काठमाडौँ– नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक डेढ घण्टा ढिलो गरी सुरु भएको छ।
दिउँसो एक बजेका लागि बोलाइएको बैठक पार्टी केन्द्रीय कार्यालय सानेपामा साढे दुई बजेबाट सुरु भएको हो।
सहमहामन्त्री महालक्ष्मी उपाध्याय ‘डिना’ले बैठक केही बेर अघि सुरु भएको जानकारी दिइन्। गत साउनमा सुरु भएर भदौमा सकिएको केन्द्रीय समिति बैठकपछि बल्ल कांग्रेस केन्द्रीय समिति बैठक बसेको हो।
बैठकका लागि आइतबार सभापति शेरबहादुर देउवा निवास बुढानीलकण्ठमा बसेको पदाधिकारी बैठकले ६ एजेन्डा तय गरेको छ। कांग्रेस केन्द्रीय कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेलले बैठकका लागि पदाधिकारी बैठकले पार्टीले सञ्चालन गरेको १०० दिने अभियानको कार्यपत्र, भ्रातृसंस्थाको तदर्थ समितिको म्याद थप, क्रियाशील सदस्यताको नवीकरण वितरण, जनसम्पर्क समितिमा दुई किसिमको सदस्यता दिने व्यवस्था गर्नका लागि विधान परिमार्जनको प्रक्रिया सुरु गर्ने विषय, केन्द्रीय नीति तथा प्रशिक्षण प्रतिष्ठानले स्मारिका प्रकाशन र समसामयिक राजनीतिबारे एजेन्डा तय गरेको जानकारी दिएका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।