महोत्तरी– गौशाला नगरपालिकाकी उप–प्रमुख रेणु कुमारी महतोलाई कार्यालय प्रवेशमा अवरोध भएको छ।
मंगलबार बिहान ८ बजे बोलाइएको कार्यपालिका बैठकमा सहभागी हुन १० बजे आइपुगेकी उप–प्रमुख महतोलाई कार्यालय प्रवेशमा अवरोध भएको उनले बताइन्।
नगर प्रहरीले कार्यालयमा प्रवेश गर्न नदिएपछि उप–प्रमुख महतोले समाजिक सञ्चालमा भिडियो राखेर आफूमाथि अन्याय भएका बताएकी छिन्।
उप–प्रमुख महतोले सोमबार कार्यालयका महत्त्वपूर्ण कागजताहरु कर्मचारीबाट खोसेर घर लगेपछि गौशाला नगरपालिकामा द्वन्द्व चर्केको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।