काठमाडौं– जिल्ला अदालत काठमाडौंले परराष्ट्रमन्त्री डा.आरजु राणालाई सांसद डा.अमरेशकुमार सिंहले गाली बेइज्जती गरेको अडियो-भिडियो मगाउने आदेश दिएको छ ।
जिल्ला न्यायाधीश बालकृष्ण वाग्लेको एकल इजलासले सोमबार राणाले सिंहविरुद्ध गत फागुनमा हालेको मुद्दामा यस्तो आदेश दिएको हो ।
यस अघि जिल्ला अदालत काठमाडौंले सिंहले गाली बेइज्जती गरेको अडियो र भिडियो एक पटक सुनेर स्पष्टिकरण पेश गर्न आदेश दिएकोमा सिंहले स्पष्टिकरण पेश गरिसकेका छन् ।
सिंहले स्पष्टिकरण पेश गरेपछि न्यायाधीश वाग्लेले सोमबार उक्त अडियो भिडियो अदालतमा पेश गर्न र सुनेर थप निर्णय गर्ने आदेश दिएका हुन् ।
सिंहविरुद्ध राणाले गाली बेज्जतीको मुद्दा गत फागुन १५ मा जिल्ला अदालत काठमाडौंमा दर्ता गरेकी थिईन ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।