• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
  • गोपनीयता नीति
  • प्रयोगका सर्त
शनिबार, जेठ २४, २०८२ Sat, Jun 7, 2025
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
कृषि
छिमेकीसँग सम्बन्ध बिग्रने त्रासले आफ्ना जनतालाई विषादी!
64x64
कल्पना घिमिरे बिहीबार, फागुन १८, २०७९  १२:४३
1140x725
उत्पादनअनुसार मूल्य नपाएको र बिक्री नभएको भन्दै सडकमा तरकारी फालेर विरोध गर्दै चितवनका किसान

काठमाडौं– चालु आर्थिक वर्षको ७ महिना ( २०७९ साउनदेखि माघ मसान्तसम्म) मा नेपालले झण्डै ३० अर्बको तरकारी र फलफूल आयात गरेको छ। जसमा तरकारी मात्र १९ अर्ब ६६ करोड रुपैयाँको भित्रिएको छ भने फलफूल ९ अर्ब ६६ करोड रुपैयाँ बराबरको भित्रिएको भन्सार विभागको तथ्यांकमा देखिन्छ।

नेपालमा आयात हुने तरकारी र फलफूलको सबैभन्दा बढी हिस्सा भारतले ओगटेको छ। तर भारतबाट वर्षेनि अर्बौं रुपैयाँको तरकारी र फलफूल बिना परीक्षण निर्वाध आयात हुन्छ। हरेक नेपालीको भान्सामा पाक्ने तरकारी खान उपयुक्त छ कि छैन भनेर जाँच समेत हुँदैन। 

बेला–बेलामा मातहतका निकायले भारतबाट आयात हुने तरकारीको विषादी परीक्षणका लागि प्रस्ताव त ल्याउँछन्, तर सरकारले त्यतातिर ध्यान दिँदैन। बरु उल्टै त्यस्ता प्रस्ताव रोक्ने गरिन्छ। 

पछिल्लो समय तरकारीको मापदण्डसहितको प्रस्ताव मन्त्रिपरिषद्‌मा पुगेको थियो, तर भारतसँगको सम्बन्ध बिग्रने भन्दै मन्त्रिपरिषद्ले उक्त फाइल कृषि तथा पशुपंक्षी मन्त्रालयमै फर्काइदियो।

उपभोक्ता हित संरक्षण मञ्चका महासचिव विष्णु तिमिल्सिना मन्त्रिपरिषद्को उक्त निर्णय अप्रिय भएको बताउँछन्। ‘यसरी सरकारले भारतबाट आउने तरकारी परीक्षण गर्ने प्रस्ताव रोक्नु भनेको उपभोक्ताको स्वास्थ्यमाथि सरकार गम्भीर छैन भन्ने पुष्टि हुन्छ। यो निर्णयअनुसार सरकारले एउटा ठूलै अपराध गरेको हो। त्यो निर्णयका सम्बन्धमा हामीले मुख्य सचिवसमक्ष निवेदन दिएको छौँ,’ उनले भने।

सर्वोच्च अदालतले यस्तो निर्णय नगर्नू भन्ने आदेश दिएकोमा सरकारले सर्वोच्चको फैसलाको मानहानीका साथै जनताको स्वास्थ्यमाथि गम्भीर खेलवाड गरेको उनको भनाइ छ। 

जनताको स्वास्थ्यमाथि गम्भीर छैन सरकार
वर्षेनि अर्बौं रुपैयाँको तरकारी र फलफूल बिना जाँच निर्वाध रुपमा नेपाल भित्रिरहेको छ। त्यसमा के कति परिमाणमा विषादी प्रयोग गरिएको छ भन्ने जानकारी नै हुँदैन। जनताको जीउधनको रक्षा र स्वास्थ्यको ख्याल राख्ने दायित्व सरकारको हो। 

तर सरकार यसमा गम्भीर देखिँदैन। बरु यस्ता विषादीजन्य वस्तु परीक्षणको प्रस्ताव आएमा भारतसँग सम्बन्ध बिग्रने भन्दै प्रस्ताव नै रोकिदिन्छ। पछिल्लो समय मन्त्रिपरिषद् बैठकले पनि यही कार्य गरेको छ। 

Ncell 2
Ncell 2

अर्को देशसँग सम्बन्ध बिग्रने र आफ्नो सत्ता गुम्नसक्ने त्रासका कारण आफ्नै देशका जनताको स्वास्थ्यमाथि खेलबाड गरिनु अपराध भएको मञ्चका महासचिव तिमिल्सिना बताउँछन्। 

