• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
  • गोपनीयता नीति
  • प्रयोगका सर्त
शनिबार, जेठ २४, २०८२ Sat, Jun 7, 2025
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
कृषि
१ वर्षदेखि सरकारले नै रोकेको छ उखु किसानको १ अर्ब ३२ करोड रुपैयाँ
64x64
कल्पना घिमिरे शुक्रबार, मंसिर १, २०८०  ०७:३२
1140x725

काठमाडौं– मंसिर लाग्यो, उखु क्रसिङ गर्ने सिजन सुरु भयो। तर सरकारले उखुको समर्थन मूल्य भने तोक्न सकेको छैन। गत वर्ष (२०७९/८० मा) पनि सरकारले उखुको मूल्य तोक्न ढिलाइ गर्दा उखु किसानले हिँउदेबाली लगाउन पाएका थिएनन्।

केही किसान भने पुरानै मूल्यमा उखु बिक्री गर्न बाध्य भएका थिए। यो वर्ष पनि  सरकारले उखुको समर्थन मूल्य तोक्न ढिलाइ गरेको छ।

गत वर्ष माघ ४ गते उखुको समर्थन मूल्य तोकिएको थियो। प्रतिक्विन्टल ५४० रुपैयाँका दरले उखुको मूल्य तोकिएको थियो भने त्यसमा थप अनुदान स्वरुप सरकारले ७० रुपैयाँ दिने घोषणा गरेको थियो।

तर अनुदान स्वरुप किसानलाई दिने भनेको रकम सरकारले भुक्तानी नगरेको पाइएको छ। साउन मसान्तभित्र दिने भनिएको गत वर्षको उखुको अनुदान बापतको रकम दशैं–तिहार बितिसक्दा पनि पाउन नसकेको उखु किसानको गुनासो छ।

सरकारले किसानहरुसँग गत साउन मसान्तसम्ममा भुक्तानी गर्ने गरी सम्झौता गरे पनि मंसिर लाग्दासम्म आफूहरुले पाउन नसकेको कपिलवस्तुका उखु किसान अनुप चौधरीले बताए। 

चौधरीले नेपालका १२ जिल्लाका ५ लाख ५४० हजार किसानले करिब १ अर्ब ३२ करोड रुपैयाँ रकम नपाएको बताए।
 
‘सरकारले साउन मसान्तसम्ममा भुक्तानी दिने सम्झौता गरेको हो। तर ४ महिना बित्यो दिएन। दशैं गयो, तिहारमा देला भनेको दिएन। छठमा पनि दिएन। अब पनि दिइएन भने हामी उखु किसान काठमाडौं आएर माइतीघरमा धर्ना बस्छौं,’ अनुपले भने।

गत वर्ष उनले ६ हजार ५०० क्विन्टल उखु चिनी मिललाई बिक्री गरेका थिए। जसको सरकारले दिइने अनुदान वापतको रकम ६ लाख ५५ हजार रुपैयाँ उनले पाउनुपर्ने हो। 

अनुप उखुको समर्थन मूल्य नतोकिँदा गत वर्षको समर्थन मूल्यभन्दा घाटा खाएर उखु बिक्री गर्न बाध्य रहेको बताउँछन्।  गहुँ रोप्न हतारो भएपछि अनुपले सख्खर उद्योगलाई प्रतिक्विन्टल ४ सय रुपैयाँको हाराहरीमा उखु बिक्री गर्न थालेको बताए।

Ncell 2
Ncell 2

‘सरकारले उखुको समर्थन मूल्य पनि तोकेन। गहुँ लगाउन ढिला भइसक्यो। सस्तो भए पनि सख्खर उद्योगलाई बिक्री गर्न थालेँ। सख्खर उद्योगले चिनी उद्योगको मूल्यमा किन्दैनन्,’ उनले भने।

