काठमाडौं – प्रतिनिधि सभा अन्तर्गत कार्य व्यवस्था तथा परामर्श समितिको बैठक जारी छ।
सदन बस्नुअघि सभामुख देवराज घिमिरेले कार्य व्यवस्था परामर्श समितिको बैठक राखेका हुन्।
सभामुखले सदनलाई प्रभावकारी बनाउनेबारे छलफल गरेका हुन्।
सङ्घीय संसद्का दुवै सदनको बजेट अधिवेशन आज अपराह्न १ बजेदेखि आरम्भ हुँदैछ। अधिवेशनको पहिलो दिन विभिन्न राजनीतिक दलका नेतालाई दलीय आधारमा बोल्नेछन्।
प्रधानमन्त्री केपी ओलीले पनि आजै बोल्न तय भए पनि अन्तिम समयमा आएर स्थगित भएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।