• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
  • गोपनीयता नीति
  • प्रयोगका सर्त
शनिबार, जेठ २४, २०८२ Sat, Jun 7, 2025
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
कृषि
आयात निर्यात दुवै घट्यो, कसरी बढ्यो राजस्व संकलन? 
64x64
कल्पना घिमिरे मंगलबार, माघ ९, २०८०  २०:४०
1140x725

काठमाडौं– चालू आर्थिक वर्षको ६ महिना (साउनदेखि पुस मसान्तसम्म) मा ८ खर्ब ३१ अर्ब ३५ करोड रुपैयाँ बराबरको वैदेशिक व्यापार भएको केन्द्रीय भन्सार विभागले जनाएको छ।

गत आर्थिक वर्ष (२०७९/०८०)को सोही अवधिमा ८ खर्ब ७३ अर्ब ४८ करोड रुपैयाँ बराबरको वैदेशिक व्यापार भएको थियो। जसअनुसार गत वर्षको तुलनामा यस वर्ष ३.४७ प्रतिशतले वैदेशिक व्यापार घटेको छ।

यस्तै चालू आर्थिक वर्षमा ७ खर्ब ६८ अर्ब १७ करोड रुपैयाँ बराबरको वस्तु आयात भएको छ भने ७४ अर्ब ९७ करोड रुपैयाँ बराबरको वस्तु निर्यात भएको छ। जस अनुसार आयातको ९१.११ प्रतिशत रहेको छ भने ८.८९ प्रतिशत निर्यातको हिस्सा रहेको छ।

गतवर्षको सोही अवधिमा ७ खर्ब ९२ अर्ब ६७ करोड रुपैयाँ बराबरको आयात भएको थियो भने ८० अर्ब ८१ करोड रुपैयाँको निर्यात भएको थियो।

जसअनुसार गतवर्षको तुलनामा यसवर्ष आयातमा ३.०९ प्रतिशतले कमी आएको छ भने ७.२३ प्रतिशतले कमी आएको पाइएको छ।

तर वैदेशिक व्यापार घट्दा पनि भन्सार विन्दुबाट संकलन हुने राजस्व भने बढेको पाइएको छ। यो वर्ष ६ महिनामा भन्सार राजस्वबाट २ खर्ब ७० करोड बराबर राजस्व संकलन गरेको छ।

विभागका निर्देशक तथा सूचना अधिकारी पुण्यविक्रम खड्काले चालू वर्ष आयात कम भए पनि राजस्व संकलन बढेको बताए। गत वर्ष लक्ष्यभन्दा निकै कम राजस्व संकलन भएको थियो। 

तर, यो वर्ष केही सुधार भएको उनको भनाइ छ। यस्तै आगामी दिनमा राजस्व संकलन बढ्न सक्ने उनको दाबी छ।

Ncell 2
Ncell 2

सरकारले गत आर्थिक वर्ष ५ खर्ब ३० अर्ब राजस्व संकलन गर्ने लक्ष्य लिएको थियो। त्यसमध्ये आयातबाट ५८.४२ प्रतिशत मात्रै लक्ष्य पूरा भएको थियो। गत आर्थिक वर्षमा सरकारले १ खर्ब ८२ अर्ब ८४ करोड रुपैयाँ बराबर राजस्व उठाएको थियो।

चालू वर्षमा विभागले ६ महिनाको अवधिमा ७७ करोड १७ लाख ३५ हजार रुपैयाँ अनुगमन शाखाले प्रत्यक्ष अनुगमन गरी थप राजस्व असुली गरेको छ। चालू वर्षको कुल लक्ष्यको तुलनामा ६ महिनामा ३१ प्रतिशत राजस्व असुली भएको छ। 

यसवर्ष सरकारले कुल भन्सार राजस्व ६ खर्ब २७ अर्ब ७५ करोड उठाउने लक्ष्य राखेको छ। गतवर्षको सोही अवधिमा विभागले १८ करोड ८६ लाख ९२ हजार रुपैयाँ थप राजस्व असुली गरेको थियो। यो वर्ष गत आवको तुलनामा ५८ करोड ३० लाख ४३ हजार रुपैयाँ बढी अनुगमन गरी असुली गरेको छ।

सुन, डिजेल र एलपी ग्यास घट्यो, पेट्रोल र विद्युतीय साधनको आयात बढ्यो
चालू वर्षको ६ महिनामा डिजेल र एलपी ग्यासको आयात गत आर्थिक वर्षको तुलनामा कमी आउँदा विदेशिने रकम घटेको छ। तर, पेट्रोल र विद्युतीय साधन आयातमा भने गत आवको तुलनामा ठूलो रकम बाहिरिएको छ।

चालू वर्षमा सुन आयातमा ठूलो गिरावट आएको छ। पुससम्म ११ अर्ब ८९ करोडको सुन आयात भएको विभागले जनाएको छ। गत वर्षको सोही अवधिमा २९ अर्ब २० करोडको सुन आयात भएको थियो।

