• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
  • गोपनीयता नीति
  • प्रयोगका सर्त
शनिबार, जेठ २४, २०८२ Sat, Jun 7, 2025
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
कृषि
अझै निर्धारण हुन सकेन उखुको मूल्य, बजेट अभाव देखाउँदै गत वर्षकै अनुदान भुक्तानीमा आनाकानी
64x64
कल्पना घिमिरे सोमबार, मंसिर १८, २०८०  १७:३२
1140x725

काठमाडौं- सरकारले उखुको मूल्य तोकेको छैन। तर सिरहाका उखु किसान रामविलास महतोले भने उखु क्रसिङ सुरु गरिसकेका छन्। हिउँदे बाली लगाउने सिजन भएकाले सरकारले मूल्य नतोके पनि उखु क्रसिङ गरेर सखर उद्योगलाई बिक्री गरेको महतोले बताए।

‘यो हिउँदेबाली लगाउने सिजन हो। गहुँ, तोरी, मुसुरो केराउ रोप्न लगाउन जमिन खाली गर्नुपर्यो। सरकारले कहिले मूल्य तोक्छ भनेर कुरेर बसेर हुँदैन रहेछ,’ महतोले भने, ‘कहिले मूल्य तोक्ला र बेचौँला भनेर बसे भोकमरी लाग्ने अवस्था आउँछ।’

गाउँका अन्य किसानले पनि उखु क्रसिङ गरेर सखर उद्योगलालाई चिनी बिक्री गर्न लगाएको बताए।

सरकारले मूल्य तोक्न आनाकारी गर्ने तथा प्रोत्साहन स्वरुप दिइँदै आएको अनुदान वापतको रकम दिन समेत ढिलो गर्नाले आफूहरु मारमा परेको किसानहरु बताउँछन्।

उखु किसान संरक्षक समितिका संरक्षक राकेश मिश्रले सरकारले उखुको मूल्य समयमा नतोकेपछि किसानहरुले सस्तो मूल्यमा उखु बिक्री गर्न थालिसकेको बताए। 

सरकारले उखुको मूल्य समयमा नतोकिदिँदा उखु किसान वर्षेनी मारमा परेको उनको भनाइ छ। वर्षेनी किसानको उखुको मूल्य निर्धारण गर्न ढिला गरिदिने र अनुदान वापतको रकम भुक्तानी गर्न आनाकानी गर्नाले किसान उखु खेतीबाट पलायन हुनुपर्ने अवस्था सिर्जना भएको बताउँछन्।

उखु रोप्ने सिजनमै मूल्य निर्धारण गर्नुपर्नेमा क्रसिङ गर्ने बेलासम्म मूल्य नतोक्दा किसान मारमा परेको उनको भनाइ छ। 

यस वर्षको उखुको समर्थन मूल्य तोक्न ढिला भएको कृषि तथा पशुपंक्षी विकास मन्त्रालयका प्रवक्ता सवनम शिवाकोटी बताउँछिन्। तर किसानले चिनी मिललाई उधारोमा उखु बिक्री गर्ने र मिलले सरकारले तोकेको मूल्य अनुसार भुक्तानी गर्ने भएकाले खासै समस्या नपर्ने देखिएको उनको भनाइ छ।

Ncell 2
Ncell 2

‘किसानहरुले उधारोमा मिललाई उखु बिक्री गर्नुहुन्छ। पछि मूल्य तोकेपछि तोकिएको मूल्यअनुसार उहाँहरुले मूल्य पाउनुहुन्छ। हामीले कति मूल्य तोक्ने भन्नेबारे आइतबार उखु किसान र चिनी उद्योगीसँग छलफल गरेका थियौं, ’ उनले भनिन्।

तर, मन्त्रालयले उखु किसान र उद्योगीसँग भएको छलफलमा गत वर्षको मूल्यमा प्रतिक्विन्टल ११ रुपैयाँ १२ पैसा बढाएर मूल्य तोक्ने प्रस्ताव राखेको तर उक्त प्रस्तावबारे सहमति नभएको शिवाकोटीले बताइन्।

भारतीय बजारमा चिनीको मूल्य कति छ? यस्तै किसानले उखु उत्पादन गर्दा लागेको लागत् क्रसिङ् गर्दादेखि मिलमा पुर्याउँदा लागेको खर्च हिसाब गरी उखुको मूल्य निर्धारण गरिएको तर किसानहरुले सहमति नजनाएको सिवाकोटी बताउँछिन्। उखुको मूल्य कति तोक्नेबारे फेरि छलफल गरिने उनको भनाइ छ।