‘नेपालमा उत्पादित अर्गानिक र कम विषादी भएका तरकारीले बजार नपाएर किसान सडकमा फाल्न बाध्य छन्। तर भारतीय विषादीयुक्त तरकारी नेपालीका भान्सामा पाकिरहेको छ। सरकारले जनताको स्वास्थ्यमाथि मात्र लापरबाही गरेको छैन। आफ्ना देशका किसानमाथि पनि अन्याय गरिरहेको छ’, उनी भन्छन्। 

अन्तर्राष्ट्रिय व्यापार सन्धिमा विषादी परीक्षण नगरी आयात/निर्यात गर्न नहुने सम्झौता छ। तर हाम्रै देशका सरकारहरु भने छिमेकीसँग सम्बन्ध बिग्रन्छ भन्दै आफ्ना देशका जनतालाई विष खुवाउन लागिपरेको तिमिल्सिनाको भनाइ छ। 

उनी भन्छन्, ‘संसारका कुनै पनि देशमा परीक्षण नगरी कुनै पनि वस्तु आयात/निर्यात हुँदैन। तर भारतसँगको सम्बन्ध बिग्रिन्छ भन्ने डरले खुलेआम विषादीयुक्त तरकारी ल्याउने निर्णय गर्ने सरकार कस्तो सरकार हो? यो कसको सरकार हो?,’ उनी प्रश्न गर्छन्,  ‘विषादीयुक्त तरकारी/फलफूल खाएर बिरामी भएपछि अस्पतालमा हुने उपचार खर्च कसले व्यहोर्ने? हाम्रो सरकार कति लाचारी हो। आफ्नै जनता मार्न अरुका सामु घुँडा टेक्ने।’

गत भदौ १५ गते तरकारीको मापदण्डसहितको प्रस्ताव मन्त्रिपरिषद्‌मा पुगेको थियो। तर भारतसँगको सम्बन्ध बिग्रने भन्दै फाइल कृषि मन्त्रालयमा फर्काएर भारतबाट आउने तरकारीमा विषादी परीक्षण गर्ने पछिल्लो प्रयासबाट पनि सरकारले हात झिक्यो। 

गत भदौ २१ गतेको मन्त्रिपरिषद्को निर्णयानुसार उक्त प्रस्ताव मन्त्रिपरिषद् आर्थिक तथा पूर्वाधार समितिमा छलफलका लागि पठाइएकोमा समितिमा छलफलको प्रक्रियामा विचाराधीन  रहेको थियो।

नयाँ सरकार गठन भएपछि त्यस्ता विचाराधीन सबै प्रस्तावहरू फिर्ता हुने क्रममा मन्त्रिपरिषद्को गत पुस ११ को पहिलो बैठकको निर्णयअनुसार उक्त प्रस्तावसमेत स्वतः फिर्ता भएको कृषि मान्त्रालयका प्रवक्ता प्रकाश सन्जेलले विज्ञप्तिमार्फत् जानकारी दिएका छन्। 

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले तत्काल नयाँ प्रस्ताव तयार पारी मन्त्रिपरिषद्‌मा पेस गर्न निर्देशन दिइसकेको र उक्त निर्देशन अनुरुप मन्त्रालयले नयाँ प्रस्ताव तयार गरिरहेको कृषि मन्त्रालयले जनाएको छ।

साथै सो प्रस्ताव कुनै मुलुकको उत्पादनतर्फ लक्षित नभइ विश्व व्यपार संगठन (डब्लुटीओ) को प्रावधान अनुरुप खाद्य ऐन, २०२३ मा व्यवस्था भएअनुरुप खाद्य ऐन, २०२३ बमोजिम नेपालभर उत्पादन, आयात निर्यात एवं बिक्री वितरण हुने खाद्य पदार्थका लागि सो मापदण्ड आकर्षित हुने कृषि मन्त्रालयले जनाएको छ।

६ महिनामा ९ अर्ब बढीको भारतीय तरकारी आयात
चाल आर्थिक वर्षको ६  महिनामा मात्र २५ अर्ब ४२ करोड ५६ लाख ९९ हजार रुपैयाँको तरकारी र फलफूल बाहिरी मुलुकबाट आयात भएको थियो। तरकारी मात्रै १७ अर्ब ४ करोड ३५ लाख ९० हजार रुपैयाँको आयात भएको थियो भने ८ अर्ब ३८ करोड २२ लाख ८ हजार रुपैयाँको फलफूल आयात भएको भन्सार विभागको तथ्यांकमा छ।

