• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
  • गोपनीयता नीति
  • प्रयोगका सर्त
शुक्रबार, जेठ २, २०८२ Fri, May 16, 2025
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
राजनीति
सचिवालयमा धोका पाएपछि शक्ति सञ्चयमा माधव समूह
64x64
वीरेन्द्र ओली मंगलबार, वैशाख २३, २०७७  १६:१३
1140x725

काठमाडौं- पार्टीमा शक्ति हुँदाहुदै पनि पार्टी अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीबाट पेलानमा परेका नेकपाका वरिष्ठ नेता माधवकुमार नेपाल आन्तरिक शक्ति सञ्चयमा लागेका छन्। दल फुटाउन सहज हुने र संवैधानिक निकायसम्बन्धी अध्यादेशमा ओली फसेपछि बलियो बनेका उनी अर्का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र बामदेव गौतमले रणनीति बदलेपछि केही कमजोर देखिए।

चिनियाँ शक्तिले समेत गलाएपछि आक्रामकबाट रक्षात्मक अवस्थामा पुगेका उनी तत्काल प्रचण्डले धोका नदिएको तर विश्वास समेत गर्न नसक्ने निष्कर्षमा पुगेका छन्। आफ्नो पक्ष बलियो बनाउन आन्तरिक शक्ति सञ्चय बाहेक दोस्रो विकल्प नदेखेपछि उनी अहिले प्रचण्डको आगामी कदमबारे पर्ख र हेरको नीतिमा पुगेका छन्।

त्यसैले उनले प्रधानमन्त्री ओलीले सचिवालय बैठक तीन दिन स्थगित गरेको समयमा माहोल आफ्नो पक्षमा पार्न सक्रिय भएका छन्। आन्तरिक भेला, आफू निकटका स्थायी समिती सदस्य र केन्द्रीय सदस्यसँग नियमित सम्पर्कमा रहेका उनी सचिवालयको रणनीति छाडेर स्थायी समिति केन्द्रित भएका छन्।

पार्टीमा बढ्दै गएको विवाद उत्कर्षमा पुगेर मत्थर भएकोजस्तो देखिए पनि ध्रुवीकरण यथावतै रहेको नेकपाका नेताहरु नै बताइरहेका छन्। ध्रुवीकरणलाई ओलीविरुद्ध उपयोग गर्न नेपाल आन्तरिकरुपमा सक्रिय देखिएका छन्। 

प्रचण्ड मध्यमार्गी र गौतम ओली क्याम्पमा मिसिएको अवस्थामा उनी र ओली दुवै समूहभित्र रहेका असन्तुष्टहरुलाई आफ्नो क्याम्पमा ल्याउन सक्रिय भएका छन्। गौतमको ढुलमुले चरित्रले अहिले उनी आन्तरिक राजनीतिमा कमजोर बन्दै गएका छन्। ओलीसँग सत्ता बाँडफाँडमा असन्तुष्ट पूर्व माओवादी समूह‚ जो ओलीतिर गएका छैनन् उनीहरुलाई आफ्नो समूहमा समावेश गर्न सकिने नेपालपक्षको निष्कर्ष देखिन्छ। प्रचण्डसँग असन्तुष्ट पूर्व माओवादी नेताहरु आफ्नो गुटमा आएमा पार्टीमा बार्गेनिङ्ग शक्ति बढ्नेछ। यसले प्रचण्डलाई समेत गुट केन्द्रित सम्झौता गर्न समस्या पर्ने र उनी नेपाल समूह छाड्न नसक्ने नेपाल समूहको निष्कर्ष देखिन्छ।

सचिवालयबाट आफू प्रतिकूल निर्णय आउनबाट तत्काल ओली जोगिए पनि पार्टीमा विधानबमोजिम एक व्यक्ति एक पद र प्रधानमन्त्रीको कार्यशैली सुधारको एजेण्डा उठाउँदा स्थायी समितिमा बल पुग्ने नै देखिन्छ। यो एजेण्डाले आफ्नो समूहको स्पेस बढाउने नेपाल समूहको निष्कर्ष देखिन्छ।

