काठमाडौं– प्रधानमन्त्री केपी शर्मा ओलीले शहीदप्रतिको अपमान, प्रणाली र संविधानको अपमान सह्य नहुने चेतावनी दिएका छन् । प्रतिनिधि सभाको मंगलबारको बैठकमा बोल्द उनले संविधान, लोकतन्त्र, प्रणाली, उपलब्धि, संघर्ष र बलिदानको अपमान नगर्न सचेत गराएका हुन् ।
आफूमाथि कुनै गाली, अपमान गरेको सहनसक्ने तर शहीदहरूको बलिदानप्रतिको अपमान सहन नसक्ने उनको भनाइ थियो ।
राष्ट्रियताको प्रश्नमा प्रणालीको प्रश्नमा लोकतन्त्रको प्रश्नमा र म आफूलाई कसैले आलोचना गरोस्, विरोध गरोस्, गाली गरोस् सहन्छु,’ प्रधानमन्त्री ओलीले भने, ‘तर शहीद, शहीदप्रतिको अपमान, शहीदले दिएको बदिलानप्रतिको अपमान, विगतका संघर्ष र बलिदानको अपमान, प्रणाली, संविधानको अपमान सह्य हुन सक्दैन ।’
अहिलेको प्रणालीको रक्षा गर्नु र संविधानको रक्षा गर्नु एवं प्रणालीको प्रभावकारी कार्यान्वयन र संविधानको प्रभावकारी कार्यान्वयन गर्दै अनुशासन र विकासको कामलाई अघि बढाउनु सरकारको कर्तव्य भएको प्रधानमन्त्री ओलीको भनाइ थियो ।
संविधानको अपमान, लोकतन्त्रको अपमान, प्रणालीको अपमान, उपलब्धिको अपमान, संघर्ष र बलिदानको अपमान त्यो कुरा नगराँै । यस प्रणालीको रक्षा गर्नु, यस संविधानको रक्षा गर्नु, यो प्रणालीको प्रभावकारी कार्यान्वयन र संविधानको प्रभावकारी कार्यान्वयन गर्दै अनुशासन र विकासको कामलाई अघि बढाउनु र समृद्ध नेपाल सुखी नेपालीको गन्तव्यसम्म पुर्याउनु अहिलेको सरकारले आफ्नो कर्तव्य ठान्छ । यस कुरामा कुनै कम्प्रोमाइज (सम्झौता) गर्दैन,’ प्रधानमन्त्री ओलीले भनेका छन् ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।