अमरगढी – डडेल्धुरामा ६० प्रतिशत रोपाइँ सम्पन्न भएको छ । छ हजार १२० हेक्टर क्षेत्रफलमा धानखेती हुने यहाँ असार दोस्रोत सातासम्ममा करिब ६० प्रतिशत रोपाइँ सम्पन्न भएको जिल्लास्थित कृषि ज्ञान केन्द्रले जनाएको छ ।
समयमा मनसुनी वर्षा भएकाले यो वर्ष असार दोस्रो सातासम्ममा ६० प्रतिशत रोपाइँ सम्पन्न भएको केन्द्रका प्रमुख नरेन्द्र पनेरुले जानकारी दिए । नियमित रूपमा वर्षा भएकाले सिँचाइ हुने जमिनका साथै नहुने क्षेत्रमा पनि रोपाइँ गर्न किसानलाई सहज भएको छ । निरन्तरको वर्षा र समयमै धानको बेर्ना राख्न पाएएपछि प्रायजसो ठाउँमा रोपाइँ सम्पन्न गरिएको उहाँको भनाइ छ ।
जिल्लाको भित्रीमधेस क्षेत्र जोगबुडा, परशुराम आलितालमा मुख्य रूपमा धान रोपाइँ गरिन्छ । त्यसैगरी भागेश्वर, नवदुर्गा, अजयमेरु, गन्यापधुराको सकायल, कोराल, असिग्राम क्षेत्र, अमरगढीको केही स्थानमा वर्षे बालीका रूपमा धान रोप्ने हुने केन्द्रले जनाएको छ ।
समयमा रोपाइँ भएकाले धान उत्पादन पनि वृद्धि हुने विश्वास लिइएको प्रमुख पनेरुले बताए । उनका अनुसार डडेल्धुरामा छ हजार हेक्टर बढी क्षेत्रफलमा वर्षे धान रोपाइँ हुने गरेको छ ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।