‘पार्टीमा ओली, प्रचण्ड र नेपाल गरी तीन शक्तिशाली पोल छन्,’ एक स्थायी कमिटी सदस्यले भने, ‘पार्टीमा दुई अध्यक्ष र एक प्रधानमन्त्री पद छन्। त्यो भागबण्डा गरेर मिलाउनुपर्छ।’ पार्टीमा एक पद एक व्यक्तिको एजेण्डा स्थापित गर्न सकिए शक्ति सन्तुलन आफैं मिल्दै जाने ती स्थायी कमिटी सदस्यले बताए। 

प्रचण्ड शंकामा, बामदेवबाट धोका 
वैशाख २० को सचिवालय बैठकमा प्रचण्डको बदलिएको भूमिकाले नेपाल समूहमा उनीमाथि शंका बढाएको छ। प्रचण्डले यसअघि पनि आफू समस्यामा पर्दा नेपाल समूहसँग निकट हुने र ओली गलेको मौकामा आफूअनुकुल सहमति गर्ने व्यवहार देखाइसकेका छन्।

Ncell 2
Ncell 2

नेपाल समूह‚ प्रचण्डले तत्काल धोका दिई नसकेको तर जुनसुकै बेला रणनीति बदल्न सक्ने निष्कर्षमा पुगेको छ। गौतमबाट धोका भएकोमा दुइमत रहेन। तर प्रचण्डको हकमा वैशाख २५ गते बस्ने सचिवालय बैठक, राजनीतिक प्रतिवेदन र स्थायी समितिको बैठकमा उनी निकट सदस्यको भूमिकासम्म पर्ख र हेरको रणनीतिमा पुगेको छ‚ नेपाल समूह।

नेपाल निकट स्थायी कमिटी सदस्य अष्टलक्ष्मी शाक्य प्रचण्डबाट नभई बामदेव गौतमले मात्रै धोका दिएको बताउँछिन्। उनको भनाइबाट नेपाल समूह अझै प्रचण्डप्रति आशावादी नै रहेको देखिन्छ।

‘हामीलाई प्रचण्ड कमरेडले धोका दिनु भएको छैन। उहाँले प्रभावकारी रुपमा भूमिका निर्वाह गर्नुभएको छ। बामदेव कमरेडले नराम्रोसँग धोका दिनुभयो,’ शाक्यले भनिन्, ‘केपी कमरेडले कहिले प्रधानमन्त्रीको लोभ देखाउनुभयो। कहिले प्रतिनिधि सभा पठाउने लोभ देखाउनुभयो। त्यही लोभमा बामदेव कमरेडले धोका दिनुभयो।’ 

बामदेव‚ ओलीको जालमा नराम्रोसँग फसेको शाक्यको बुझाइ छ। उनी गौतम प्रधानमन्त्री हुने लोभमा फसेको र त्यो असम्भव भएको बताउँछिन्।

shivam cement

shivam cement

‘बामदेव कमरेड पार्टीको शीर्ष नेता हो। पार्टीमा धेरै ठूलो लगानी छ। प्रधानमन्त्री हुन सक्ने नेता हो,’ शाक्यले भनिन्, ‘उहाँ(वामदेव) योबेला प्रतिनिधि सभा जाने अवस्था छैन। झन् प्रधानमन्त्री हुने त परको कुरा भयो। त्यो आफूलाई फसाइएको कुरा बुझ्नु भएन।’

अबको एजेण्डा एक व्यक्ति एक पद र ओलीको कार्यशैली सुधार

प्रधानमन्त्री र पार्टी अध्यक्षबाट राजीनामा गराउने रणनीति असफल भएपछि अब नेपाल समूह एक व्यक्ति एक पद र प्रधानमन्त्रीको कार्यशैली सुधारलाई मुख्य एजेण्डा बनाउने रणनीतिमा जुटेको देखिन्छ। एक व्यक्ति एक पदको रणनीति लागू हुनसके प्रधानमन्त्री ओलीदेखि मुख्यमन्त्री, केही मन्त्री र प्रदेश इन्चार्जका दोहोरो जिम्मेवारी खोस्न सकिन्छ।

