• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
  • गोपनीयता नीति
  • प्रयोगका सर्त
सोमबार, असार १६, २०८२ Mon, Jun 30, 2025
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
निर्वाचन विशेष
समानुपातिक उम्मेदवार पौडेलको दाबीः राप्रपाले प्रत्यक्षमै २० भन्दा बढी सिट जित्छ
64x64
नेपाल लाइभ सोमबार, कात्तिक २८, २०७९  २१:२७
1140x725

काठमाडौं– राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का समानुपातिक तर्फका उम्मेदवार उद्धब पौडेलले आसन्न निर्वाचनमा आफ्नो पार्टीले प्रतिनिधि सभाको प्रत्यक्षतर्फ नै २० सिटभन्दा बढी सिट जित्ने दाबी गरेका छन्।

राप्रपाको कार्यसम्पादन समितिका सदस्यसमेत रहेका पौडेलले सोमबार एक विज्ञप्ति जारी गर्दै राप्रपाले यो निर्वाचनमा चमत्कारिक परिणाम निकाल्ने दाबी गरेका छन्।

‘राप्रपाले यसपटक प्रत्यक्षमा २० भन्दा बढी सिट जित्छ। काठमाडौं उपत्यकामै पनि पहिलोपटक जित निकाल्दैछ, समानुपातिकमा राप्रपा पहिलो दल बन्छ। आगामी संसद्मा राप्रपा निर्णायक र हस्तक्षेपकारी शक्तिको रुपमा आउनेछ’, उनले भनेका छन्।

पौडेलले इतिहासको सम्मान, धर्म, संस्कृति, परम्पराको संरक्षणको आवाज उठाउने एकमात्र पार्टी राप्रपा भएकाले जनताले राप्रपाको अजेन्डा मन पराएको दाबी गरेका छन्।

चलचित्रकर्मीसमेत रहेका पौडेलले विराटनगरको उपप्रधानपञ्चबाट राजनीति सुरु गरेका थिए।

विज्ञप्तिको पूर्णपाठ:

