• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
  • गोपनीयता नीति
  • प्रयोगका सर्त
आइतबार, जेठ २५, २०८२ Sun, Jun 8, 2025
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
राजनीति
सरकार र चुनावी गठबन्धनमा लोसपा जोडिने सम्भावना कति?
64x64
वीरेन्द्र ओली आइतबार, चैत १३, २०७८  २०:५२
1140x725

काठमाडौं– स्थानीय चुनावको मिति नजिकिएसँगै लोकतान्त्रिक समाजवादी पार्टी पनि सरकार र चुनावी गठन्धनमै जोडिने विषय बाहिर आएका छन्। पछिल्लो समय दुई पक्षबीच  छलफल चलिरहेको नेताहरुले सार्वजनिक रुपमै बताइरहेका छन्।

तत्कालीन जसपाको महन्थ ठाकुर पक्ष (अहिलेको लोसपा)ले प्रधानमन्त्री शेरबहादुर देउवालाई प्रधानमन्त्रीमा विश्वासको मत दिँदै समर्थन जनाएको थियो। विश्वासको मत लिने दिन देउवाले ठाकुरलाई उनीहरुले उठाउँदै आएका माग र मुद्दा सम्बोधन गर्ने सहमति जनाएपछि उनी पक्षका सांसद्हरुले विश्वासको मत दिएका थिए।

यतिबेला सत्ता गठबन्धनमा आबद्ध दलहरु नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी र जनता समाजवादी पार्टीबीच चुनावी तालमेलको बहस भइरहेको छ। कांग्रेस बाहेकका तीन दलले आफ्नो हैसियतभन्दा बढी भागबण्डा खोजेकाले कांग्रेस-लोसपाबीच चुनावी तालमेल गरेर जाने विषयमा छलफल चलेको नेताहरुको भनाइ छ।

देउवा र लोसपा अध्यक्ष ठाकुरबीच भइरहेको संवादबारे देउवा पक्षले गुपचुप राखिरहेका छन्। तर, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले गत मंगलबार यसलाई सार्वजनिक गरिदिएका थिए।

अनौपचारिक रुपमा लोसपा सरकारमा पनि जाने र चुनावी तालमेलमा पनि जाने विषयमा देउवा  र ठाकुरबीचमा मात्रै संवाद भइरहेको प्रचण्डले बताएका थिए। तर, औपचारिक रुपमा यो विषय अघि नबढेको उनको भनाइ थियो।

उता अध्यक्ष ठाकुरले सरकारमा जाने विषयमा प्रधानमन्त्रीसँग छलफल भइरहेको बताएका छन्। लोसपाले गत मंगलबार नै जनकपुरमा आयोजना गरेको मधेस प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रममा ठाकुरले आफ्ना माग र मुद्दा सम्बोधन भए सरकारमा जान सकिने बताएका हुन्। सरकारमा सहभागिताका लागि आफूहरुले नागरिकता समस्याको समाधान र मधेस आन्दोलनका क्रममा आफ्ना पार्टीका नेता, कार्यकर्तामाथि लगाइएको मुद्दा फिर्ता लिनुपर्ने विषयलाई प्राथमिकतामा राखेको उनको भनाइ थियो।

ठाकुरले संसद्को आगामी अधिवेशनमा नागरिकतासम्बन्धी विधेयक प्रस्तुत गर्ने कुरा प्रधानमन्त्री देउवासँग भएको जानकारी समेत दिए। उनले सरकारले आफूहरुको मागलाई ठोस रुपमा सम्बोधन गर्ने गरी पहल गरेको अवस्थामा मात्रै सरकारमा सहभागी हुने प्रष्ट पारेका थिए।

यस्तै, लोसपाका कार्यकारिणी सदस्य केशव झाले लोसपाका माग र मुद्दा सम्बोधन भएपछि मात्रै सरकारमा सहभागी हुने बताए। ‘हामीले नागरिकता विधेयक, मधेस आन्दोलनका क्रममा लगाइएका झुटा मुद्दा फिर्तासँगै कार्यकर्ता रिहा र संविधान संशोधनका लागि कार्यदल बनाउनु पर्‍यो भनेका छौँ। ती सबै माग सम्बोधन भए मात्रै सरकारमा जान्छौँ’, उनले भने, ‘यदि लोसपाका माग र मुद्दा सम्बोधन नभए सरकारमा जाने कुनै सम्भावना छैन। चुनावी तालमेलको पनि सम्भावना छैन।’

Ncell 2
Ncell 2

उनै झाले बुधबार आयोजित एक कार्यक्रममा चुनावी गठबन्धनका सन्दर्भमा सत्ता पक्षसँग दुई तीन चरणमा छलफल भइसकेको बताएका छन्। एमालेसँग भने कुनै छलफल नभएको उनको भनाइ थियो।