प्रधानमन्त्री ओली विधानविपरीत अध्यक्ष र प्रधानमन्त्री भएको भन्दै त्यस विषयलाई शसक्त रुपमा उठाउने तयारी छ। यस्तै गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङ र प्रदेश नम्बर पाँचका मुख्यमन्त्री शंकर पोखरेल दोहोरो जिम्मेवारीमा छन्। गुरुङ र पोखरेलले पार्टीको प्रदेश इन्चार्ज र मुख्यमन्त्रीको दोहोरो जिम्मेवारी सम्हाल्दै आएका छन्। यस्तै संघीय मन्त्री र अरु प्रदेशका धेरै मन्त्री समेत दोहोरो जिम्मेवारीमा छन्। 

‘हामीले कुनै व्यक्तिलाई केन्द्रमा राखेर उठाएका छैनौं। पार्टीका विधानलाई टेकेर उठाएका छौं,’ स्थायी कमिटी सदस्य बेदुराम भुसालले भने, ‘प्रधानमन्त्रीज्यूले पनि एक व्यक्ति एक पदलाई कार्यन्वयन गर्छु भन्नु भएको छ। पार्टी अध्यक्षले विधानको पालना गर्नुहुनेछ।’ 

यस्तै नेपाल समूहले प्रधानमन्त्री ओलीले मनमौजी सरकार चलाएकाले सुधार गर्नुपर्ने विषयलाई केन्द्रमा राख्ने तयारी गरेको छ। पार्टीको कुनै निकायबाट निर्णय नगराई आफूअनुकुल निर्णय गर्दै आएका उनलाई अब पार्टीको संरचनाभित्र कस्नेँ उनीहरुको रणनीति देखिन्छ।

‘केपी कमरेडले कुनै पार्टी कमिटीबाट निर्णय गराएर गर्नुहुन्न। आफूलाई लागेको भरमा निर्णय गर्नुहुन्छ,’ भुसालले भने, ‘अब पार्टी कमिटीले निर्णय गरेपछि सरकारले कार्यन्वयन गर्नुपर्छ। पार्टीको निर्णयमा सरकार चल्नुपर्छ।’ 

आफू बलियो हुँदै गएको नेपाल समूह निष्कर्ष
प्रधानमन्त्री ओलीले वरिष्ठ नेता नेपाललाई तेस्रो अध्यक्षको रुपमा प्रस्ताव गरेपनि अस्वीकार गर्दा आफ्नो समूह नैतिक रुपमा बलियो भएको उनीहरुको निष्कर्ष छ। सचिवालय बैठक सकिएपछि पटक पटक बसेको नेपाल समूहको बैठकमा नेपाल समूहका स्थायी र केन्द्रीय समितिका नेताहरुले तेस्रो अध्यक्ष पदको प्रस्ताव अस्वीकार गरेकोमा नेपाललाई धन्यवाद दिएका थिए।

२०६४ सालको पहिलो संविधान सभा निर्वाचनमा पार्टीले हार व्यहोरेपछि पार्टी महासचिवबाट राजीनामा र अहिले तेस्रो अध्यक्ष अस्वीकार गर्दा नेपाल समूह नैतिक रुपमा माथि भएको निष्कर्ष निकालिएको छ।  

प्रधानमन्त्री ओलीले मनमौजी तरिकाले काम गर्दा पद प्रतिष्ठा देखाएर लोभ्याउन खोजेको शाक्यले बताइन्। ‘हामीले पार्टीमा कुनै पद प्रतिष्ठा मागेका थिएनौं। पार्टी र सरकार विधिसम्मत चलाउनुस् भनेका थियौं,’ शाक्यले भनिन्, ‘केपी कमरेडले बामदेव कमरेडलाई प्रधानमन्त्री र माधव कमरेडलाई पार्टी अध्यक्षको प्रस्ताव गर्नुभयो। त्यस्तो पनि हुन्छ?’ 

स्थायी कमिटीमा एकै स्वरको तयारी
नेपाल समूहले सबैभन्दा धेरै जोड दिएर स्थायी कमिटी बैठक राख्न माग गरेको थियो। मागअनुसार मिति समेत तोकिइसकेको छ। उनीहरू अब स्थायी समितिको बैठकमा एकै स्वरमा आफ्ना कुराहरु सशक्त रुपमा राख्ने तयारीमा देखिएका छन्।

पार्टी र सरकारका गतिविधि त्यसमा पनि प्रधानमन्त्रीको शैलीलाई केन्द्रमा राखेर आलोचना गर्ने उनीहरुको योजना देखिएको छ। प्रधामन्त्रीले सचिवालय बैठकमा आत्मआलोलना गरे पनि त्यो अमूर्त रुपमा रहेकाले लिखित रुपमै आत्मआलोचना गराउने उनीहरुको रणनीति देखिन्छ।

