• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
  • गोपनीयता नीति
  • प्रयोगका सर्त
शनिबार, जेठ २४, २०८२ Sat, Jun 7, 2025
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
कृषि
प्याजको मूल्य दोब्बरले बढ्यो, भन्सार बढ्ने भएपछि होलसेल व्यापारीले ल्याउन छाडे
64x64
कल्पना घिमिरे सोमबार, जेठ २९, २०८०  ०९:५६
1140x725
प्रतिकात्मक तस्बिर

काठमाडौं– बिहीबार प्रतिनिधि सभामा आर्थिक वर्ष २०८०/८१को बजेटमाथि छलफल गर्ने क्रममा नेकपा एमालेका सांसद रघुजी पन्तले ‘उहिले–उहिले प्याज काट्दा आँशु आउँथ्यो। अब केही दिनपछि प्याज किन्दै आँशु आउँछ,’ भन्दै  बजेटले ल्याएको निराशाप्रति व्यंग्य गरे।

‘बजेट आएपछि त उत्साह आउनुपर्ने हो नि! प्रत्येक दिन, प्रत्येक मान्छेले, उद्योगपतिले के भन्छन्, व्यापारीले के भन्छन्, अर्थशास्त्रीले के भन्छन् भनेर पढिरहेको छु। सबैजना भन्छन् यो बजेटले निराशा ल्यायो,’ उनले भने, ‘हुँदा–हुँदा तोरीको तेल, आलु र प्याजको भाउ पनि बढ्यो। उहिले–उहिले प्याज काट्दा आँशु आउँथ्यो। अब केही दिनपछि प्याज किन्दै आँशु आउँछ।’

नभन्दै अहिले थोक तथा खुद्रा बजारमा प्याजको मूल्य दोब्बर भइसकेको छ। बजेट भाषणअघि खुद्रा बजारमा प्रतिकेजी ४० रुपैयाँ पर्ने प्याज ८० देखि एक सय रुपैयाँसम्म पर्न थालेको छ। प्याजको भन्सार शुल्क बढ्ने भएपछि बजारमा प्याजको मूल्य वृद्धि भएको र प्याज पाउनै मुस्किल परेको खुद्रा व्यापारीहरू बताउँछन्।

कलंकीका खुद्रा व्यापारी उदयराज श्रेष्ठ कालीमाटी होलसेल बजारमै प्याज मह‌ंगीएर आएको बताउँछन्। ‘कालिमाटीमै हामीलाई ६०–७० रुपैयाँ पर्छ। यहाँ हामीले बढाएको होइन। हामी फाइदाका लागि व्यापार गरेको थोरै नाफा त कमाउन परिहाल्यो नि! मैले १० रुपैयाँ फाइदा लिएको छु। धेरै होइन। अब केही दिनमा सटेज हुन्छ। एक सय तिर्छु भन्दा पनि नपाउन सक्छ,’ श्रेष्ठले भने।

यस्तै कलंकीकै खुद्रा व्यापारी गोमा खनाल आफूले कालीमाटीमा प्याज किन्नै नपाएको बताउँछिन्। प्याजको भन्सार बढाउने हल्लाले व्यापारीले प्याज लुकाएको उनको गुनासो छ। 

Ncell 2
Ncell 2

‘महंगो मूल्य तिरेर ल्याउन पनि कालीमाटीमा प्याजै छैन। पहिले होलसेलमा ३५ रुपैयाँ पर्ने प्याज सरकारको बजेट भाषणपछि मूल्य बढाएर ५०–६० हुँदै ७० सम्म पुर्‍याएका छन्। अब त्यति तिर्छुभन्दा पनि प्याज पाउन छाड्यो,’ खनालले भनिन्।

अर्का व्यापारी कासी घिमिरेको पनि भनाइ उस्तै छ। सरकारले बजेट भाषण गरेपछि प्याजको मूल्य होलसेलमै बढेको बताउँछन् उनी। होलसेलमा मूल्य बढेपछि आफूले पनि मूल्य बढाउन बाध्य भएको उनले बताए।

‘अस्तितिर ७० रुपैयाँ केजी पाउँथ्यो। अब त होलसेलमै एक सय रुपैयाँमा किन्छु भन्दा पनि पाइँदैन। प्याज सटेज भइसक्यो। कालीमाटीमा प्याज छैन। मसँग एक बोरा प्याज छ त्यो सकिएपछि प्याज आउँदैन,’ उनले भने।

