बुटवल – बुटवलमा एक महिलामाथि गोली प्रहार भएको छ । शनिबार बिहान करिब साढे ९ बजे बुटवल ११ बुद्धनगरमा बस्दै आएकी टिका विष्ट क्षेत्रीमाथि गोली प्रहार भएको हो ।
क्षेत्रीको ढाडमा गोली लागेको र उनको लुम्बिनी प्रादेशिक अस्पतालमा उपचार भइरहेको बुटवल प्रहरीले जानकारी दिएको छ । पाल्पा घर भएकी क्षेत्री बुटवल बस्दै आएकी थिइन् । घटनाबारे विस्तृत रुपमा अध्ययन गरीरहेको प्रहरीले जानकारी दिएको छ ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।