गत वर्षको लागत अनुसार मूल्य प्रस्ताव गर्दा किसानले गरे अस्वीकार
उखु किसानबीच मन्त्रालयमा भएको छलफलमा सरकारले गत वर्षको लागतअनुसार मूल्य प्रस्ताव गरेकाले आफूहरुले अस्वीकार गरेको सर्लाहीका उखु किसान तथा उखु किसानका प्रतिनिधि श्यामबाबु राय बताउँछन्।

‘उखुको मूल्य निर्धारण गर्दा भारतमा उखु र चिनीको मूल्य कति, नेपालमा चिनीको बजार भाउ, लागत खर्च मूनाफा हेरेर मूल्य निकालिन्छ। तर उहाहरुले लागत खर्च र मूनाफा जोडेर ५५१.१२ पैसा यो वर्षको उखुको मूल्य तोकिने भन्ने प्रस्ताव ल्याउनुभएको रहेछ। तर यसमा लागत खर्च पोहोर सालकै अनुसारको जोडिएको रहेछ,’ रायले भने।

अहिले लागत खर्च पोहोरको भन्दा धेरै बढेकाले यो वर्षको उखुको मूल्य प्रतिक्विन्टल ७५० रुपैयाँ हुनुपर्ने माग रहेको बताए। अहिले बजारमा मलखादको भाउ, श्रमिक ज्याला बढेकाले लागत बढेको उनको भनाइ छ।

गत वर्ष किसानलाई उद्योगीले ६४ रुपैयाँ प्रतिकिलो चिनी बिक्री गर्ने हुँदा उखुको मूल्य ५४० रुपैयाँ तोकिएको थियो। यो वर्ष चिनीको मूल्यसमेत बढेको हुँदा उखुको मूल्य स्वतः बढ्नु पर्ने राय बताउँछन्।

‘अहिले चिनीको भाउ कति पुग्यो थाहा छैन। चिनीको भाउ देखाउनु भएन उद्योग मन्त्रालयको काम हो भन्नुभयो। चिनीको भाउ नहेरी हिसाब गरेर हुँदैन,’ उनले भने।

गत वर्ष अनुदान सहित ६१० रुपैयाँ तोकिएकोमा यस वर्ष ६२१ भनेर प्रस्ताव ल्याउँदा आफूहरु त्यो प्रस्तावलाई अस्वीकार गरेको बताए। 

‘किसानको लागत छुटाउनु भयो यो सच्याएर मात्रै मन्त्रिपरिषद्मा लैजानू, यति मूल्यमा हामी मान्दैनौं भनेको हो। उपभोक्ताले कम मूल्यमा चिनी खान पाउँदा उखुको मूल्य पनि कम लिने हो। तर किसानको लागत नै नउठ्ने मूल्य तोक्ने तर उद्योगीले चिनी महँगोमा बिक्री गर्न दिँदा त्यो पैसा त राज्यलाई जाँदैन,’ रायले भने।

‘मन्त्रालयले उद्योगीको तर्फबाट बोलिरहेको छ’
किसानको हकहितलाई मध्यनजर गरेर छलफल गर्नुपर्नेमा उद्योगीलाई फाइदा पुग्ने गरी बोलेको रायको आरोप छ। किसानलाई मार पर्ने गरी मूल्य तोकिएको थाहा पाएर पनि मन्त्रालयको कुरामा उद्योगीहरु समेत मौन रहेको उनी बताउँछन्। 

‘उद्योगीहरुलाई थाहा छ, यो मूल्यले किसान मारमा पर्छन् भन्ने कुरा। मन्त्रालयले यति मूल्य दिँदा ठिक हुन्छ है भने उनीहरु मान्छन् तर कृषि मन्त्रालयले उद्योगीको तर्फबाट बोलिरहेको छ। जस्तो भारतमा ३९० रुपैयाँ भारतमा रेट छ। यसै वर्ष २५ आइसी बढेको हामीले समाचार पढेका छौँ। तर मन्त्रालयले भारतमा प्रतिक्विन्टल ३०५ रुपैयाँ मात्रै हो भन्यो। यो वर्ष ५ रुपैयाँ बढाएको छ,’ उनले भने।

तर, मन्त्रालयले किसानलाई अन्याय हुनेगरी मूल्य निर्धारण गरेको उनी बताउँछन्। गत वर्ष पनि सरकारले ल्याएको प्रस्तावमा किसानहरु सहमति नभएको तर कृषि मन्त्रालयले बलफ्ती मन्त्रिपरिषद्मा लगेर उखुको मूल्य तोकेको घोषणा गरेको उनको आरोप छ।

यस्तै सरकारले बजेट अभाव भएको समस्या देखाएर गत वर्षको अनुदान वापतको रकम नपाएको बताए। ‘सर्लाहीका किसानले २० प्रतिशत मात्रै रकम पाएका छौँ,’ उनले भने।

