काठमाडौँ –नेपाली बजारमा बुधवार (आज) सुनको मूल्य केहि घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधवार छापावाल सुन तोलामा १ लाख ९२ हजार रुपैयाँ कायम भएको छ । यसअघि उक्त सुन मंगलबार तोलामा १ लाख ९३ हजार ५०० रुपैयाँ कायम भएको थियो । आज छापावाल सुन तोलामा १ हजार ५०० रुपैयाँ घटेको हो ।
यस्तै चाँदी तोलामा २ हजार १४० रुपैयाँ कायम भएको छ । मंगलबार चाँदी तोलामा १ हजार २६० रुपैयाँ कायम भएको थियो । मंगलबारको तुलनामा आज चाँदीको मूल्य तोलामा २० रुपैयाँ घटेको महासंघले जनाएको छ ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।