काठमाडौं– राष्ट्रिय सभामा नेपाली कांग्रेसका सांसद नारायणदत्त मिश्रले शहरी विकास मन्त्रालयको नाम परिवर्तन गरी ग्रामीण उत्थान तथा शहरी विकास मन्त्रालय राख्न सुझाव दिएका छन्।
आइतबारको राष्ट्रिय सभा बैठकमा बोल्दै सांसद मिश्रले उपप्रधानमन्त्री एवं शहरी विकासमन्त्री प्रकाशमान सिंहलाई कार्यवाहक प्रधानमन्त्री भएको बेला मन्त्रीपरिषद् बैठक बोलाएर नाम परिवर्तन गर्न सुझाव दिएका हुन्।
‘‘म शहरी विकास मन्त्रालयको बारेमा धेरै भन्न चाहन्न। काम र नाम मिलेन कि ?,’ उनले भने, ‘तसर्थ ग्रामीण उत्थान तथा शहरी विकास मन्त्रालय यसको नाम राख्नुपर्छ।’
उनले अगाडि थपे, ‘अहिले त उपप्रधानमन्त्री एवं शहरी विकासमन्त्री अहिले कार्यवाहक प्रधानमन्त्री हुनुहुन्छ। आफैँ भएको बेलामा क्याबिनेट राखेर यसको नाम बदल्दाखेरी जस्तो कामहरू भएको छ त्यो सजिलो हुन्छ कि ?’
सांसद मित्रश्रले राजश्व चुहावटमा कडा ढंगले प्रस्तुत हुनुपर्नेमा जोड दिए। वनलाई नोक्सान पुर्याइरहेका रुख कटान गरी उपयोग गर्न पनि उनले सुझाए।
सांसद मिश्रले काठमाडौंका नदीनाला र खोला स्वच्छ र सफा राख्न स्थानीय जनपरिचालन आवश्यक रहेको बताए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।