एजेन्सी– अमेरिकाको युटा राज्यमा भएको गोलीबारीमा तीन जनाको मृत्यु भएको छ।
मृत्यु हुनेहरूमा ४१ वर्षीया महिला र १८ वर्षीय पुरुष र ८ महिनाको बच्चासमेत रहेका समाचारहरूमा जनाइएको छ।
राज्यको वेस्ट भ्याली सिटीमा आयोजित मेला वेस्टफेस्टका क्रममा गोलीबारी भएको रोयटर्सले जनाएको छ। घटनामा दुई किशोर पनि घाइते भएका छन्। घाइते किशोरहरू १७ र १५ वर्षका छन्। घाइते भएका किशोरहरूको हातमा गोली गालेको छ।
घटना आइतबार राति स्थानीय समयअनुसार ९ः२० बजे भएको बताइएको छ।
वेस्ट भ्याली सिटी प्रहरीका अनुसार राति ९ः२० बजे दुई समूहबिच झगडा भएको थियो। प्रहरी हस्तक्षेप गर्न आइपुग्दा एक किशोरले पेस्तोल निकालेर गोली चलाएका थिए। जवाफमा एक प्रहरीले पनि गोली चलाएका थिए। तर प्रहरीको गोली ती किशोरलाई लागेन। र पछि अभियुक्तलाई हिरासतमा प्रहरीले हिरासतमा लिएको थियो।
यी किशोरीहरू को हुन् भन्ने प्रहरीले अनुसन्धान गरिरहेको जनाएको छ। घटनाका प्रत्यक्षदर्शीलाई अगाडि आउन र घटनाको विवरण दिन प्रहरीले अनुरोध गरेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।