काठमाडौं- उपकुलपति रिक्त रहेका चार प्रतिष्ठानको उपकुलपतिको जिम्मेवारी रेक्टर र डिनले पाएका छन्। उनलाई प्रधानमन्त्री तथा कुलपति केपी शर्मा ओलीले वैशाख ४ गते नियुक्त गरेका हुन्।
बिपी कोइरालामा डा सञ्जीव शर्मा, पाटनमा डा पवन शर्मा र कर्णालीमा डा डबलबहादुर धामीले जिम्मेवारी पाएका हुन्। पोखरामा भने रेक्टर नभएका कारण डिन डा श्रीकृष्ण श्रेष्ठले जिम्मेवारी पाएका हुन्।
उनीहरुले जिम्मेवारी तोकिएको पत्र भने आइतबार पाएका छन्। पत्रमा भनिएको छ, 'उपकुलपति पदमा नियुक्ति नभएसम्मका लागि शैक्षिक, प्रशासनिक र आर्थिक कार्य सुचारु गर्न निमित्त उपकुलपतिको जिम्मेवारी दिइएको छ।'
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।