काठमाडौं– स्कटल्यान्डमा जारी त्रिदेशीय टी–२० आई सिरिज अन्तर्गत नेपालले आफ्नो दोस्रो खेलमा नेपालले पहिले फिल्डिङ गर्ने भएको छ ।
नेपालले टस जित्दै पहिले बलिङ रोज्दै स्कटल्यान्डलाई ब्याटिङको निम्तो दिएको हो । टी–२० अन्तर्राष्ट्रियमा नेपाल र स्कटल्यान्डबीचको यो पहिलो भेट पनि हो ।
जारी प्रतियोगितामा स्कटल्यान्डले पहिलो खेलमा नेदरल्यान्ड्सलाई हराएको थियो भने नेपाल हिजो नेदरल्यान्ड्ससँग तेस्रो सुपर ओभरमा पुगेर पराजित भएको छ ।
स्कटल्यान्ड लगातार दोस्रो जित निकाल्ने लक्ष्यमा छ भने नेपाल हिजोको हारलाई बिर्साउन आज जसरी पनि जित निकाल्ने दबाबमा छ ।
आजको खेलमा नेपालले एक परिवर्तन गरेको छ । नन्दन यादव हिजोको खेलमा औंलामा चोट लागेर घाइते भएका कारण उनलाई बेन्चमा राखिएको हो ।
उनको ठाउँमा बसिर अहमदलाई रिप्लेस गरिएको छ । अरु भने हिजोकै प्लेइङ ११ यथावत छ ।
यस्तो छ नेपालको प्लेइङ ११
रोहितकुमार पौडेल (कप्तान), दीपेन्द्रसिंह ऐरी (उपकप्तान), अनिलकुमार साह (विकेटकिपर), कुशल भुर्तेल, लोकेश बम, किरण ठगुन्ना, सन्दीप लामिछाने, ललितनारायण राजवंशी, करण केसी, रुपेशकुमार सिंह र बसिर अहमद ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।