सो अवधिमा १४ अर्ब ६९ करोड १४ लाखको तरकारी र फलफूल मात्रै भारतबाट आयात भएको नेपाल राष्ट्र बैंकको तथ्यांकले देखाएको छ। जसमध्ये ९ अर्ब ६६ करोड ३० लाख रुपैयाँको तरकारी मात्र भारतबाट आयात भएको छ। सोही अवधिमा भारतबाटै ५ अर्ब २ करोड ८४ लाख रुपैयाँको फलफूल आयात भएको छ।

गत आर्थिक वर्ष २०७८/०७८ मा १६ अर्ब ९६ करोडको तरकारी विषादी परीक्षण नगरी भित्रिएको छ भने १० अर्ब ९३ करोड २८ लाख रुपैयाँको फलफूल आयात भएको राष्ट्र बैंकको तथ्यांकमा उल्लेख छ।

यस्तै आर्थिक वर्ष २०७७/०७८ मा १५ अर्ब २७ करोड ७७ लाख रुपैयाँको भारतीय तरकारी आयात भएको थियो भने १० अर्ब ३५ करोड ७१ लाख रुपैयाँको फलफूल आयात भएको थियो। जुन विषादी परीक्षण नगरी भित्रिएको थियो।

प्रकाशित मिति: बिहीबार, फागुन १८, २०७९  १२:४३

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
कल्पना घिमिरे
लेखकबाट थप
२८ करोडको सरकारी गाडी यसरी बन्यो कवाडी
आर्थिक सहायता र राजस्व संकलनको लक्ष्य नभेट्दा कूल बजेट खर्च २० प्रतिशत कमी
६ वर्षमा २२ सहकारी समस्याग्रस्तः चालू वर्ष थपियो बानेश्वरको नेपाल सहकारी वित्तीय संस्था लिमिटेड
सम्बन्धित सामग्री
रामेछापका मकैबारीमा फौजी कीराको प्रकोप सुरूमा पात खाने र विस्तारै मकैको गुबो नै खाइदिने गरेपछि मकैको गुबोबाट निस्कने धानचमरा र मकैको डाँठमा निस्कने बेला भएको सुत्ला पनि की... शुक्रबार, जेठ २३, २०८२
स्याङ्जाका किसानले बेचे ९० लाखको धानको बीउ नेपाल सरकारबाट सिफारिस भएका विभिन्न उन्नत जातका धानको बीउ बिक्रीबाट यहाँका किसान राम्रो आम्दानी गर्न सफल भएका हुन्। बिहीबार, जेठ २२, २०८२
जुम्लाका किसानलाई मार्सीधान रोप्न भ्याइनभ्याइ जेठको पहिलो सातादेखि असारको दोस्रो सातासम्म जिल्लाभर धान रोपाइँ हुने गरेको छ । पछिल्लो समय मार्सीधानको चामलले बजार पाउन थालेपछि किसा... शनिबार, जेठ १७, २०८२
ताजा समाचारसबै
नवलपरासीमा एक युवकले गरे आफ्नै बुबा र छिमेकीको हत्या शुक्रबार, जेठ २३, २०८२
वाईसीएल अध्यक्षमा पुष्प ओली सर्वसम्मत चयन शुक्रबार, जेठ २३, २०८२
नेपाली नागरिकका लागि टीपीएस कार्यक्रम खारेज हुने, घर फर्कने तयारी गर्न अमेरिकाको सुझाव शुक्रबार, जेठ २३, २०८२
भीषण आगलागीमा परी बाजुराको बाम्का बजारमा ध्वस्त शुक्रबार, जेठ २३, २०८२
भेरी नदीमा बेपत्ता दिदीभाईको शव फेला शुक्रबार, जेठ २३, २०८२
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
ओली नेतृत्वको सरकार सफल बनाउन सम्पूर्ण ठाउँबाट प्रयास गरिरहेका छौ : गगन थापा
ओली नेतृत्वको सरकार सफल बनाउन सम्पूर्ण ठाउँबाट प्रयास गरिरहेका छौ : गगन थापा शुक्रबार, जेठ २३, २०८२
नेपालविरुद्धको भ्रष्टाचार मुद्दामा सरकारलाई दोष लगाउनु उचित होइन् : सञ्चार मन्त्री
