काठमाडौ – आज असार १५ अर्थात धान दिवसको उपलक्ष्यमा राष्ट्रपति भवन शीतल निवास परिसरमा रोपाइँ गरिएको छ । राष्ट्रपति कार्यालयद्धारा आयोजित रोपाइँ कार्यक्रममा राष्ट्रपति रामचन्द्र पौडेल, प्रथम महिला सबिता पौडेल, कर्मचारी सहित सहभागी भएका छन् ।
रोपाइँ शुभारम्भ गर्दै राष्ट्रपति पौडेलले कृषिलाई आधुनिकीकरण गर्दै जीवन निर्वाहको आधार मात्र नभएर व्यवसायिक बनाउनुपर्नेमा जोड दिएका थिए । कृषिलगायत सबै खाले श्रमको सम्मानको संस्कृति र धान उत्पादनमा प्रोत्साहन दिन प्रतिकात्मक रुपमा रोपाइँमा सहभागी भएको बताए । धान दिवसको अवसरमा आज देशैभर रोपाइँ गरेर दही चीउरा खाएर मनाउने गरिन्छ ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।