सरकारले जुनसुकै बालीको मूल्य बाली भित्र्याउने, काट्ने सिजनभन्दा एक महिना अगाडि तोकिदिए किसानलाई सहज हुने उनले बताए। तर मूल्य तोकिदिए पनि सरकारले दिने अनुदान वापतको रकम नपाउँदा उखु किसान उखु खेतीबाट पलायन हुनुपर्ने अवस्था रहेको उनको भनाइ छ। उनले २०७१ सालको अनुदान वापतको रकम नै नपाएको गुनासो गरे।

‘अरु जिल्लाका किसानले पाए, तर हामी कपिलवस्तुका किसानले पाएनौं। हामीले अढाई करोड रुपैयाँ पाउन बाँकी नै छ,’ अनुपले भने।

सर्लाहीका उखु किसानले यो वर्ष पनि २ बिघा जमिनमा उखु खेती गरेका छन्। तर उखु क्रसिङको सिजन आइसक्दा पनि सरकारले उखुको समर्थन मूल्य नतोक्दा किसान अन्यौलमा छन्।

सरकारले पुरानै उखुको भुक्तानी नदिँदा आफू मारमा परेको अनुप बताउँछन‍्। ‘हाम्रो पैसा आउने अरु बाटो छैन, उखु हो। उखुकै मूल्य समयमा नपाउँदा खर्च टार्न मुस्किल परेको छ। समयमा दिन सकेन चाडपर्वको बेला दिएको भए आड हुन्थ्यो तर दिइएन,’ उनले भने।

कसरी पाउँछन् उखु किसानले अनुदान?
किसानले उत्पादन गरेको उखु मिललाई बिक्री गर्छन्। सोही बेला चिनी मिलले उक्त उखु तौल गरी किसान र उखुको परिमाणको विवरण सरकारलाई पठाउनुपर्ने हुन्छ। सोही विवरणको आधारमा कोष तथा लेखा नियन्त्रक कार्यालयले अनुदान बापत हुन आउने रकम किसानको खातामा पठाइदिनुपर्ने व्यवस्था छ।

यो नीतिअनुसार गत वर्ष एक हेक्टरमा उखु खेती गरेका किसानले करिब ३५ हजार रुपैयाँ अनुदान पाउनु पर्ने हो।

जसअनुसार सरकारले वार्षिक रुपमा उखु किसानलाई उखु उत्पादनको अनुदान बापत १ अर्ब ३२  करोड रुपैयाँ बराबर रकम छुट्याउनु पर्ने देखिन्छ। तर चालू आर्थिक वर्ष २०८०/८१ को बजेटमार्फत् सरकारले उखु किसानलाई अनुदानको रकम उपलब्ध गराउन भनेर ८० करोड रुपैयाँ विनियोजन गरेको घोषणा गरेको थियो। सो रकमले नपुग्ने देखिन्छ।

बर्सेनि उखु उत्पादन घट्दो
नेपालमा बर्सेनि उखु लागाउने क्षेत्र घटेसँगै उखु उत्पादन पनि घट्दो क्रममा रहेको सरकारी तथ्यांले देखाउँछ। आर्थिक वर्ष २०७८/०७९ मा ६२ हजार ५६७ हेक्टर क्षेत्रफलमा व्यवसायिक रुपमा उखु खेती गरिएको कृषि मन्त्रालयको तथ्यांकमा उल्लेख छ। सो क्षेत्रमा ३१ लाख ५९ हजार ६३४ मेट्रिक टन उखु उत्पादन भएको थियो।

यस्तै आर्थिक वर्ष ०७७/७८ मा ६४ हजार ३५४ हेक्टर क्षेत्रफलमा उखु खेती गरिएको थियो। उक्त क्षेत्रमा ३१ लाख ८३ हजार ९४३ मेट्रिक टन उखु उत्पादन भएको थियो। जस अनुसार उखु रोपाइँ क्षेत्र र उखु उत्पादन घटेको पाइन्छ।

