पोखरा– गण्डकी प्रदेशमा बजेट भाषण सुरु भएकाे छ।
प्रदेशका अर्थमन्त्री डा. टंकराज गुरुङले आगामी आर्थिक वर्ष २०८२/०८३ को बजेट भाषण सुरु गरेका हुन्।
प्रदेश स्रोत अनुमान समितिले चालु आर्थिक बर्षको तुलनामा ३ अर्ब रुपैयाँ बजेट घट्ने अनुमान गरे पनि १ अर्ब घटाएर ल्याउने तयारी छ।
समितिले आर्थिक बर्ष २०८२/८३ का लागि २९ अर्ब ५० करोड रुपैयाँ बराबरको बजेट ल्याउन सरकारलाई सिफारिस गरेको थियो।
चालु बर्षका लागि प्रदेश सरकारले ३२ अर्ब ९७ करोड ८५ लाख ७५ हजार रुपैयाँको बजेट ल्याएको थियो। जेठसम्म ४७.५ प्रतिशत खर्च भएको अवस्था छ। गण्डकीका प्रत्यक्ष र समानुपातिक सांसदलाई छुट्टाछुट्टै दर तोकेर योजना मागिएको छ।
भौतिक पूर्वाधारले समानुपातिकलाई १ करोड ५० लाख रुपैयाँ र प्रत्यक्ष निर्वाचितलाई २ करोड ५० लाख रुपैयाँको योजना बाँड्ने स्रोतले जनाएको छ। उर्जा, जलस्रोत तथा खानेपानी मन्त्रालयले प्रत्यक्षलाई ५० लाख, समानुपातिकलाई २६ लाख रुपैयाँको योजना मागेको थियो।
पर्यटनले ४० लाख र २० लाख, सामाजिक विकासले ३० लाख र १५ लाख, वनले १० लाख र ५ लाख रुपैयाँका दरले प्रत्यक्ष र समानुपातिक सांसदलाई योजना बाँडेको स्रोतले जनाएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।