काठमाडौं– सरोकारवालाहरुले एकल आमाका सन्तानको जन्मदर्ता गर्न अझै पनि समस्या रहेको गुनासो गरेका छन्।
अधिवक्ता एवं महिला अधिकारकर्मी बिनु लामाले जन्मदर्ता बनाउँदा आमा पनि सूचक बन्नसक्ने कानुनी प्रावधान रहे पनि सरकारी कार्यालयहरुले बुबालाई खोज्ने गरेको गुनासो गरिन्।
उनले एकल आमाबाट जन्मिएका सन्तानको जन्मदर्तामा देखिएको समस्याले सन् २०३० सम्म सबै बालबालिकाको जन्मदर्तासम्बन्धी दिगो विकास लक्ष्य हासिल हुनेमा कठिनाइ रहेको बताइन्।
अधिकारकर्मी लामाले अनलाइन जन्मदर्ता गर्ने प्रावधानमा पनि बुबाको स्थानमा पत्ता नलागेको भन्ने शब्द राखिएकोप्रति आपत्ति जनाएकी छन्। उनी भन्छिन्, ‘बालबालिकामा यस्तो शब्दहरुले नराम्रो असर पर्ने गरेको छ।’
अनलाइन जन्मदर्ताको बारेमा वकालत गर्नुपर्ने अवस्था रहेको छ। जन्मदर्तासम्बन्धी कानुन कार्यान्वयनको पक्षमा धेरै कमजोरी रहेको उनी बताउँछिन्।
उनी भन्छिन्, ‘पितृसत्तात्मक सोच हावी भएका कारणले गर्दा सरकारी तह, वा अन्य कुनै निकायमा कानुन र कार्यविधि रहेका कारण यस्तो समस्या केही आएका छ।’
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।