आर्थिक वर्ष ०७६/०७७ मा ६८ हजार ५६५ हेक्टर क्षेत्रफलमा उखु खेती गरिएको थियो भने ३४ लाख १७६ मेट्रिक टन उखु उत्पादन भएको कृषि मन्त्रालयको तथ्यांकमा छ। यस्तै आर्थिक वर्ष ०७५/०७६ मा ७१६२५ हेक्टर क्षेत्रमा उखु खेती गरिएको थियो। उक्त क्षेत्रमा ३५५७९३४ मेट्रिक टन उखु उत्पादन भएको थियो। ०७४/०७५ मा ७८ हजार ६०९ हेक्टर जमिनमा उखु खेती गरिएको थियो। सो क्षेत्रमा ३६ लाख ७९ हजार ५०८ मेट्रिक टन उखु उत्पादन भएको सरकारी तथ्यांकले देखाउँछ।

प्रकाशित मिति: शुक्रबार, मंसिर १, २०८०  ०७:३२

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
कल्पना घिमिरे
लेखकबाट थप
२८ करोडको सरकारी गाडी यसरी बन्यो कवाडी
आर्थिक सहायता र राजस्व संकलनको लक्ष्य नभेट्दा कूल बजेट खर्च २० प्रतिशत कमी
६ वर्षमा २२ सहकारी समस्याग्रस्तः चालू वर्ष थपियो बानेश्वरको नेपाल सहकारी वित्तीय संस्था लिमिटेड
सम्बन्धित सामग्री
रामेछापका मकैबारीमा फौजी कीराको प्रकोप सुरूमा पात खाने र विस्तारै मकैको गुबो नै खाइदिने गरेपछि मकैको गुबोबाट निस्कने धानचमरा र मकैको डाँठमा निस्कने बेला भएको सुत्ला पनि की... शुक्रबार, जेठ २३, २०८२
स्याङ्जाका किसानले बेचे ९० लाखको धानको बीउ नेपाल सरकारबाट सिफारिस भएका विभिन्न उन्नत जातका धानको बीउ बिक्रीबाट यहाँका किसान राम्रो आम्दानी गर्न सफल भएका हुन्। बिहीबार, जेठ २२, २०८२
जुम्लाका किसानलाई मार्सीधान रोप्न भ्याइनभ्याइ जेठको पहिलो सातादेखि असारको दोस्रो सातासम्म जिल्लाभर धान रोपाइँ हुने गरेको छ । पछिल्लो समय मार्सीधानको चामलले बजार पाउन थालेपछि किसा... शनिबार, जेठ १७, २०८२
ताजा समाचारसबै
नवलपरासीमा एक युवकले गरे आफ्नै बुबा र छिमेकीको हत्या शुक्रबार, जेठ २३, २०८२
वाईसीएल अध्यक्षमा पुष्प ओली सर्वसम्मत चयन शुक्रबार, जेठ २३, २०८२
नेपाली नागरिकका लागि टीपीएस कार्यक्रम खारेज हुने, घर फर्कने तयारी गर्न अमेरिकाको सुझाव शुक्रबार, जेठ २३, २०८२
भीषण आगलागीमा परी बाजुराको बाम्का बजारमा ध्वस्त शुक्रबार, जेठ २३, २०८२
भेरी नदीमा बेपत्ता दिदीभाईको शव फेला शुक्रबार, जेठ २३, २०८२
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
ओली नेतृत्वको सरकार सफल बनाउन सम्पूर्ण ठाउँबाट प्रयास गरिरहेका छौ : गगन थापा
ओली नेतृत्वको सरकार सफल बनाउन सम्पूर्ण ठाउँबाट प्रयास गरिरहेका छौ : गगन थापा शुक्रबार, जेठ २३, २०८२
नेपालविरुद्धको भ्रष्टाचार मुद्दामा सरकारलाई दोष लगाउनु उचित होइन् : सञ्चार मन्त्री
नेपालविरुद्धको भ्रष्टाचार मुद्दामा सरकारलाई दोष लगाउनु उचित होइन् : सञ्चार मन्त्री शुक्रबार, जेठ २३, २०८२
महिला टोलीका प्रमुख प्रशिक्षक प्याट्रिकसँग पत्रकार सम्मेलन (भिडियो)