आदरणीय पत्रकार साथीहरू,
हामी प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनको संघारमा छौं, राप्रपाले प्रतिनिधिसभाको १४२ र प्रदेशसभाको २८६ निर्वाचन क्षेत्रमा उमेदवारी दिएको छ। हामी उच्च मनोबलका साथ निर्वाचनमा होमिएका छौं । म स्वयं पनि प्रतिनिधिसभा तर्फ समानुपातिक उमेदवार छु, पत्रकार साथीहरूबाट सदा झैं माया, स्नेह र हौसलाको अपेक्षा राखेको छु ।
१. म विराटनगरमा जन्मिएँ, हुर्किएँ, किशोरावस्था विराटनगरमा बिताएँ । जीवनमा केही गर्नुपर्छ भन्ने हुटहुटीले मलाई राजधानी काठमाडौं पु¥यायो । चलचित्र क्षेत्रमा चार दशक निरन्तर क्रियाशील भएँ, नेपाली चलचित्र क्षेत्रको विकास, रोजगारी सिर्जना र देशको राष्ट्रिय कोषमा न्युन भएपनि योगदान दिन सकेकोमा मलाई सन्तोष र गर्वको अनुभूति हुन्छ । विगत एक दशकदेखि निरन्तर राजनीतिक क्षेत्रमा सक्रिय छु। विराटनगरको उप प्रधानपञ्चबाट शुरु भएको मेरो राजनीतिक करियर चलचित्र क्षेत्रबाट अवकाश लिएपछि पुनः शुरु गरेको हुँ । मलाई विराटनगरले जन्म मात्रै दिएन, मेरो परिचय दिलायो, विराटनगरले मलाई लगाएको गुन र ऋण तिर्न बाँकी छ त्यसैले विराटनगरबाट नवीन अध्याय शुरु गर्दैछु । समृद्ध विराटनगर मेरो सपना मात्रै होइन संकल्प पनि हो ।
२. यथास्थितिबाट देश अघि बढ्न सक्दैन । क्रान्ति, परिवर्तन र आन्दोलनका नाममा हामीले धेरै वर्ष खेर फाल्यौं । तीस, चालिस वर्षअघि हामी सरह रहेका देशहरू अहिले विकास र आर्थिक दृष्टिकोणबाट धेरै अगाडि गइसके । हामी अझै पनि गरिबी, पछौटेपन, रोग, भोक, अशिक्षाको न्युनतम मापदण्डको सेरोफेरोमा छौं । यस्तो किन भयो ? के नेपालमा विकास, समृद्धि सम्भव छैन ? राप्रपाले बदल्न सम्भव छ भन्ने जागरणका साथ यो निर्वाचनलाई एउटा अवसरको रुपमा लिएको छ र आम मतदातालाई परिवर्तनको पक्षमा मतदान गर्न आव्हान गर्दछ ।
३. राप्रपाले यो निर्वाचनमा चमत्कारिक परिणाम निकाल्दैछ । सबै अनुमान र सतही सर्वेक्षण गलत सावित हुनेछन् । पुराना शक्तिहरुमाथि मतदाताको भरोसा टुटेको र नयाँ समुहसंग विश्वास पैदा नभइसकेको अवस्थामा यो निर्वाचन हुन गइरहेको छ । मतदाताको निर्विकल्प छनौट राप्रपा हो, राप्रपाले शासकीय स्वरुप, शिक्षा, स्वास्थ्य, न्याय, रोजगारी सिर्जना, पूर्वाधार निर्माण, विकास, समृद्धि जस्ता विषयमा जनता सामु भरपर्दो विकल्प अगाडि सारेको छ । इतिहासको सम्मान, धर्म, संस्कृति, परम्पराको संरक्षणको आवाज उठाउने एकमात्र पार्टी राप्रपा हो, जनताले राप्रपाको एजेन्डा मन पराएका छन् ।
राप्रपाले यसपटक प्रत्यक्षमा बीस भन्दा बढी सिट जित्छ, काठमाडौं उपत्यकामै पनि पहिलोपटक जित निकाल्दैछ, समानुपातिकमा राप्रपा पहिलो दल बन्छ । आगामी संसदमा राप्रपा निर्णायक र हस्तक्षेपकारी शक्तिको रुपमा आउनेछ ।
४. हामीले घोषणापत्र मै लेखेका छौं– राप्रपा सत्ता केन्द्रीत होइन आफ्नो मुद्दा केन्द्रीत हुनेछ । तर सरकारको नेतृत्व गर्ने अवसर आयो भने जनादेशको सम्मान गर्दै राप्रपा सरकारमा जान्छ र नेतृत्व गर्छ । हाम्रो पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देन पार्टीको आन्तरिक प्रतिस्पर्धामा समेत नेतृत्व परिवर्तन र पुस्तान्तरणको एजेन्डा सहित अध्यक्ष निर्वाचित भएर आउनुभएको छ । ठूला भनिने दल र नेताहरूको गलत नीति, गलत शैली, अकर्मण्यताका कारण आम युवा वर्गमा राजनीतिप्रति वितृष्णा जागिरहेको बेला राप्रपामा नेतृत्व परिवर्तन भएपछि आशा पलाएको मात्रै छैन युवाहरु राजनीतिमा समाहित हुने लहर चलेको छ । स्थानीय तहको निर्वाचन र अहिलेको निर्वाचनमा युवा उमेदवारीको आकर्षण राजेन्द्र लिङ्देनले राप्रपाभित्र नेतृत्व परिवर्तनका लागि गरेको संघर्ष र सफलताबाट सिर्जना भएको हो र यो निर्वाचनबाट सिङ्गो देशले नै नेतृत्व परिवर्तन चाहिरहेको अवस्था छ । आम जनसमुदायले राजेन्द्र लिङ्देनको नेतृत्व देख्न चाहिरहेका छन् । स्वभाविक रुपले राप्रपाले देशको नेतृत्व गर्ने अवस्था आउँदा अध्यक्षले नेतृत्व गर्ने हो, पार्टीले राजेन्द्र लिङ्देनलाई प्रधानमन्त्रीको रुपमा अघि बढाउँछ । अबको प्रधानमन्त्री राजेन्द्र लिङ्देन हुन् ।
५. देशको मुहार बदल्न मतलाई मनसंग जोडौं । राप्रपाको हलो चिन्हमा मतदान गरी विराटनगरको सेवा गर्ने अवसर प्रदान गर्नुहुन हार्दिक अपिल गर्दछु ।


उद्धब पौडेल
राप्रपा नेता, कार्यसम्पादन समितिका सदस्य
प्रतिनिधि सभातर्फको समानुपातिक उमेदवार, राप्रपा ।

 