बैठकमा शाक्यसहित भिम रावल, वेदुराम भुसाल, युवराज ज्ञावलीलगायत नेताहरुले यसलाई चर्को रुपमा उठाउने तयारी गरेका छन्। 

‘केपी कमरेडले आत्मलोचना गर्नुभयो भन्दैमा विवाद सकियो भन्ने हुँदैन।’ शाक्यले भनिन्, ‘उहाँ(केपी ओली)ले कुन कुन विषयमा कसरी आत्मआलोचना गर्नुभयो भन्ने विषयमा हामीलाई विश्वास हुनुपर्‍यो। त्यसै झारा टार्ने तरिकाले हुँदैन।’ 

प्रकाशित मिति: मंगलबार, वैशाख २३, २०७७  १६:१३
  • #माधव_नेपाल
  • #नेकपा_राजनीति
  • #MadhavKumarNepal

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
वीरेन्द्र ओली
नेपाल लाइभका वरिष्ठ संवाददाता ओली राजनीतिक विषयमा रिपोर्टिङ गर्छन्।
लेखकबाट थप
सत्तारुढ दलबीच गठबन्धन हुँदा ६ महानगरमा कहाँ कसको सम्भावना?
सरकार र चुनावी गठबन्धनमा लोसपा जोडिने सम्भावना कति?
चुनावी तालमेलबाट कांग्रेस तर्किँदै, अलमलमा माओवादी र एकीकृत समाजवादी
सम्बन्धित सामग्री
प्रदेश सांसद गीता गुरुङले इमेलमार्फत दिएको राजीनामा अस्वीकृत गीता गुरुङ लामो समयदेखि बेलायतमै बस्दै आएकी छन्। उनका दुई छोराछोरी पनि बेलायतमै रहेका छन्। श्रीमान् कैलाश गुरुङको जनमत पार्टीका अध्य... शुक्रबार, जेठ २, २०८२
राज्य व्यवस्थाबाट समितबाट निजामती विधेयक पारित केही प्राविधिक विषय मिलाउने गरी संघीय निजामती सेवा विधेयक पारित भएको घोषणा समिति सभापति रामहरि खतिवडाले गरे । शुक्रबार, जेठ २, २०८२
एमालेसँगको एकता सम्बन्धमा प्रचण्ड : धेरैपटक धोका खाइयो, ०८४ अघि सम्भावना छैन प्रेस सेन्टर नेपाल डडेलधुराले शुक्रबार सदरमुकाममा आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै प्रचण्ड तत्काल एमालेसँगको एकता अस्वीकार गरेक... शुक्रबार, जेठ २, २०८२
ताजा समाचारसबै
प्रदेश सांसद गीता गुरुङले इमेलमार्फत दिएको राजीनामा अस्वीकृत शुक्रबार, जेठ २, २०८२
ढल्केबरमा समस्या हुँदा हिजो विद्युत् झ्याप्प–झुप्प भयो, अब लोडसेडिङ हुँदै हुँदैन : शाक्य शुक्रबार, जेठ २, २०८२
राज्य व्यवस्थाबाट समितबाट निजामती विधेयक पारित शुक्रबार, जेठ २, २०८२
हङकङ र बहराइनबीचको खेल रद्द भएसँगै नेपाल ‘सुपर थ्री’ मा शुक्रबार, जेठ २, २०८२
एमालेसँगको एकता सम्बन्धमा प्रचण्ड : धेरैपटक धोका खाइयो, ०८४ अघि सम्भावना छैन शुक्रबार, जेठ २, २०८२
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
सय दिने प्रगति विवरण सार्वजनिक गर्दै प्रधानमन्त्री केपी ओली [प्रत्यक्ष प्रसारण]
सय दिने प्रगति विवरण सार्वजनिक गर्दै प्रधानमन्त्री केपी ओली [प्रत्यक्ष प्रसारण] बुधबार, कात्तिक ७, २०८१
Nepal Live Samachar नेपाल लाइभ समाचार, भदौ १९ [भिडियाे]
Nepal Live Samachar नेपाल लाइभ समाचार, भदौ १९ [भिडियाे] बुधबार, भदौ १९, २०८१
