काठमाडौँ – नेपाली बजारमा शुक्रबार (आज) सुनको मूल्य स्थिर रहेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार छापावाल सुन तोलामा १ लाख ९३ हजार ७०० रुपैयाँमै कारोवार भइरहेको छ । बिहीबार पनि सुन सोही मूल्यमा कारोबार भएको थियो ।
यसैबिच शुक्रबार चाँदीको मूल्य भने बढेको छ । महासंघका अनुसार बिहीबार २ हजार ७५ रुपैयाँ कायम भएको चाँदीको मूल्य शुक्रबार बढेर तोलामा २ हजार १५० रुपैयाँ कायम भएको हो ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।