काठमाडौं– नेकपा एमाले संसदीय दलका प्रमुख सचेतक महेश बर्तौलाले संसदको गतिरोध अन्त्यका लागि प्रतिपक्षी दल जिम्मेवार बन्न नसकेको बताएका छन् ।
संसद भवन नयाँ बानेश्वरमा सञ्चारकर्मीसँग कुरा गर्दै बर्तौलाले बिहीबार संसदको गतिरोध अन्त्य हुने र गृहमन्त्रीले बोल्न पाउने विश्वास सत्तापक्षको रहेपछि प्रतिपक्षी दल जिम्मेवार बन्न नसक्दा संसद अवरुद्ध हुन पुगेको बताए ।
उनले शुक्रबार १ बजे प्रतिनिधिसभा बैठक बोलाइएको अवस्थामा सहज रुपमा सदन चल्न बिपक्षीले सहयोग गर्ने विश्वास व्यक्त गरे । बजेटका बिषयमा सदनमा छलफल हुन नदिने कुरा गलत बिषय भएको भन्दै उनले यसलाई प्रतिपक्षीले बुझ्न जरुरी रहेको उल्लेख गरे ।
त्यस्तै उनले पतञ्जली जग्गा हिनामिना प्रकरणमा केपी ओलीको निर्देशनमा आफूमाथि भ्रष्टाचारको मुद्दा दर्ता भएको माधव नेपालको टिप्पणीप्रति आपत्ति जनाएका छन् । उनले माधव नेपालको टिप्पणी प्रतिशोधपूर्ण अभिव्यक्ति भएको बताए ।
उहाले संवैधानिक आयोगहरूले गरेका काममा प्रधानमन्त्रीलाई जोड्नु उपयुक्त नहुने धारणा राखे ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।