प्रधानमन्त्रीसँग प्रश्नोत्तर [प्रत्यक्ष प्रशारण]
प्रधानमन्त्रीसँग प्रश्नोत्तर [प्रत्यक्ष प्रशारण] बिहीबार, असार ६, २०८१
भारत भ्रमणबारे प्रतिनिधि सभा बैठकमा जवाफ दिँदै प्रधानमन्त्री प्रचण्ड [प्रत्यक्ष प्रशारण]
भारत भ्रमणबारे प्रतिनिधि सभा बैठकमा जवाफ दिँदै प्रधानमन्त्री प्रचण्ड [प्रत्यक्ष प्रशारण] बिहीबार, असार ६, २०८१
Nepal Live Samachar नेपाल लाइभ समाचार, जेठ ३० [भिडियाे]
Nepal Live Samachar नेपाल लाइभ समाचार, जेठ ३० [भिडियाे] बुधबार, जेठ ३०, २०८१
सबै हेर्नुहोस
ट्रेण्डिङ
एकैपटक देशभर किन भयो विद्युत् अवरुद्ध? बिहीबार, जेठ १, २०८२
घट्यो पेट्रोलियम पदार्थको मूल्य, कुनमा कति ? बिहीबार, जेठ १, २०८२
मोहन बस्नेतको सांसद् पद निलम्बन बिहीबार, जेठ १, २०८२
निर्मला पन्त प्रकरण : गाली बेइज्जती मुद्दामा पत्रकार भण्डारीलाई एक महिना कैद बिहीबार, जेठ १, २०८२
हङकङ र बहराइनबीचको खेल रद्द भएसँगै नेपाल ‘सुपर थ्री’ मा शुक्रबार, जेठ २, २०८२
सबै हेर्नुहोस
अन्तर्वार्ता
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
नेपाल र जिम्बाब्वेको अध्ययनले जलवायु परिवर्तनको असरबाट स्वास्थ्य प्रणालीलाई जोगाउने उपायहरू पत्ता लगाउनेछ : डा जोआना रेभन नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
नेपालको आर्थिक समृद्धिको आधार बन्न सक्छ ‘धार्मिक पर्यटन’ राजेश कुमार शाह
स्मार्टफोनको दुष्प्रभाव : विद्यार्थीहरू किन जोखिममा छन् ? नेपाल लाइभ
बैंकिङ्ग व्यवसायलाई उद्यमशीलताको भर नेपाल लाइभ
दास मानसिकता बोकेको विचारबाट परिवर्तन सम्भव छैन : पूर्वन्यायाधीश खतिवडा नेपाल लाइभ
सबै हेर्नुहोस
ब्लग
बैंकिङ्ग व्यवसायलाई उद्यमशीलताको भर मंगलबार, वैशाख २, २०८२
हितेन्द्र र कुलमानको रिट हेर्न नमिल्नेमा आइतबार, चैत १७, २०८१
चौरासी वर्षका क्यान्सरविजेताको जीवन वृत्तान्त ‘कालसँग कुस्ती’ सार्वजनिक आइतबार, फागुन १८, २०८१
सबै हेर्नुहोस
लोकप्रिय
एकैपटक देशभर किन भयो विद्युत् अवरुद्ध? बिहीबार, जेठ १, २०८२
विश्वकप लिग २ : स्कटल्याण्डमा हुने सिरिजका लागि नेपाली टोलीको घोषणा, दीपेन्द्रलाई उपकप्तानको जिम्मेवारी शनिबार, वैशाख २७, २०८२
सरकारको बेरुजु ७ खर्ब ३३ अर्ब नाघ्यो , एक वर्षमै ९१ अर्ब ५९ करोड थप बुधबार, वैशाख ३१, २०८२
भारत–पाकिस्तान ड्रोन र मिसाइल हानाहान पछि भारतले बन्द गर्‍यो दुई दर्जन बढि विमानस्थल शुक्रबार, वैशाख २६, २०८२
पाकिस्तानले ३-४ सय ड्रोनमार्फत सैन्य पूर्वाधारलाई निशाना बनाएको भारतको दाबी शुक्रबार, वैशाख २६, २०८२
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2025 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्