कांग्रेस नेता रामचन्द्र पौडेलले स्थानीय चुनाव अघि लोसपा सरकारमा सहभागी हुने सम्भावना कम भएको बताए। सरकारमा सहभागी भए पनि स्थानीय चुनावपछि मात्रै हुनसक्ने उनको आकलन छ।

चुनावी तालमेलका विषयमा विभिन्न शक्तिसँग छलफल भइरहेकाले कुनै ठोस निर्णय नभएको उनले बताए। सत्ता गठबन्धमा चुनावी तालमेल गर्न बहस र छलफल भइरहेका बेला तीन दलबीच तालमेल नभए लोसपासँग गर्ने विकल्प कांग्रेससँग हुनसक्छ।

माओवादी केन्द्र, एकीकृत समाजवादी र जसपाले महानगरपालिका र उपमहानगरपालिकाको नेतृत्वमा आफ्नो हैसियतभन्दा बढी हिस्सेदारी खोज्न थालेपछि कांग्रेस असन्तुष्ट भएको छ। प्रायः महानगरपालिका र उपमहानगरपालिकामा एमालेसँगको मुख्य प्रतिस्पर्धी कांग्रेस भएकाले आफूलाई सत्ता गठबन्धनका अन्य दलले सघाउनुपर्ने कांग्रेसको छ। तर, उनीहरु तयार छैनन्। यही पृष्ठभूमिमा कांग्रेसले लोसपासँग संवाद अघि बढाएको हो।

कांग्रेसकै एउटा पक्ष चुनाव तालमेलको विपक्षमा कडा रुपमा प्रस्तुत भइरहेको छ। यही पृष्ठभूमिमा लोसपासँग संवाद अघि बढाउँदा सत्ता गठबन्धनका दलहरुलाई दबाबमा राख्न सकिने बुझाइ कांग्रेसको छ। कांग्रेस र लोसपाबीच चुनावी तालमेल भएमा अहिलेको सत्ता गठबन्धन आबद्ध दलहरुबीच चुनावी तालमेल हुने सम्भावना भने कम मात्रै छ।

कांग्रेस प्रवक्ता प्रकाशशरण महतले भने चुनावी गठबन्धन हुने/नहुने विषयमा सोमबार मात्र निर्णय हुने बताएका छन्। शुक्रबारदेखि जारी कांग्रेस केन्द्रीय समिति बैठकमा गठबन्धनका विषयमा मिश्रित धारणा आएको उनले बताए। अधिकांश नेताहरूले स्थानीय आवश्यकताका आधारमा गठबन्धन गर्नुपर्ने धारणा राखेको महतले बताए।

