काठमाडौं–भारतको छत्तिसगढ राज्यमा सुरक्षा फौजले माओवादी विद्रोहीको फौजमाथि हमला गर्दा ठूलो संख्यामा हताहती भएको दाबी गरेको छ।
बिजापुर क्षेत्रमा भएको भिडन्तमा तीनजना माओवादी लडाकुको शव भेटिएको र अन्य धेरै हताहत भएको दाबी गरिएको हो।
सो क्षेत्रमा प्रहरी सुरक्षाकर्मी र माओवादी विद्रोहीबीच भिडन्त जारी रहेको बीबीसीले जनाएको छ।
सुरक्षाकर्मीले एक सातादेखि माओवादीको आधार क्षेत्र मानिएको कर्रेगुट्टा पहाडी क्षेत्रलाई घेराबन्दी गरेर राखेको छ। भारतको छत्तिसगढ, विहार, झारखण्डलगायतका क्षेत्रमा माओवादी जनयुद्धको प्रभाव रहेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।