्वास्थ्य अधिकारमाथि खेलवाड गरेको छर्लङ्गै देखिन्छ।

बुधबार विभागले आयोजना गरेको एक कार्यक्रममा सो भ्यान किन सञ्चालनमा आएन भन्ने प्रसंग उठेको थियो। यस विषयमा एक जना पत्रकारले सवाल जवाफसमेत गरेका थिए। सो भ्यान सञ्चालनमा किन आएन भन्ने पत्रकारको प्रश्नको जवाफमा अमर्यादित रुपमा प्रस्तुत हुँदै विभागकी महानिर्देशक मतिना जोशी वैद्यले भ्यानको विषयमा प्रश्न नगर्न आग्रह गरिन्। 

‘विभागको काम भ्यान मात्रै चलाएर बस्नेजस्तो कुरा नगर्नोस्। यस विषयको कुरै नगर्नोस्,’ उनले भनिन्।

उक्त मोबाइल भ्यान जुन प्रयोजनका लागि ल्याइएको हो सोही प्रयोजनका लागि सञ्चालनमा ‘ल्याउनू’ भनेर तत्कालीन कृषि तथा पशुपंक्षी विकास मन्त्री बेदुराम भुसालले आफूले विभागलाई निर्देशन दिँदा पनि विभागका महानिर्देशक वैद्यले अटेर गरी उक्त मोबाइल भ्यान सञ्चालनमा नल्याएको आरोप लगाएका थिए।

विशेष अदालतले उक्त मोबाइल भ्यान सञ्चालनमा ल्याउनू भनेर २०७९ वैशाख २५ गते नै विभागलाई आदेश दिएको थियो। तर ३ वर्ष बितिसक्दा पनि सो भ्यान सञ्चालन गर्न नसकेको विभागका प्रवक्ता मोहनकृष्ण महर्जनले स्वीकार गरे। उक्त भ्यान तत्काल सञ्चालन गर्न नसक्ने अवस्थामा रहेको र त्यसलाई मर्मत गरेर मात्रै सञ्चालनमा ल्याउन सकिने उनको भनाइ छ। 

उक्त भ्यान २०७५ सालमा ७ करोडका दरले ४ वटा खरिद गरिएको थियो। बा२झ ४०८७, बा२झ ४ ०८८, बा२झ ४०८९ र बा२झ ४ ०९० नम्बरका चार वटा मोबाइल भ्यान खरिद गर्दा तत्कालीन समयमा करिब २८ करोड रुपैयाँ खर्च भएको जानकारहरु बताउँछन्।

Ncell 2
Ncell 2

452627813_1023749669469264_5051606984422110291_n-1723118558.jpg
 

यसमध्ये २ मोबाइल भ्यान खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले आफ्नै स्रोतमा खरिद गरेको थियो भने २ मोबाइल भ्यान प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाले खरिद गरेर उपलब्ध गराएको थियो।

सो मोबाइल भ्यान खरिदमा भ्रष्टाचार गरेको आरोपमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले २०७६ असार ५ गते खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागका तत्कालीन महानिर्देशक सञ्जीवकुमार कर्णसहित १३ जनामाथि विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको थियो। सो मोबाइल भ्यान खरिदमा १२ करोड ४० लाख ४७ हजार ५ सय ५८ रुपैयाँ भ्रष्टाचार गरेको आरोप लागेको थियो।

विभाग र प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाका लागि बोलपत्रको माध्यमद्वारा खरिद गरिएका चार थान ‘वेल इक्विपमेन्ट ल्याबोटरी मोबाइल भ्यान काठमाडौँको ‘प्रुडेन्ट मेडिटेक इन्टरनेसनल’ले आपूर्ति गरेको थियो।

