एजेन्सी – गाजा सहर र जाबालियामा रहेका प्यालेस्टाइनीलाई उक्त स्थान छाड्न इजरायलले चेतावनी दिएको छ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले युद्ध विरामको कुरा गरिरहेको समयमा इजरायलले उत्तरी गाजामा रहेकालाई सो स्थान छाड्न भनेको छ ।
गाजा सहर र जाबालियामा रहेका प्यालेस्टाइनीलाई दक्षिणमा जान भनिएको छ । आइतबार हमास नियन्त्रित स्वास्थ्य मन्त्रालयले दिएको जानकारी अनुसार सो स्थानमा कम्तीमा ८१ जनाको ज्यान गएको छ ।
शनिबार मात्र अमेरिकी राष्ट्रपति ट्रम्पले नेतान्याहु हमाससँग युद्ध विराम गर्न गइरहेको कुरा सामाजिक सञ्जालमा पोस्ट गरेका थिए । आइतबार इजरायली डिफेन्स फोर्स (एडिएफ)का प्रवक्ता आभिचाय आद्रीले आतङ्ककारी र आतङ्ककारी संरचनालाई नास गर्ने भन्दै गाजामा आक्रमण गर्ने बताए ।
आइतबार बिहानदेखि सो स्थानमा अन्य दिनको भन्दा बढी आक्रमण भएको थियो । आइतबार बिहान नै दक्षिणी गाजामा युनिस खानमा पालमा बसेकामाथि भएको आक्रमणमा पाँच जनाको ज्यान गएको थियो ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।