काठमाडौँ– भिजिट भिसा प्रकरणको छानबिन गर्नका लागि गृहमन्त्री रमेश लेखकले राजीनामा गर्नुपर्नेमा रास्वपाले अडान राखेको छ।
संसद् भवनमा कांग्रेस उपसभापति पूर्णबहादुर खड्का र प्रमुख सचेतक श्यामकुमार घिमिरे तथा रास्वपाका तर्फबाट उपसभापति स्वर्णिम वाग्ले र प्रमुख सचेतक सन्तोष परियार सहभागी थिए।उक्त छलफलमा सहमति भने जुटेन।
बैठकमा अख्तियारको छानबिन र अभियोजनसम्म कुर्न कांग्रेसले प्रस्ताव राखेको थियो। 'अहिले अख्तियारले अनुसन्धान गरिरहेको छ, त्यसको निष्कर्ष निस्किँदासम्म कुरौँ भन्ने उहाँहरूको प्रस्ताव थियो। हामीले हुँदैन भन्दै राजीनामा दिनुपर्ने कुरा राख्यौं,' रास्वपा प्रमुख सचेतक परियारले भने।
कांग्रेसको उक्त प्रस्तावमा प्रमुख प्रतिपक्षी दल माओवादी भने सकारात्मक बनिसकेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।