काठमाडौं – देशभरि भूकम्प स्मृति दिवस मनाइरहँदा सिन्धुपाल्चोकमा भूकम्प गएको छ।
जिल्लाको फुलपिङकोटमा विहान ११ः५३ बजे भूकम्प गएको हो।
शुक्रबार बिहान ४.१ म्याग्निच्युडको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले जनाएको छ।
२०७२ साल वैशाख १२ गते गोरखाको बारपाक केन्द्रविन्दु भएर ७.८ म्याग्निच्युडको भूकम्प जाँदा करिब ९ हजार मानिसको ज्यान गएको थियो भने करिब २२ हजार मानिस घाइते भएका थिए। ६ लाख घर क्षतिग्रस्त भएका थिए। त्यतिबेला सिन्धुपाल्चोक सबैभन्दा बढी प्रभावित भएको थियो।
आज बिहानको भूकम्पको धक्का सिन्धुपाल्चोक र आसपासका केही जिल्लामा पनि महसुस भएको थियो तर सो भूकम्पले क्षति पुगेको भने छैन।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।