अनुसन्धानको क्रममा भ्यान र त्यसका विभिन्न सरसमान, उपकरण तथा रसायनहरू समेत स्वीकृत मापदण्ड तथा स्पेसिफिकेसन अनुसार नभेटिएको, गुणस्तरहीन भएको भन्ने प्राविधिक प्रतिवेदनसमेत पेस भएको थियो। तर पनि त्यसलाई बेवास्ता गरी सप्लायर्ससँगको मिलेमतोमा भुक्तानी भएको भन्दै अख्तियारले मुद्दा दायर गरेको थियो। 

त्यसपछि विशेष अदालतले २०७९ वैशाख २५ गते जुन उद्देश्यका साथ मोबाइल भ्यानहरु खरिद गरेको हो सो उद्देश्य अनुरुपको कार्यमा वेल इक्विप्ट मोबाइल भ्यानहरु प्रयोग गरी ३ महिना भित्र परीक्षण प्रतिवेदन अख्तियार दुरुपयोग अनुसन्धान आयोग टंगाल र यस अदालतमा समेत ३ महिनासम्म मासिक रुपमा उपलब्ध गराउन आदेश समेत दिएको थियो। 

यस्तै जारी आदेशको ‘तपसिल खण्ड’ मा पनि मोबाइल भ्यान सञ्चालन ‘गर्नू’ भनेर विशेष अदालतले विभागको नाममा निर्देशन पनि दिएको थियो।

उक्त भ्यानहरुको प्राविधिक अवस्थाको अवस्थाबारे परीक्षण गरी रिपोर्ट बुझाइसकेको र आरोपीहरुले पनि सफाइ समेत पाइसकेको प्रवक्ता महर्जन बताउँछन्। 

‘यसको प्राविधिक अवस्था के छ भनेर डिटेलमा एउटा समिति बनाएर अहिलेको अवस्था के छ भनेर अदालतको मानहानी गर्ने हामीले दुस्साहस गरेनौँ। ३ महिना भित्रमा हामीले रिपोर्ट दिनु भनेका थियौँ, दिइसक्यौँ। रिपोर्ट बुझाएको ३ वर्ष भइसक्यो। तर यो त अरु गाडी जस्तो होइन। उपकरण सहितको जडान भएको छ,’ उनले भने, ‘कसैले यो गाडी किन रोकिएको छ, गुडाउनुपर्‍यो भनेर मात्र हुँदैन। यस भित्र उपकरण छ, केमिकल छ। डिटेल रुपमा यो सामानको यो अवस्था हेरेर मर्मत गरेर मात्र चलाउन सकिन्छ।’

सो भ्यानमा थप मेसिन जडान गरी गाडी मर्मत गरेर तालिम प्राप्त जनशक्ति भए मात्रै चलाउन सकिने उनी बताउँछन्।

‘गाडी  सर्भिसिङ भएको छैन। सबै केमिकल डेट एक्स्पायर भइसकेको छ, मेसिनको अवस्था यो छ, २/३ वटा मेसिन जडान गर्नुपर्ने छ भनेर यसको प्राविधिक रिपोर्ट तयार पार्नुपर्‍यो। अर्को यो मेसिन चलाएपछि के गर्ने कार्यविधि चाहियो नि। केके गर्ने भन्ने कार्यविधि बनाएर रिपोर्टसहित सप्लायरलाई पनि पठाएका छौँ। यो आएपछि चलाउने छौँ भनेर सप्लायरलाई पनि जिम्मा दिएका छौँ,’ उनले भने, ‘सप्लायरले मापदण्ड पूरा गर्नुपर्‍यो। अरु गाडी चलाउने ड्राइभरलाई गुडाउन दिएर भएन। भित्र मेसिन चलाउनुपर्छ भनेदेखि यसको तालिम आवश्यक पर्छ। तालिम दिएपछि चलाउन सकिन्छ। अनि उपकरणको कन्डिसनको रिसोर्सको कसले खर्च गर्ने भन्ने पनि हो।’ 

सर्वोच्च अदालतमा पुनरावेदन भएको तर खरिद रकम भुक्तानी समेत पूरा नगरेको कारण चलाउन नसकिरहेको महर्जनको गुनासो छ। 