यस्तै ६६ अर्ब ४९ करोडको डिजेल आयात भएको छ। गत आवको सोही अवधिमा ७० अर्ब ११ करोडको डिजेल आयात भएको थियो। चालू वर्षको ६ महिनामा पेट्रोल आयात हुँदा ३३ अर्ब ९२ करोड बाहिरीएको छ। 

गतवर्ष सोही अवधिमा ३३ अर्ब ५४ करोडको पेट्रोल आयात भएको थियो। चालू वर्षको ६ महिनामा २५ अर्ब ४६ करोडको एलपी ग्यास आयात भएको छ। गतवर्ष ६ महिनामा २८ अर्ब २० करोडको आयात भएको थियो।

विद्युतीय सवारीसाधन (जिप, कार र भ्यान) आयातमा ठूलो वृद्धि भएको छ। गत वर्ष ४ अर्ब ९३ करोड रुपैयाँका यस्ता सवारीसाधन आयात भएकोमा यो वर्ष १३ अर्ब १२ करोडको आयात भएको विभागको तथ्यांक छ। गतवर्ष ५ अर्ब ५३ करोडको एचआर सिट आयात भएकोमा यो वर्ष २२ अर्ब ३६ करोडको आयात भएको छ।

पाम तेल निर्यात घट्यो चिया, कफी र अलैंची बढ्यो
चालू  वर्षको ६ महिनामा प्रशोधित पाम तेल निर्यातमा ठूलो गिरावट आएको छ। गतवर्ष १३ अर्ब ९ करोडको निर्यात भएको थियो। चालू वर्षको सोही अवधिमा २ अर्ब ९० करोड रुपैयाँको निर्यात भएको छ।

यस्तै फलामे पाता, तयारी कपडा, अलैंची, चियाकफी प्लाइउडजस्ता वस्तु निर्यात बढेको छ। सेन्थेटिक यार्न, ऊन गलैंचालगायत वस्तु निर्यात घटेको छ।

चालू वर्षको ६ महिनामा ७ अर्ब २५ करोड बराबरको चिया कफी निर्यात भएको छ। गतवर्षको सोही अवधिमा ५ अर्ब ५६ करोड रुपैयाँ बराबरको चिया कफी निर्यात भएको थियो। गत वर्षको ६ महिनामा ३ अर्ब ४१ करोड रुपैयाँ बराबरको अलैंची निर्यात भएको थियो। 