महिला टोलीका प्रमुख प्रशिक्षक प्याट्रिकसँग पत्रकार सम्मेलन (भिडियो) शुक्रबार, जेठ २३, २०८२
विद्वान गुरुङले मागीखाने भाँडो बनाएको भन्दै सडकमा उत्रिए तरुण दलका कार्यकर्ता (भिडियो)
विद्वान गुरुङले मागीखाने भाँडो बनाएको भन्दै सडकमा उत्रिए तरुण दलका कार्यकर्ता (भिडियो) शुक्रबार, जेठ २३, २०८२
संसद् चल्न नसक्दा महत्त्वपूर्ण विधेयकहरू अड्किए: सभामुख घिमिरे
संसद् चल्न नसक्दा महत्त्वपूर्ण विधेयकहरू अड्किए: सभामुख घिमिरे शुक्रबार, जेठ २३, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
माधव नेपालको सांसद पद निलम्बन बिहीबार, जेठ २२, २०८२
भिजिट भिसा प्रकरण : संसद् खोल्न कांग्रेसले राखेको प्रस्ताव रास्वपाद्वारा अस्वीकार बिहीबार, जेठ २२, २०८२
उपाध्यक्ष सापकोटा पक्राउ पर्ने डरले माओवादी संसद् खोल्न तयार भयो : शाही बिहीबार, जेठ २२, २०८२
पतञ्जली प्रकरणमा प्रधानमन्त्रीलाई जोडेर अनावश्यक टिप्पणी नगर्न माधव नेपाललाई एमालेको चेतावनी बिहीबार, जेठ २२, २०८२
नेपाली नागरिकका लागि टीपीएस कार्यक्रम खारेज हुने, घर फर्कने तयारी गर्न अमेरिकाको सुझाव शुक्रबार, जेठ २३, २०८२
सबै हेर्नुहोस
अन्तर्वार्ता
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
नेपाल र जिम्बाब्वेको अध्ययनले जलवायु परिवर्तनको असरबाट स्वास्थ्य प्रणालीलाई जोगाउने उपायहरू पत्ता लगाउनेछ : डा जोआना रेभन नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
अवुधावीमा मनाइयो गणतन्त्र दिवस नेपाल लाइभ
नेपालको आर्थिक समृद्धिको आधार बन्न सक्छ ‘धार्मिक पर्यटन’ राजेश कुमार शाह
स्मार्टफोनको दुष्प्रभाव : विद्यार्थीहरू किन जोखिममा छन् ? नेपाल लाइभ
बैंकिङ्ग व्यवसायलाई उद्यमशीलताको भर नेपाल लाइभ
सबै हेर्नुहोस
ब्लग
बैंकिङ्ग व्यवसायलाई उद्यमशीलताको भर मंगलबार, वैशाख २, २०८२
हितेन्द्र र कुलमानको रिट हेर्न नमिल्नेमा आइतबार, चैत १७, २०८१
चौरासी वर्षका क्यान्सरविजेताको जीवन वृत्तान्त ‘कालसँग कुस्ती’ सार्वजनिक आइतबार, फागुन १८, २०८१
सबै हेर्नुहोस
लोकप्रिय
आजको मौसमः देशभर आंशिक बदली, केहि स्थानमा भारी वर्षाको सम्भावना बुधबार, जेठ २१, २०८२
बरु ६ महिना यात्रा नगरौँ, यातायात व्यवसायीको धम्कीबाट नडराऔँ : सांसद शाही मंगलबार, जेठ २०, २०८२
माधव नेपालको सांसद पद निलम्बन बिहीबार, जेठ २२, २०८२
चार जिल्लाका प्रमुख जिल्ला अधिकारी फेरिए, कुन जिल्लामा को? आइतबार, जेठ १८, २०८२
सदन खुलाउन विपक्षी दलले राखे तीन शर्त मंगलबार, जेठ २०, २०८२
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2025 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्