‘पेमेन्टको कुरा पनि अझै कम्लिट नभएको अवस्था छ। यी कुरा सबै कम्प्लिट भएपछि हामी चलाउन तयार नै छौँ। यस्तो राख्नु हाम्रो लागि राम्रो होइन। हामीले पनि सकेसम्म चाँडै गर्न पाए हुन्थ्यो भन्ने हो। विभागले ल्याएको सामान उपयोग गर्न पाए हुन्थ्यो भन्ने नै छ,’ महर्जनले भने। 

यस्तै उनले विभागको नाममा खरिद भएको २ वटा भ्यान सुरक्षित राखेको र प्रधानमन्त्री कृषि आधुनिकीकरण अन्तर्गतको विभागलाई हस्तान्तरण नै नभएकाले बाहिरै राखेको बताए।

प्रकाशित मिति: बिहीबार, साउन २४, २०८१  १८:४५

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
कल्पना घिमिरे
लेखकबाट थप
आर्थिक सहायता र राजस्व संकलनको लक्ष्य नभेट्दा कूल बजेट खर्च २० प्रतिशत कमी
६ वर्षमा २२ सहकारी समस्याग्रस्तः चालू वर्ष थपियो बानेश्वरको नेपाल सहकारी वित्तीय संस्था लिमिटेड
साउन दोस्रो सातासम्म ९२ प्रतिशत रोपाइँ सकियो, धान रोपाइँ क्षेत्र बढ्ने अनुमान 
सम्बन्धित सामग्री
भोजपुरको कैलाश पर्वत र हरित पहाडलाई सरंक्षण गरिँदै कैलाश पर्वत र हरित हिललाई मुख्य पर्यटकीय गन्तव्य बनाउने योजनाका साथ काम भइरहेको वडाध्यक्ष कुमार थापाले बताए । कैलाश डाँडाको संरक्षणक... मंगलबार, जेठ ६, २०८२
अझै बनेन दुई वर्षअघि भासिएको बिरिङको पुल स्थानीय मेघराज रम्तेलले भासिएको पुल तत्काल मर्मत सम्भार गर्न सरकारले चासो नदेखाएको बताए । उन भने, “पहिलो वर्ष त बजेट थिएन होला भनेर... सोमबार, जेठ ५, २०८२
यार्सा सकंलनका लागि मुगुका बासिन्दा पाटनतिर सुरक्षा चुनौतीसँगै चोरी गर्ने मनसायले यार्सा सङ्कलक समयअघि नै सयौँ जना पाटन क्षेत्रमा प्रवेश गरेका छन्। गाउँपालिकाका स्थानीयका अनुसा... आइतबार, जेठ ४, २०८२
ताजा समाचारसबै
राष्ट्र बैंकको गभर्नरमा विश्व पौडेल नियुक्त मंगलबार, जेठ ६, २०८२
विश्व पौडेलविरुद्धको रिट दर्ता नगर्ने आदेश सदर मंगलबार, जेठ ६, २०८२
गभर्नर सिफारिस समितिको बैठक जारी मंगलबार, जेठ ६, २०८२
जनताको आधारभूत आवश्यकता पूरा गर्न सरकार प्रतिबद्ध : खानेपानीमन्त्री मंगलबार, जेठ ६, २०८२
मध्य मेक्सिकोमा बन्दुकधारीद्वारा ७ जनाको हत्या मंगलबार, जेठ ६, २०८२
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
सय दिने प्रगति विवरण सार्वजनिक गर्दै प्रधानमन्त्री केपी ओली [प्रत्यक्ष प्रसारण]
सय दिने प्रगति विवरण सार्वजनिक गर्दै प्रधानमन्त्री केपी ओली [प्रत्यक्ष प्रसारण] बुधबार, कात्तिक ७, २०८१
Nepal Live Samachar नेपाल लाइभ समाचार, भदौ १९ [भिडियाे]
Nepal Live Samachar नेपाल लाइभ समाचार, भदौ १९ [भिडियाे] बुधबार, भदौ १९, २०८१
