एजेन्सी – इजरायलको आक्रमणबाट इरानको तेल भण्डारमा भीषण आगो लागेको दृश्य सार्वजनिक भएको छ । इरानको तेल भण्डारका आक्रमण गरेपछि इजरायली रक्षा मन्त्री इजरायल काजले तेहरान बलिरहेको भन्दै सामाजिक सञ्जालमा पोस्ट गरेका छन् । उनले सञ्जालमा आगो लागिरहेको भिडियो पोस्ट गरेका हुन् । उक्त भिडियोमा तेहरानको तेल भण्डारमा भीषण आगो बलिरहेको देखिन्छ ।
इजरायलले प्रहार गरेको आक्रमणबाट शनिबार राति दुई जना इरानीको ज्यान गएको अन्तर्राष्ट्रिय सञ्चार माध्यमले खबरमा उल्लेख गरेका छन् । यसको पूर्ण विवरण आइसकेको छैन ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।