काठमाडौं– अवरोधकाबीच सभामुख देवराज घिमिरेले संसद्को कार्यसूची अघि बढाएपछि प्रतिपक्षी दल राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का सांसदहरू बैठक छाडेर बाहिरिएका छन्।
सभामुखले समय दिएपनि प्रमुख सचेतक ज्ञानेन्द्र शाहीले दादागिरी गरेर सदन चलाउन खोजिएको भन्दै गृहमन्त्रीको राजीनामा र भिजिट भिसा प्रकरणको छानबिनको माग यथावत् रहेकोले नबोल्ने बताए।
बैठकमा प्रतिनिधि सभामा राष्ट्रिय स्वतन्त्र पार्टीले वेल घेराउ गरिरहेका छन्। राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले आसनमै उभिएर विरोध जनाइरहेको थियो।
तर, केहीबेर अघि राप्रपाका सांसदहरू बैठक छाडेर निस्किएका हुन्।
यस्तो अवस्थामा प्रतिनिधि सभामा सभामुख देवराज घिमिरेले आकस्मिक समय चलाइरहेका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।