नेपालविरुद्धको भ्रष्टाचार मुद्दामा सरकारलाई दोष लगाउनु उचित होइन् : सञ्चार मन्त्री शुक्रबार, जेठ २३, २०८२
महिला टोलीका प्रमुख प्रशिक्षक प्याट्रिकसँग पत्रकार सम्मेलन (भिडियो)
महिला टोलीका प्रमुख प्रशिक्षक प्याट्रिकसँग पत्रकार सम्मेलन (भिडियो) शुक्रबार, जेठ २३, २०८२
विद्वान गुरुङले मागीखाने भाँडो बनाएको भन्दै सडकमा उत्रिए तरुण दलका कार्यकर्ता (भिडियो)
विद्वान गुरुङले मागीखाने भाँडो बनाएको भन्दै सडकमा उत्रिए तरुण दलका कार्यकर्ता (भिडियो) शुक्रबार, जेठ २३, २०८२
संसद् चल्न नसक्दा महत्त्वपूर्ण विधेयकहरू अड्किए: सभामुख घिमिरे
संसद् चल्न नसक्दा महत्त्वपूर्ण विधेयकहरू अड्किए: सभामुख घिमिरे शुक्रबार, जेठ २३, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
माधव नेपालको सांसद पद निलम्बन बिहीबार, जेठ २२, २०८२
भिजिट भिसा प्रकरण : संसद् खोल्न कांग्रेसले राखेको प्रस्ताव रास्वपाद्वारा अस्वीकार बिहीबार, जेठ २२, २०८२
उपाध्यक्ष सापकोटा पक्राउ पर्ने डरले माओवादी संसद् खोल्न तयार भयो : शाही बिहीबार, जेठ २२, २०८२
पतञ्जली प्रकरणमा प्रधानमन्त्रीलाई जोडेर अनावश्यक टिप्पणी नगर्न माधव नेपाललाई एमालेको चेतावनी बिहीबार, जेठ २२, २०८२
नेपाली नागरिकका लागि टीपीएस कार्यक्रम खारेज हुने, घर फर्कने तयारी गर्न अमेरिकाको सुझाव शुक्रबार, जेठ २३, २०८२
सबै हेर्नुहोस
अन्तर्वार्ता
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
नेपाल र जिम्बाब्वेको अध्ययनले जलवायु परिवर्तनको असरबाट स्वास्थ्य प्रणालीलाई जोगाउने उपायहरू पत्ता लगाउनेछ : डा जोआना रेभन नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
अवुधावीमा मनाइयो गणतन्त्र दिवस नेपाल लाइभ
नेपालको आर्थिक समृद्धिको आधार बन्न सक्छ ‘धार्मिक पर्यटन’ राजेश कुमार शाह
स्मार्टफोनको दुष्प्रभाव : विद्यार्थीहरू किन जोखिममा छन् ? नेपाल लाइभ
बैंकिङ्ग व्यवसायलाई उद्यमशीलताको भर नेपाल लाइभ
सबै हेर्नुहोस
ब्लग
बैंकिङ्ग व्यवसायलाई उद्यमशीलताको भर मंगलबार, वैशाख २, २०८२
हितेन्द्र र कुलमानको रिट हेर्न नमिल्नेमा आइतबार, चैत १७, २०८१
चौरासी वर्षका क्यान्सरविजेताको जीवन वृत्तान्त ‘कालसँग कुस्ती’ सार्वजनिक आइतबार, फागुन १८, २०८१
सबै हेर्नुहोस
लोकप्रिय
आजको मौसमः देशभर आंशिक बदली, केहि स्थानमा भारी वर्षाको सम्भावना बुधबार, जेठ २१, २०८२
बरु ६ महिना यात्रा नगरौँ, यातायात व्यवसायीको धम्कीबाट नडराऔँ : सांसद शाही मंगलबार, जेठ २०, २०८२
माधव नेपालको सांसद पद निलम्बन बिहीबार, जेठ २२, २०८२
चार जिल्लाका प्रमुख जिल्ला अधिकारी फेरिए, कुन जिल्लामा को? आइतबार, जेठ १८, २०८२
सदन खुलाउन विपक्षी दलले राखे तीन शर्त मंगलबार, जेठ २०, २०८२
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2025 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्