काठमाडौँ– नेकपा एमालेका प्रमुख सचेतक महेश बर्तौलाले संसद् अवरोध गरेर जनताका मुद्दाबाट पन्छिने राष्ट्रिय स्वतन्त्र पार्टीको कार्यशैलीमा अड्किएर बस्न नसक्ने बताएका छन्।
सभामुख देवराज घिमिरेले बोलाएको प्रमुख सचेतकहरूसँगको छलफलपछि सञ्चारकर्मीहरूसँग कुरा गर्दै उनले संसद्लाई लामो समय अनिर्णयको बन्दी बनाउन नसकिने उल्लेख गरेका हुन्।
उनले संसद् आजबाट आफ्नो नियमावलीअनुसार अघि बढ्ने बताए। शोक प्रस्ताव राख्दा पनि बेल घेराउ गरिरहनु शहीदप्रतिको अपमान भएको उनले जिकिर गरेका छन्।
सरकारी बिजनेसमाथिको विरोध गर्नु जायज भए पनि शोक प्रस्ताव राख्दा समेत विरोध गर्नुले संसद्को मर्यादा गिराएको उनले बताए। अशोभनीय व्यवहार र प्रवृत्ति संसदमा देखिनु राम्रो नभएको उनको भनाइ छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।