काठमाडौँ– अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको प्रस्ताव अनुसार इजरायल युद्धविरामको प्रस्ताव स्वीकार गरेको छ।
इजरायली प्रधानमन्त्री बेन्जामिन नेतन्याहुले विज्ञप्ति नै जारी गरेर यस्तो बताएका हुन्।
अमेरिकी राष्ट्रपति ट्रम्पले युद्धविराम लागू भइसकेको र दुवै पक्षलाई त्यसको उल्लंघन नगर्न आग्रह गरेपछि इजरायली प्रधानमन्त्रीको यस्तो विज्ञप्ति आएको हो।
इराकले कतारस्थित अमेरिकी बेसक्याम्पमै आक्रमण गरेपछिको परिस्थितिमा यो घटनाक्रम विकास भएको हो। बिबिसीका अनुसार इजरायली सरकारको एक वक्तव्यमा भनिएको छ, ‘इजरायल यो युद्धविरामको कुनै पनि उल्लंघनको जवाफ जोडतोडले दिनेछ।’
ट्रम्पको घोषणापछि इरानी विदेशमन्त्री अब्बास अरागचीको बयान आएको थियो। अरागचीले भनेका थिए, ‘अहिलेसम्म कुनै पनि प्रकारको संघर्ष विराम या सैन्य कारबाही रोक्ने सम्झौता भएको छैन। इजरायली सरकारल इरानविरुद्ध युद्ध रोक्छ भने हामी पनि जवाफी कारबाही गर्दैनौं।’
इरानको सरकारी मिडियाले युद्धविराम सुरु हुनुअघि मिसाइलको अन्तिम प्रहार स्वरुप इजरायलमा आक्रमण गरिएको जनाएका छन्। उक्त आक्रमणमा परी चार जनाको मृत्यु हुनुका साथै २२ जना घाइते भएका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।