व्यापारीले ल्याउन छाडे
कालीमाटी होलसेल बजारका व्यापारीहरुले भन्सार बढ्ने डरले प्याज ल्याउन छाडेको कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिका सूचना अधिकारी विनय श्रेष्ठ बताउँछन्। साथै उनले बजारमा प्याजको कारोबार नभएपछि बजारको मूल्यसूचीबाटै प्याज हटाएको जानकारी दिए।

‘अहिले कालीमाटी होलसेल बजारमा प्याजको कारोबार नै छैन। सरकारले बजेट भाषणमा भन्सार शुल्क बढाउने भनेपछि व्यापारीले ल्याउनै छाडेका छन्। २१ गतेदेखि नै हामी अनुगमनमा जाँदा कालीमाटी होलसेल बजारभित्र प्याजको कारोबार भएको देखेका छैनौं,’ उनले भने।

बजेट भाषण हुनुअघि दैनिक ८० देखि एक सय मेट्रिक टनसम्म प्याज भारतबाट आउने गरेको तर अहिले दैनिक एक मेट्रिक टन प्याज मात्रै बजारमा आउन थालेको उनले जानकारी दिए।

‘यहाँ बिक्री हुने तरकारी, फलफूल, प्याज जति पनि छ। त्यो हामीले ल्याउने होइन। यहाँका व्यापारीले आफैं ल्याउने हो। यो एक मेट्रिक टन प्याज आएको पनि व्यापारीले आफ्ना ग्राहकलाई मात्रै दिएको हुनसक्छ। व्यापारीको आफ्नै ग्राहक हुन्छन्। महंगो मूल्य भए पनि तिर्छु मलाई ल्याइदे भने पछि त व्यापारीले ल्याउनै पर्‍यो। तर बजारमा अहिले प्याजको कारोबार छैन,’ उनले भने, ‘बजार बाहिर के छ त्यो मलाई थाहा भएन। बजारभित्रका व्यापारीले प्याज ल्याएका छैनन्। एक सय मेट्रिक टन आउनेमा एक मेट्रिक टन आउनु भनेको एक प्रतिशत मात्रै आउँछ भन्दा पनि हुन्छ।’