गत वर्षको अनुदान ५२ करोड बाँकी
सरकारले उखु किसानको ५२ करोड रुपैयाँ दिन बाँकी रहेको छ। गत वर्षको उखु किसानलाई तिर्नुपर्ने १ अर्ब ३२ करोड रुपैयाँमध्ये ८० करोड रुपैयाँ भुक्तानी भइरकेको शिवाकोटीले जानकारी दिइन्।

‘८० करोड रुपैयाँ भुक्तानी भइसकेको छ। अझै ५२ करोड रुपैयाँ भुक्तानी गर्न बाँकी नै छ। सो रकम कसरी भुक्तानी गर्ने भन्नेबारे अर्थ मन्त्रालयमा छलफल भइरहेको छ। बजेट अभावका कारण तत्काल दिन सकिने अवस्था छैन। एक–दुई महिना यता दिन सक्ने स्थिति नै छैन,’ उनले भनिन्, ‘तर जतिसक्दो छिटो भुक्तानी गर्ने प्रयास गरिरहेका छौँ।’

गत वर्षमा पाउनुपर्ने उखुको अनुदान वापतको रकम बजेट अभाव हुँदा कन्चनपुर र सर्लाही जिल्लाका किसानलाई दिन नसकेको उनी स्वीकार गर्छिन्।

‘गत वर्षको किसानलाई दिनुपर्ने उखुको अनुदान वापतको रकम १ अर्ब ३२ करोड थियो। तर चालु आर्थिक वर्षको बजेटमा उखु किसानलाई दिइने भनी छुट्याएको रकम ८० करोड हो। उक्त रकम किसानलाई पठाइसकेका छौँ। बाँकी रकम पनि छिट्टै पठाउने तयारी भएको छ,’ उनले भनिन्।

उखु उत्पादक किसान हकहित संरक्षण समितिका कोषाध्यक्ष चेतनकुमार राईले कञ्चनपुरका उखु किसानले मात्रै ३२ करोड अनुदान रकम पाउन बाँकी रहेको बताए। कञ्चनपुरका दुई सुगर मिलबाट किसानलले पाउनुपर्ने सो अनुदान रकम सरकारले निकासा नगरेको राईको भनाइ छ। गत वर्षकै अनुदान रकम नपाएपछि किसान समस्यामा परेको उनको भनाइ छ। 