प्रकाशित मिति: सोमबार, कात्तिक २८, २०७९  २१:२७
  • #प्रतिनिधि सभा निर्वाचन २०७९

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
विधेयकको अवस्थाबारे सभामुखले समितिका सभापतिहरूसँग छलफल गर्दै
साँझ-बिहान इँटा सुकाउँदै पढेकी गोमाले ४ जिपिए ल्याइन्, डाक्टर बन्ने चाहना
उत्तरी गाजा छाड्न प्लेस्टाइनीलाई इजरायलको चेतावनी
सम्बन्धित सामग्री
पत्रकार महासङ्घको निर्वाचन आज आज बिहान ९ः०० देखि अपराह्न ४ः०० बजेसम्म मतदान हुने केन्द्रीय निर्वाचन समितिले जनाएको छ। शुक्रबार, मंसिर २८, २०८१
दोलखाको गौरीशंकर गाउँपालिका उपाध्यक्षमा एमालेकी उमा शेर्पा विजयी माओवादीकी निमलेकी शेर्पाले २ हजार ५९९ मत ल्याउँदा कांग्रेसकी पासाङदिकी शेर्पाले १७६५ मत ल्याएकी छन् । मंगलबार, मंसिर १८, २०८१
सर्केगाडको उपाध्यक्षमा माओवादीकी तिमल्सिना निर्वाचित उनी १ हजार ६३६ मतसहित निर्वाचित भएकी हुन् । उनका निकटतम प्रतिद्वन्द्वी नेपाली काङ्ग्रेसकी सविता बुढाले १ हजार ५९३ मत पाइन् । मंगलबार, मंसिर १८, २०८१
ताजा समाचारसबै
विधेयकको अवस्थाबारे सभामुखले समितिका सभापतिहरूसँग छलफल गर्दै सोमबार, असार १६, २०८२
साँझ-बिहान इँटा सुकाउँदै पढेकी गोमाले ४ जिपिए ल्याइन्, डाक्टर बन्ने चाहना सोमबार, असार १६, २०८२
उत्तरी गाजा छाड्न प्लेस्टाइनीलाई इजरायलको चेतावनी सोमबार, असार १६, २०८२
फर्निचर उद्योगमा आगलागी हुँदा झण्डै १२ लाख बढिको क्षति सोमबार, असार १६, २०८२
मोहना नदीमा पानीको बाहव बढ्यो, उच्च सतर्क रहन आग्रह सोमबार, असार १६, २०८२
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
आज पनि संसद्‌मा रास्वपा र राप्रपाको अवरोध (लाइभ)
आज पनि संसद्‌मा रास्वपा र राप्रपाको अवरोध (लाइभ) आइतबार, असार १५, २०८२
एसइईको नतिजा सार्वजनिक गर्न बोर्ड बैठक जारी, यस्तो छ परीक्षा बोर्डमा चहलपहल
एसइईको नतिजा सार्वजनिक गर्न बोर्ड बैठक जारी, यस्तो छ परीक्षा बोर्डमा चहलपहल शुक्रबार, असार १३, २०८२
राष्ट्रिय सभा (लाइभ)
राष्ट्रिय सभा (लाइभ) बिहीबार, असार १२, २०८२
प्रतिनिधि सभा बैठक (लाइभ)
प्रतिनिधि सभा बैठक (लाइभ) मंगलबार, असार १०, २०८२
प्रतिनिधि सभा बैठक (लाइभ)
प्रतिनिधि सभा बैठक (लाइभ) सोमबार, असार ९, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
पूर्वमन्त्री मोहन बस्नेतलाई २५ लाख धरौटीमा छाड्न अदालतको आदेश आइतबार, असार १५, २०८२
प्रकाशमानलाई कांग्रेस सांसदले भने- कार्यवाहक प्रधानमन्त्री हुनुहुन्छ, मन्त्रालयको नाम फेर्नुस् आइतबार, असार १५, २०८२
कप्तान साम्बाको ह्याट्रिकमा लाओसमाथि ९–० गोल अन्तरको शानदार जित आइतबार, असार १५, २०८२
पोखराले कुशल भुर्तेल सहित ६ खेलाडी रिटेन गर्‍यो आइतबार, असार १५, २०८२
प्रसिद्धको शतक र विपिनको ६ विकेटसँगै नेपाल सेमिफाइनलमा आइतबार, असार १५, २०८२
सबै हेर्नुहोस
अन्तर्वार्ता
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
विश्व सेतो दुबी दिवस : रोग छालाको, प्रश्न चेतनाको नेपाल लाइभ
प्रिय दाई गुटबन्दीको अन्त्य गरी लोकप्रिय पार्टी बनाउन योगदान दिनुहोस् ! ई. विश्वराज काफ्ले
खोपको महत्व र बालबालिकाको स्वास्थ्य सुरक्षामा हाम्रो भूमिका नेपाल लाइभ
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
सबै हेर्नुहोस
ब्लग
बैंकिङ्ग व्यवसायलाई उद्यमशीलताको भर मंगलबार, वैशाख २, २०८२
हितेन्द्र र कुलमानको रिट हेर्न नमिल्नेमा आइतबार, चैत १७, २०८१
चौरासी वर्षका क्यान्सरविजेताको जीवन वृत्तान्त ‘कालसँग कुस्ती’ सार्वजनिक आइतबार, फागुन १८, २०८१
सबै हेर्नुहोस
लोकप्रिय
पूर्वमन्त्री मोहन बस्नेतलाई २५ लाख धरौटीमा छाड्न अदालतको आदेश आइतबार, असार १५, २०८२
कतारमा गरिएको आक्रमणमा इरानी राष्ट्रपतिले मागे माफी मंगलबार, असार १०, २०८२
टिकटकर बस्नेत पक्राउविरुद्ध सर्वोच्चमा बन्दीप्रत्यक्षीकरणको निवेदन, थुनामा राख्नुको कारण देखाउ आदेश जारी मंगलबार, असार १०, २०८२
एसईईको नतिजा सार्वजनिक, ६२ प्रतिशत विद्यार्थी ग्रेडेड, ४८ हजार १७७ विशिष्ठ श्रेणीमा शुक्रबार, असार १३, २०८२
प्रकाशमानलाई कांग्रेस सांसदले भने- कार्यवाहक प्रधानमन्त्री हुनुहुन्छ, मन्त्रालयको नाम फेर्नुस् आइतबार, असार १५, २०८२
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2025 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्