प्रकाशित मिति: सोमबार, जेठ २९, २०८०  ०९:५६

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
कल्पना घिमिरे
लेखकबाट थप
२८ करोडको सरकारी गाडी यसरी बन्यो कवाडी
आर्थिक सहायता र राजस्व संकलनको लक्ष्य नभेट्दा कूल बजेट खर्च २० प्रतिशत कमी
६ वर्षमा २२ सहकारी समस्याग्रस्तः चालू वर्ष थपियो बानेश्वरको नेपाल सहकारी वित्तीय संस्था लिमिटेड
सम्बन्धित सामग्री
रामेछापका मकैबारीमा फौजी कीराको प्रकोप सुरूमा पात खाने र विस्तारै मकैको गुबो नै खाइदिने गरेपछि मकैको गुबोबाट निस्कने धानचमरा र मकैको डाँठमा निस्कने बेला भएको सुत्ला पनि की... शुक्रबार, जेठ २३, २०८२
स्याङ्जाका किसानले बेचे ९० लाखको धानको बीउ नेपाल सरकारबाट सिफारिस भएका विभिन्न उन्नत जातका धानको बीउ बिक्रीबाट यहाँका किसान राम्रो आम्दानी गर्न सफल भएका हुन्। बिहीबार, जेठ २२, २०८२
जुम्लाका किसानलाई मार्सीधान रोप्न भ्याइनभ्याइ जेठको पहिलो सातादेखि असारको दोस्रो सातासम्म जिल्लाभर धान रोपाइँ हुने गरेको छ । पछिल्लो समय मार्सीधानको चामलले बजार पाउन थालेपछि किसा... शनिबार, जेठ १७, २०८२
ताजा समाचारसबै
नवलपरासीमा एक युवकले गरे आफ्नै बुबा र छिमेकीको हत्या शुक्रबार, जेठ २३, २०८२
वाईसीएल अध्यक्षमा पुष्प ओली सर्वसम्मत चयन शुक्रबार, जेठ २३, २०८२
नेपाली नागरिकका लागि टीपीएस कार्यक्रम खारेज हुने, घर फर्कने तयारी गर्न अमेरिकाको सुझाव शुक्रबार, जेठ २३, २०८२
भीषण आगलागीमा परी बाजुराको बाम्का बजारमा ध्वस्त शुक्रबार, जेठ २३, २०८२
भेरी नदीमा बेपत्ता दिदीभाईको शव फेला शुक्रबार, जेठ २३, २०८२
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
ओली नेतृत्वको सरकार सफल बनाउन सम्पूर्ण ठाउँबाट प्रयास गरिरहेका छौ : गगन थापा
ओली नेतृत्वको सरकार सफल बनाउन सम्पूर्ण ठाउँबाट प्रयास गरिरहेका छौ : गगन थापा शुक्रबार, जेठ २३, २०८२
नेपालविरुद्धको भ्रष्टाचार मुद्दामा सरकारलाई दोष लगाउनु उचित होइन् : सञ्चार मन्त्री
नेपालविरुद्धको भ्रष्टाचार मुद्दामा सरकारलाई दोष लगाउनु उचित होइन् : सञ्चार मन्त्री शुक्रबार, जेठ २३, २०८२
महिला टोलीका प्रमुख प्रशिक्षक प्याट्रिकसँग पत्रकार सम्मेलन (भिडियो)
महिला टोलीका प्रमुख प्रशिक्षक प्याट्रिकसँग पत्रकार सम्मेलन (भिडियो) शुक्रबार, जेठ २३, २०८२
विद्वान गुरुङले मागीखाने भाँडो बनाएको भन्दै सडकमा उत्रिए तरुण दलका कार्यकर्ता (भिडियो)
विद्वान गुरुङले मागीखाने भाँडो बनाएको भन्दै सडकमा उत्रिए तरुण दलका कार्यकर्ता (भिडियो) शुक्रबार, जेठ २३, २०८२
संसद् चल्न नसक्दा महत्त्वपूर्ण विधेयकहरू अड्किए: सभामुख घिमिरे
संसद् चल्न नसक्दा महत्त्वपूर्ण विधेयकहरू अड्किए: सभामुख घिमिरे शुक्रबार, जेठ २३, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
माधव नेपालको सांसद पद निलम्बन बिहीबार, जेठ २२, २०८२
भिजिट भिसा प्रकरण : संसद् खोल्न कांग्रेसले राखेको प्रस्ताव रास्वपाद्वारा अस्वीकार बिहीबार, जेठ २२, २०८२
उपाध्यक्ष सापकोटा पक्राउ पर्ने डरले माओवादी संसद् खोल्न तयार भयो : शाही बिहीबार, जेठ २२, २०८२
पतञ्जली प्रकरणमा प्रधानमन्त्रीलाई जोडेर अनावश्यक टिप्पणी नगर्न माधव नेपाललाई एमालेको चेतावनी बिहीबार, जेठ २२, २०८२
नेपाली नागरिकका लागि टीपीएस कार्यक्रम खारेज हुने, घर फर्कने तयारी गर्न अमेरिकाको सुझाव शुक्रबार, जेठ २३, २०८२
सबै हेर्नुहोस
अन्तर्वार्ता
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
नेपाल र जिम्बाब्वेको अध्ययनले जलवायु परिवर्तनको असरबाट स्वास्थ्य प्रणालीलाई जोगाउने उपायहरू पत्ता लगाउनेछ : डा जोआना रेभन नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
अवुधावीमा मनाइयो गणतन्त्र दिवस नेपाल लाइभ
नेपालको आर्थिक समृद्धिको आधार बन्न सक्छ ‘धार्मिक पर्यटन’ राजेश कुमार शाह
स्मार्टफोनको दुष्प्रभाव : विद्यार्थीहरू किन जोखिममा छन् ? नेपाल लाइभ
बैंकिङ्ग व्यवसायलाई उद्यमशीलताको भर नेपाल लाइभ
सबै हेर्नुहोस
ब्लग
बैंकिङ्ग व्यवसायलाई उद्यमशीलताको भर मंगलबार, वैशाख २, २०८२
हितेन्द्र र कुलमानको रिट हेर्न नमिल्नेमा आइतबार, चैत १७, २०८१
चौरासी वर्षका क्यान्सरविजेताको जीवन वृत्तान्त ‘कालसँग कुस्ती’ सार्वजनिक आइतबार, फागुन १८, २०८१
सबै हेर्नुहोस
लोकप्रिय
आजको मौसमः देशभर आंशिक बदली, केहि स्थानमा भारी वर्षाको सम्भावना बुधबार, जेठ २१, २०८२
बरु ६ महिना यात्रा नगरौँ, यातायात व्यवसायीको धम्कीबाट नडराऔँ : सांसद शाही मंगलबार, जेठ २०, २०८२
माधव नेपालको सांसद पद निलम्बन बिहीबार, जेठ २२, २०८२
चार जिल्लाका प्रमुख जिल्ला अधिकारी फेरिए, कुन जिल्लामा को? आइतबार, जेठ १८, २०८२
सदन खुलाउन विपक्षी दलले राखे तीन शर्त मंगलबार, जेठ २०, २०८२
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2025 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्