काठमाडौं– नेपाल प्रिमियर लिग (एनपिएल) को टोली पोखरा एभेन्जर्सले दोस्रो संस्करणका लागि रिटेन गरिएका खेलाडीको सूची सार्वजनिक गरेको छ ।
आइतबार सार्वजनिक सूचीअनुसार ६ खेलाडीलाई रिटेन गरिएको हो । पोखराले मार्की खेलाडी कुशल भुर्तेलसहित ६ खेलाडीलाई रिटेन गरेको छ ।
यस्तै दिनेश खरेल, सागर ढकाल, किरण ठगुन्ना, आकाश चर्न र विपिन खत्रीलाई रिटेन गरेको हो ।
रिटेन खेलाडी
कुशल भुर्तेल
दिनेश खरेल
सागर ढकाल
किरण ठगुन्ना
आकाश चन्द
विपिन खत्री
रिलीज खेलाडी
अमृत गुरुङ
सुनम गौतम
दिलिप नाथ
नारायण जोशी
सुदिप अर्याल
तृतराज दास
काठमाडौं गोर्खाज, लुम्बिनी लायन्स, सुदूरपश्चिम रोयल्स र चितवन राइनोजले पनि रिटेन र रिलिज खेलाडीको सुची यसअघि नै सार्वजनिक गरिसकेको छ। नेपाल क्रिकेट संघ (क्यान)ले आगामी अगस्टमा एनपिएलको मिनी अक्सन गर्ने तयारी गरेको छ ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।