प्रकाशित मिति: आइतबार, चैत १३, २०७८  २०:५२

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
वीरेन्द्र ओली
नेपाल लाइभका वरिष्ठ संवाददाता ओली राजनीतिक विषयमा रिपोर्टिङ गर्छन्।
लेखकबाट थप
सत्तारुढ दलबीच गठबन्धन हुँदा ६ महानगरमा कहाँ कसको सम्भावना?
चुनावी तालमेलबाट कांग्रेस तर्किँदै, अलमलमा माओवादी र एकीकृत समाजवादी
विप्लवले चुनावमा भाग लिने, माओवादीसँग तालमेल गरेर जाने तयारी
सम्बन्धित सामग्री
सदनको गतिरोध अन्त्यका लागि दलहरुबीच समझदारी नजिक पुगेको छ : बर्तौला आइतबार संसद भवन नयाँ बानेश्वरमा सञ्चारकर्मीसँग कुरा गर्दै बर्तौलाले भिजिट भिसा प्रकरणमा प्रतिपक्षीले राखेका विषयमा निरन्तर छलफल भइरह... आइतबार, जेठ २५, २०८२
विपक्षीको अवरोधका कारण प्रतिनिधिसभा बैठक सोमबार दिउँसो २ बजेसम्मका लागि स्थगित सभामुख देवराज घिमिरेले बैठक प्रारम्भ भएको घोषणा गर्नासाथ विपक्षी दलहरु र केही सत्ता पक्षका सांसद उठेका थिए । सभामुखले सदन चलाउन सांस... आइतबार, जेठ २५, २०८२
सत्ता साझेदारबीच फाटो ल्याउने विपक्षीको प्रयास सफल हुँदैन : प्रधानमन्त्री ओली आइतबार काठमाडौंमा अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियनको २४औँ राष्ट्रिय महाधिवेशनको उद्घाटन गर्दै प्रधानमन्त्री ओलीले वि... आइतबार, जेठ २५, २०८२
ताजा समाचारसबै
सदनको गतिरोध अन्त्यका लागि दलहरुबीच समझदारी नजिक पुगेको छ : बर्तौला आइतबार, जेठ २५, २०८२
हिमानी ट्रष्टद्वारा जुम्लामा बर्थिङ सेन्टर शिलान्यास आइतबार, जेठ २५, २०८२
रिची ब्यारिन्टनको शतकमा नेपाललाई स्कटल्यान्डले दियो ३२४ रनको विशाल लक्ष्य आइतबार, जेठ २५, २०८२
विपक्षीको अवरोधका कारण प्रतिनिधिसभा बैठक सोमबार दिउँसो २ बजेसम्मका लागि स्थगित आइतबार, जेठ २५, २०८२
सत्ता साझेदारबीच फाटो ल्याउने विपक्षीको प्रयास सफल हुँदैन : प्रधानमन्त्री ओली आइतबार, जेठ २५, २०८२
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेताहरुको योगदानका बारेमा प्रचार प्रसार गर्न आवश्यक छ (भिडियो)
नेताहरुको योगदानका बारेमा प्रचार प्रसार गर्न आवश्यक छ (भिडियो) आइतबार, जेठ २५, २०८२
प्रधानमन्त्रीद्वारा अनेरास्ववियुको महाधिवेशन उद्घाटन (भिडियो)
प्रधानमन्त्रीद्वारा अनेरास्ववियुको महाधिवेशन उद्घाटन (भिडियो) आइतबार, जेठ २५, २०८२
धुलिखेल–खावा सडक : दुई वर्षदेखि सास्ती खेपिरहेका सर्वसाधारण (भिडियो)
धुलिखेल–खावा सडक : दुई वर्षदेखि सास्ती खेपिरहेका सर्वसाधारण (भिडियो) आइतबार, जेठ २५, २०८२
प्रतिपक्षीले विरोध जनाएपनि प्रतिनिधिसभाको बैठक सञ्चालन हुने (भिडियो)
प्रतिपक्षीले विरोध जनाएपनि प्रतिनिधिसभाको बैठक सञ्चालन हुने (भिडियो) आइतबार, जेठ २५, २०८२
सुनचाँदीको गहनामा लगाइएको विलासिता कर फिर्ता लिन माग गर्दै व्यवसायीको प्रदर्शन
सुनचाँदीको गहनामा लगाइएको विलासिता कर फिर्ता लिन माग गर्दै व्यवसायीको प्रदर्शन आइतबार, जेठ २५, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
संग्रहालयमा राखिएको २०० वर्ष पुरानो कन्डम, के छ यसमा विशेष ? शनिबार, जेठ २४, २०८२
एलोन मस्कसँगको झडपपछि ट्रम्पले आफ्नो टेस्ला कारको बारेमा कस्तो निर्णय लिए? शनिबार, जेठ २४, २०८२
अमेरिकाबाट ‘डिपोर्ट’ गरिएका नेपाली लिएर आउँदै अमेरिकी चार्टर्ड विमान आइतबार, जेठ २५, २०८२
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन आइतबार, जेठ २५, २०८२
नेपाल टेलिकमकी प्रबन्ध निर्देशक पहाडीसहितलाई भ्रष्टाचार मुद्दा आइतबार, जेठ २५, २०८२
सबै हेर्नुहोस
अन्तर्वार्ता
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
अवुधावीमा मनाइयो गणतन्त्र दिवस नेपाल लाइभ
नेपालको आर्थिक समृद्धिको आधार बन्न सक्छ ‘धार्मिक पर्यटन’ राजेश कुमार शाह
स्मार्टफोनको दुष्प्रभाव : विद्यार्थीहरू किन जोखिममा छन् ? नेपाल लाइभ
सबै हेर्नुहोस
ब्लग
बैंकिङ्ग व्यवसायलाई उद्यमशीलताको भर मंगलबार, वैशाख २, २०८२
हितेन्द्र र कुलमानको रिट हेर्न नमिल्नेमा आइतबार, चैत १७, २०८१
चौरासी वर्षका क्यान्सरविजेताको जीवन वृत्तान्त ‘कालसँग कुस्ती’ सार्वजनिक आइतबार, फागुन १८, २०८१
सबै हेर्नुहोस
लोकप्रिय
आजको मौसमः देशभर आंशिक बदली, केहि स्थानमा भारी वर्षाको सम्भावना बुधबार, जेठ २१, २०८२
बरु ६ महिना यात्रा नगरौँ, यातायात व्यवसायीको धम्कीबाट नडराऔँ : सांसद शाही मंगलबार, जेठ २०, २०८२
माधव नेपालको सांसद पद निलम्बन बिहीबार, जेठ २२, २०८२
चार जिल्लाका प्रमुख जिल्ला अधिकारी फेरिए, कुन जिल्लामा को? आइतबार, जेठ १८, २०८२
सदन खुलाउन विपक्षी दलले राखे तीन शर्त मंगलबार, जेठ २०, २०८२
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2025 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्