काठमाडौं– सभामुख देवराज घिमिरेले समितिका सभापतिहरूलाई छलफलमा बोलाएका छन्।
२ बजे समिति सभापतिहरूसँग शंकर हल नयाँ बानेश्वरमा सभामुखले छलफल गर्ने तय भएको हो।
समितिमा रहेका विधेयकको अवस्थाका बारेमा सभामुखले समिति सभापतिहरूसँग छलफल गर्न लागेको बुझिएको छ।
समितिबाट विधेयक नटुङ्गिँदा प्रतिनिधि सभाबाट पारित गर्न ढिलाइ भइरहेको छ। त्यसैले विधेयकबारे सभामुखले चासो राखेर छलफल गर्न लागेका हुन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।