चालू वर्षको सोही अवधिमा ३ अर्ब ९१ करोड रुपैयाँ बराबरको अलैंची निर्यात भएको छ।

प्रकाशित मिति: मंगलबार, माघ ९, २०८०  २०:४०

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
कल्पना घिमिरे
लेखकबाट थप
२८ करोडको सरकारी गाडी यसरी बन्यो कवाडी
आर्थिक सहायता र राजस्व संकलनको लक्ष्य नभेट्दा कूल बजेट खर्च २० प्रतिशत कमी
६ वर्षमा २२ सहकारी समस्याग्रस्तः चालू वर्ष थपियो बानेश्वरको नेपाल सहकारी वित्तीय संस्था लिमिटेड
सम्बन्धित सामग्री
रामेछापका मकैबारीमा फौजी कीराको प्रकोप सुरूमा पात खाने र विस्तारै मकैको गुबो नै खाइदिने गरेपछि मकैको गुबोबाट निस्कने धानचमरा र मकैको डाँठमा निस्कने बेला भएको सुत्ला पनि की... शुक्रबार, जेठ २३, २०८२
स्याङ्जाका किसानले बेचे ९० लाखको धानको बीउ नेपाल सरकारबाट सिफारिस भएका विभिन्न उन्नत जातका धानको बीउ बिक्रीबाट यहाँका किसान राम्रो आम्दानी गर्न सफल भएका हुन्। बिहीबार, जेठ २२, २०८२
जुम्लाका किसानलाई मार्सीधान रोप्न भ्याइनभ्याइ जेठको पहिलो सातादेखि असारको दोस्रो सातासम्म जिल्लाभर धान रोपाइँ हुने गरेको छ । पछिल्लो समय मार्सीधानको चामलले बजार पाउन थालेपछि किसा... शनिबार, जेठ १७, २०८२
ताजा समाचारसबै
नवलपरासीमा एक युवकले गरे आफ्नै बुबा र छिमेकीको हत्या शुक्रबार, जेठ २३, २०८२
वाईसीएल अध्यक्षमा पुष्प ओली सर्वसम्मत चयन शुक्रबार, जेठ २३, २०८२
नेपाली नागरिकका लागि टीपीएस कार्यक्रम खारेज हुने, घर फर्कने तयारी गर्न अमेरिकाको सुझाव शुक्रबार, जेठ २३, २०८२
भीषण आगलागीमा परी बाजुराको बाम्का बजारमा ध्वस्त शुक्रबार, जेठ २३, २०८२
भेरी नदीमा बेपत्ता दिदीभाईको शव फेला शुक्रबार, जेठ २३, २०८२
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
ओली नेतृत्वको सरकार सफल बनाउन सम्पूर्ण ठाउँबाट प्रयास गरिरहेका छौ : गगन थापा
ओली नेतृत्वको सरकार सफल बनाउन सम्पूर्ण ठाउँबाट प्रयास गरिरहेका छौ : गगन थापा शुक्रबार, जेठ २३, २०८२
नेपालविरुद्धको भ्रष्टाचार मुद्दामा सरकारलाई दोष लगाउनु उचित होइन् : सञ्चार मन्त्री
नेपालविरुद्धको भ्रष्टाचार मुद्दामा सरकारलाई दोष लगाउनु उचित होइन् : सञ्चार मन्त्री शुक्रबार, जेठ २३, २०८२
महिला टोलीका प्रमुख प्रशिक्षक प्याट्रिकसँग पत्रकार सम्मेलन (भिडियो)
महिला टोलीका प्रमुख प्रशिक्षक प्याट्रिकसँग पत्रकार सम्मेलन (भिडियो) शुक्रबार, जेठ २३, २०८२
विद्वान गुरुङले मागीखाने भाँडो बनाएको भन्दै सडकमा उत्रिए तरुण दलका कार्यकर्ता (भिडियो)
विद्वान गुरुङले मागीखाने भाँडो बनाएको भन्दै सडकमा उत्रिए तरुण दलका कार्यकर्ता (भिडियो) शुक्रबार, जेठ २३, २०८२
संसद् चल्न नसक्दा महत्त्वपूर्ण विधेयकहरू अड्किए: सभामुख घिमिरे
संसद् चल्न नसक्दा महत्त्वपूर्ण विधेयकहरू अड्किए: सभामुख घिमिरे शुक्रबार, जेठ २३, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
माधव नेपालको सांसद पद निलम्बन बिहीबार, जेठ २२, २०८२
भिजिट भिसा प्रकरण : संसद् खोल्न कांग्रेसले राखेको प्रस्ताव रास्वपाद्वारा अस्वीकार बिहीबार, जेठ २२, २०८२
उपाध्यक्ष सापकोटा पक्राउ पर्ने डरले माओवादी संसद् खोल्न तयार भयो : शाही बिहीबार, जेठ २२, २०८२
पतञ्जली प्रकरणमा प्रधानमन्त्रीलाई जोडेर अनावश्यक टिप्पणी नगर्न माधव नेपाललाई एमालेको चेतावनी बिहीबार, जेठ २२, २०८२
नेपाली नागरिकका लागि टीपीएस कार्यक्रम खारेज हुने, घर फर्कने तयारी गर्न अमेरिकाको सुझाव शुक्रबार, जेठ २३, २०८२
सबै हेर्नुहोस
अन्तर्वार्ता
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
नेपाल र जिम्बाब्वेको अध्ययनले जलवायु परिवर्तनको असरबाट स्वास्थ्य प्रणालीलाई जोगाउने उपायहरू पत्ता लगाउनेछ : डा जोआना रेभन नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
अवुधावीमा मनाइयो गणतन्त्र दिवस नेपाल लाइभ
नेपालको आर्थिक समृद्धिको आधार बन्न सक्छ ‘धार्मिक पर्यटन’ राजेश कुमार शाह
स्मार्टफोनको दुष्प्रभाव : विद्यार्थीहरू किन जोखिममा छन् ? नेपाल लाइभ
बैंकिङ्ग व्यवसायलाई उद्यमशीलताको भर नेपाल लाइभ
सबै हेर्नुहोस
ब्लग
बैंकिङ्ग व्यवसायलाई उद्यमशीलताको भर मंगलबार, वैशाख २, २०८२
हितेन्द्र र कुलमानको रिट हेर्न नमिल्नेमा आइतबार, चैत १७, २०८१
चौरासी वर्षका क्यान्सरविजेताको जीवन वृत्तान्त ‘कालसँग कुस्ती’ सार्वजनिक आइतबार, फागुन १८, २०८१
सबै हेर्नुहोस
लोकप्रिय
आजको मौसमः देशभर आंशिक बदली, केहि स्थानमा भारी वर्षाको सम्भावना बुधबार, जेठ २१, २०८२
बरु ६ महिना यात्रा नगरौँ, यातायात व्यवसायीको धम्कीबाट नडराऔँ : सांसद शाही मंगलबार, जेठ २०, २०८२
माधव नेपालको सांसद पद निलम्बन बिहीबार, जेठ २२, २०८२
चार जिल्लाका प्रमुख जिल्ला अधिकारी फेरिए, कुन जिल्लामा को? आइतबार, जेठ १८, २०८२
सदन खुलाउन विपक्षी दलले राखे तीन शर्त मंगलबार, जेठ २०, २०८२
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2025 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्