प्रकाशित मिति: सोमबार, मंसिर १८, २०८०  १७:३२

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
कल्पना घिमिरे
लेखकबाट थप
२८ करोडको सरकारी गाडी यसरी बन्यो कवाडी
आर्थिक सहायता र राजस्व संकलनको लक्ष्य नभेट्दा कूल बजेट खर्च २० प्रतिशत कमी
६ वर्षमा २२ सहकारी समस्याग्रस्तः चालू वर्ष थपियो बानेश्वरको नेपाल सहकारी वित्तीय संस्था लिमिटेड
सम्बन्धित सामग्री
रामेछापका मकैबारीमा फौजी कीराको प्रकोप सुरूमा पात खाने र विस्तारै मकैको गुबो नै खाइदिने गरेपछि मकैको गुबोबाट निस्कने धानचमरा र मकैको डाँठमा निस्कने बेला भएको सुत्ला पनि की... शुक्रबार, जेठ २३, २०८२
स्याङ्जाका किसानले बेचे ९० लाखको धानको बीउ नेपाल सरकारबाट सिफारिस भएका विभिन्न उन्नत जातका धानको बीउ बिक्रीबाट यहाँका किसान राम्रो आम्दानी गर्न सफल भएका हुन्। बिहीबार, जेठ २२, २०८२
जुम्लाका किसानलाई मार्सीधान रोप्न भ्याइनभ्याइ जेठको पहिलो सातादेखि असारको दोस्रो सातासम्म जिल्लाभर धान रोपाइँ हुने गरेको छ । पछिल्लो समय मार्सीधानको चामलले बजार पाउन थालेपछि किसा... शनिबार, जेठ १७, २०८२
ताजा समाचारसबै
नवलपरासीमा एक युवकले गरे आफ्नै बुबा र छिमेकीको हत्या शुक्रबार, जेठ २३, २०८२
वाईसीएल अध्यक्षमा पुष्प ओली सर्वसम्मत चयन शुक्रबार, जेठ २३, २०८२
नेपाली नागरिकका लागि टीपीएस कार्यक्रम खारेज हुने, घर फर्कने तयारी गर्न अमेरिकाको सुझाव शुक्रबार, जेठ २३, २०८२
भीषण आगलागीमा परी बाजुराको बाम्का बजारमा ध्वस्त शुक्रबार, जेठ २३, २०८२
भेरी नदीमा बेपत्ता दिदीभाईको शव फेला शुक्रबार, जेठ २३, २०८२
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
ओली नेतृत्वको सरकार सफल बनाउन सम्पूर्ण ठाउँबाट प्रयास गरिरहेका छौ : गगन थापा
ओली नेतृत्वको सरकार सफल बनाउन सम्पूर्ण ठाउँबाट प्रयास गरिरहेका छौ : गगन थापा शुक्रबार, जेठ २३, २०८२
नेपालविरुद्धको भ्रष्टाचार मुद्दामा सरकारलाई दोष लगाउनु उचित होइन् : सञ्चार मन्त्री
नेपालविरुद्धको भ्रष्टाचार मुद्दामा सरकारलाई दोष लगाउनु उचित होइन् : सञ्चार मन्त्री शुक्रबार, जेठ २३, २०८२
महिला टोलीका प्रमुख प्रशिक्षक प्याट्रिकसँग पत्रकार सम्मेलन (भिडियो)
महिला टोलीका प्रमुख प्रशिक्षक प्याट्रिकसँग पत्रकार सम्मेलन (भिडियो) शुक्रबार, जेठ २३, २०८२
विद्वान गुरुङले मागीखाने भाँडो बनाएको भन्दै सडकमा उत्रिए तरुण दलका कार्यकर्ता (भिडियो)
विद्वान गुरुङले मागीखाने भाँडो बनाएको भन्दै सडकमा उत्रिए तरुण दलका कार्यकर्ता (भिडियो) शुक्रबार, जेठ २३, २०८२
संसद् चल्न नसक्दा महत्त्वपूर्ण विधेयकहरू अड्किए: सभामुख घिमिरे
संसद् चल्न नसक्दा महत्त्वपूर्ण विधेयकहरू अड्किए: सभामुख घिमिरे शुक्रबार, जेठ २३, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
माधव नेपालको सांसद पद निलम्बन बिहीबार, जेठ २२, २०८२
भिजिट भिसा प्रकरण : संसद् खोल्न कांग्रेसले राखेको प्रस्ताव रास्वपाद्वारा अस्वीकार बिहीबार, जेठ २२, २०८२
उपाध्यक्ष सापकोटा पक्राउ पर्ने डरले माओवादी संसद् खोल्न तयार भयो : शाही बिहीबार, जेठ २२, २०८२
पतञ्जली प्रकरणमा प्रधानमन्त्रीलाई जोडेर अनावश्यक टिप्पणी नगर्न माधव नेपाललाई एमालेको चेतावनी बिहीबार, जेठ २२, २०८२
नेपाली नागरिकका लागि टीपीएस कार्यक्रम खारेज हुने, घर फर्कने तयारी गर्न अमेरिकाको सुझाव शुक्रबार, जेठ २३, २०८२
सबै हेर्नुहोस
अन्तर्वार्ता
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
नेपाल र जिम्बाब्वेको अध्ययनले जलवायु परिवर्तनको असरबाट स्वास्थ्य प्रणालीलाई जोगाउने उपायहरू पत्ता लगाउनेछ : डा जोआना रेभन नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
अवुधावीमा मनाइयो गणतन्त्र दिवस नेपाल लाइभ
नेपालको आर्थिक समृद्धिको आधार बन्न सक्छ ‘धार्मिक पर्यटन’ राजेश कुमार शाह
स्मार्टफोनको दुष्प्रभाव : विद्यार्थीहरू किन जोखिममा छन् ? नेपाल लाइभ
बैंकिङ्ग व्यवसायलाई उद्यमशीलताको भर नेपाल लाइभ
सबै हेर्नुहोस
ब्लग
बैंकिङ्ग व्यवसायलाई उद्यमशीलताको भर मंगलबार, वैशाख २, २०८२
हितेन्द्र र कुलमानको रिट हेर्न नमिल्नेमा आइतबार, चैत १७, २०८१
चौरासी वर्षका क्यान्सरविजेताको जीवन वृत्तान्त ‘कालसँग कुस्ती’ सार्वजनिक आइतबार, फागुन १८, २०८१
सबै हेर्नुहोस
लोकप्रिय
आजको मौसमः देशभर आंशिक बदली, केहि स्थानमा भारी वर्षाको सम्भावना बुधबार, जेठ २१, २०८२
बरु ६ महिना यात्रा नगरौँ, यातायात व्यवसायीको धम्कीबाट नडराऔँ : सांसद शाही मंगलबार, जेठ २०, २०८२
माधव नेपालको सांसद पद निलम्बन बिहीबार, जेठ २२, २०८२
चार जिल्लाका प्रमुख जिल्ला अधिकारी फेरिए, कुन जिल्लामा को? आइतबार, जेठ १८, २०८२
सदन खुलाउन विपक्षी दलले राखे तीन शर्त मंगलबार, जेठ २०, २०८२
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2025 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्