प्रधानमन्त्रीसँग प्रश्नोत्तर [प्रत्यक्ष प्रशारण]
प्रधानमन्त्रीसँग प्रश्नोत्तर [प्रत्यक्ष प्रशारण] बिहीबार, असार ६, २०८१
भारत भ्रमणबारे प्रतिनिधि सभा बैठकमा जवाफ दिँदै प्रधानमन्त्री प्रचण्ड [प्रत्यक्ष प्रशारण]
भारत भ्रमणबारे प्रतिनिधि सभा बैठकमा जवाफ दिँदै प्रधानमन्त्री प्रचण्ड [प्रत्यक्ष प्रशारण] बिहीबार, असार ६, २०८१
Nepal Live Samachar नेपाल लाइभ समाचार, जेठ ३० [भिडियाे]
Nepal Live Samachar नेपाल लाइभ समाचार, जेठ ३० [भिडियाे] बुधबार, जेठ ३०, २०८१
सबै हेर्नुहोस
ट्रेण्डिङ
नेपाली टोलीको युके भ्रमण : अभ्यास खेलमा भीम र दीपेन्द्रले हाने शतक सोमबार, जेठ ५, २०८२
विश्व पौडेललाई गभर्नर बनाउने सहमति मंगलबार, जेठ ६, २०८२
रौतहटमा औषधि पसल अनुगमन गर्न गएको टोलीमाथि आक्रमण, दुईजना घाइते सोमबार, जेठ ५, २०८२
दिल्ली माथि गुजरातको १० विकेटको सानदार जित, तीन टोली प्ले अफमा प्रवेश सोमबार, जेठ ५, २०८२
रवि लामिछानेको बन्दी प्रत्यक्षीकरणको रिट न्यायाधीश सुवेदी र ढकालको इजलासमा मंगलबार, जेठ ६, २०८२
सबै हेर्नुहोस
अन्तर्वार्ता
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
नेपाल र जिम्बाब्वेको अध्ययनले जलवायु परिवर्तनको असरबाट स्वास्थ्य प्रणालीलाई जोगाउने उपायहरू पत्ता लगाउनेछ : डा जोआना रेभन नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
नेपालको आर्थिक समृद्धिको आधार बन्न सक्छ ‘धार्मिक पर्यटन’ राजेश कुमार शाह
स्मार्टफोनको दुष्प्रभाव : विद्यार्थीहरू किन जोखिममा छन् ? नेपाल लाइभ
बैंकिङ्ग व्यवसायलाई उद्यमशीलताको भर नेपाल लाइभ
दास मानसिकता बोकेको विचारबाट परिवर्तन सम्भव छैन : पूर्वन्यायाधीश खतिवडा नेपाल लाइभ
सबै हेर्नुहोस
ब्लग
बैंकिङ्ग व्यवसायलाई उद्यमशीलताको भर मंगलबार, वैशाख २, २०८२
हितेन्द्र र कुलमानको रिट हेर्न नमिल्नेमा आइतबार, चैत १७, २०८१
चौरासी वर्षका क्यान्सरविजेताको जीवन वृत्तान्त ‘कालसँग कुस्ती’ सार्वजनिक आइतबार, फागुन १८, २०८१
सबै हेर्नुहोस
लोकप्रिय
एकैपटक देशभर किन भयो विद्युत् अवरुद्ध? बिहीबार, जेठ १, २०८२
सरकारको बेरुजु ७ खर्ब ३३ अर्ब नाघ्यो , एक वर्षमै ९१ अर्ब ५९ करोड थप बुधबार, वैशाख ३१, २०८२
नेपाली टोलीको युके भ्रमण : अभ्यास खेलमा भीम र दीपेन्द्रले हाने शतक सोमबार, जेठ ५, २०८२
घट्यो पेट्रोलियम पदार्थको मूल्य, कुनमा कति ? बिहीबार, जेठ १, २०८२
क्यानको केन्द्रीय सम्झौताबाट बाहिरिने सन्दीपको निर्णय बुधबार, वैशाख ३१, २०८२
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2025 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्