जनकपुर– मधेस प्रदेश मन्त्रिपरिषद् बैठकले बजेट पारित गरेको छ ।
आगामी आर्थिक वर्षका लागि तयार पारिएको बजेट आइतबार बसेको मन्त्रिपरिषद् बैठकले पारित गरेको हो ।
मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बसेको बैठकले बजेट पारित गरेको मुख्यमन्त्री सतिस सिंहले बताए ।
उनका अनुसार बैठकले ४७ अर्बभित्र रहेर बजेट ल्याउने निर्णय गरेको छ । बजेट पारित भएसँगै अब प्रदेश सरकारको तर्फबाट अर्थमन्त्रीले सदनमा बजेट प्रस्तुत गर्नेछन् ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।