काठमाडौं– भारतले इरानबाट दुई जना नेपालीको उद्धार गरेको छ । उद्धार गरिएका दुई जना नेपाली भारतको दिल्ली आइपुगेका छन् ।
भारतस्थित नेपाली दूतावासका अनुसार इरानबाट भारतीय टोलीसँगै नेपालका गणेशप्रसाद पोखरेल र सुमन गैरे मंगलबार दिल्ली आइपुगेका हुन् ।
भारतीय विदेश मन्त्रालयका प्रवक्ता रणधिर जयसवालका अनुसार इरानको मसदबाट २८१ भारतीय, तीन श्रींलकाली र दुई जना नेपाली भारत आइपुगेका छन् ।
नेपालले इरानबाट आफ्ना नागरिक पनि उद्धार गरीदिन भारतलाई आग्रह गरेको थियो । सो आग्रह बमोजिम भारतले नेपालीहरूको उद्धार गरेको हो ।
उनीहरूलाई नेपाली दूतावासका अधिकारले एयरपोर्टमा लिन गएका थिए । उनीहरू भारतबाट काठमाडौँका लागि प्रस्थान गरिसकेका छन् ।
दूतावासका अनुसार इरानबाट ११ जना नेपाली नेपाल आउन लागेकोमा पहिलो चरणमा दुई जनाको उद्धार गरिएको हो ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।