• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
  • गोपनीयता नीति
  • प्रयोगका सर्त
शनिबार, जेठ २४, २०८२ Sat, Jun 7, 2025
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
कृषि
सरकारले मूल्य तोक्न ढिलाइ गर्दा उखु किसान मारमा, लगाउन पाएनन् हिउँदे बाली
64x64
कल्पना घिमिरे मंगलबार, पुस १९, २०७९  २०:३०
1140x725

काठमाडौं– लामो समयसम्म पनि सरकारले उखुको मूल्य नतोक्दा किसान पुरानो मूल्यमा नै उखु बिक्री गर्न बाध्य भएका छन्। हिउँदेबाली लगाउने समय भएसँगै उखु ‘क्रसिङ’ गरेर पुरानै मूल्यमा बिक्री गर्न थालेको उखु किसान संघर्ष समितिका संरक्षक राकेश मिश्र बताउँछन्।

‘उखु चैतसम्म बिक्री गरिसक्नुपर्छ। नत्र सुक्ने डर हुन्छ। त्यस हिसाबले बिक्री नगरे उपाय नै छैन। सुनिदिने निकाय मौन छ। किसानसँग कुनै विकल्प नै छैन। खासमा फागुन मसान्तभित्र सकाइहाल्नु पर्छ। त्यसकारण कृषकले उखु पुरानै मूल्यमा बिक्री गर्न थाले,’ उनले भने।

कृषकहरूको आवाज सरोकारवालाले नसुनिदिएको मिश्रको गुनासो छ। साथै, सरकारले विभिन्न बाहाना गरेर कृषकलाई टार्ने गरेको उनको भनाइ छ। ‘सरकारको बाहाना हिजो चुनाव थियो। आज सरकार गठन छ। विभागीय मन्त्री नियक्त भएका छैनन्। यसले गर्दा अनेकौं बाहाना छ। राज्यले यसरी धोका दिएपछि किसान मारमा परेका छन्। राज्यले मूल्य नतोके कृषक आफैँले तोकेर हुँदैन नि!’, उनले भने।

सरकारले उखुको मूल्य नतोकेपछि किसानहरूले पुरानै मूल्यमा चिनी उद्योगमा पठाउन सुरु गर्न बाध्य भएको उनी बताउँछन्। किसानले उखु क्रसिङ गरेर बिक्री गर्न थालेको १२ दिन भइसक्दा पनि सरकार मूल्य तोक्न मौन रहेको उनको आरोप छ।

‘राज्यले केही मतलब राख्दैन। किसानहरू असंगठित छन्। अब उनीहरूले बेग्लाबेग्लै कहाँ आवाज उठाउने त! हामीले सञ्चारमाध्यममार्फत धेरैपटक भन्यौं, तर अहिलेसम्म कुनै समाधानको उपाय आएन,’ उनले भने।

आर्थिक वर्ष २०७७–७८ मा सरकारले उखुको मूल्य प्रतिक्विन्टल पाँच सय ६५ रूपैयाँ तोकेको थियो। गत वर्षमा २५ रुपैयाँ बढाएर पाँच सय ९० रुपैयाँ तोकेको थियो। यसवर्ष मूल्य त ६ सय ५० भन्दा माथि हुनुपर्ने हो। तर सरकार र चिनी मिल मिलोमतोमा रहेर मूल्य तोक्ने गर्दा कृषकले सस्तोमा बिक्री गर्न बाध्य हुनु परेको मिश्रको भनाइ छ।

०००

यस्तै, सरकारले मूल्य तोक्न ढिलाइ गरेपछि आफूले हिउँदे बाली लगाउने खेतकोजति उखु बिक्री गरेको अर्का उखु किसान रामविलास महतो बताउँछन्।

Ncell 2
Ncell 2

‘उखु रोपेको खेतमा नयाँ बाली लगाउनु पर्ने भएकाले दुई सय क्विन्टल उखु पुरानै मूल्यमा मिललाई दिइसकेँ। यत्रो समयसम्म सरकारलाई केही वास्ता छैन। पुरानै भाउमा बिक्री गर्दा हामी मारमा पर्यौं,’ उनले भने।

सिरहाका उखु किसान महतोले यसपाली दुई बिगामा खेतमा उखु लगाएका थिए। उखु क्रसिङ गर्ने सिजन आइसक्दा पनि सरकारले उखुको मूल्य तोक्न आनाकानी गरेपछि आफूले घाटा खाएर पुरानै मूल्यमा बिक्री गर्न बाध्य परेको गुनासो उनले गरेका छन्। साथै, आफूले उखु सस्तोमा दिन परेको र चिनी मिलले चिनी महँगोमा बिक्री गर्दा आफूहरु निकै मारमा परेको उनी बताए। उनले यसपाली उखुको मूल्य आठ सय रूपैयाँ प्रति क्विन्टल हुनपर्ने माग राख्ने बताए। 

‘अहिले हामी चिनी ८० रुपैयाँ केजी खाँदै छौं। यसअनुसार उखुको मूल्य आठ सय रुपैयाँ प्रतिक्विन्टल चाहियो। यो सरकारको हातमा छ।  तर, सरकारले चिनी उद्योगीको मिलोमतोमा उखुको मूल्य तोक्छ। हाम्रो मागअनुसार सरकारले मूल्य तोक्दैन,’ उनले भने।

साथै तीन सय क्विन्टल उखु  खेतमै रहेको र त्यो उखु सरकारले मूल्य तोकेपछि मात्र बिक्री गर्ने कृषक महतो बताउँछन्। मूल्य तोकेन भने अन्तिममा त्यसलाई आफैैँ पेलेर गुँड बनाउँछु,’ उनले भने।

०००

उखु उत्पादन ममहासंघका उपाध्यक्ष तथा उखु किसान श्यामबाबु रायले सरकारले उखुको मूल्य तोक्न ढिलाइ गर्दा हिउँदे बाली लाउनुपर्ने खेतमा बाली लगाउन ढिला भएको बताए।

सरकारले चाँडै उखुको मूल्य तोकिदिएको भए हामीले खेतमा गहुँ रोप्न पाउने थियौं। तर, सरकारले वास्ता नगर्दा हामीले यसवर्ष बाली लाउने समय ढिला भइसक्यो। गहुँ पुस १५ सम्ममा लगाउन सकिन्थ्यो। तर मंसिरमा रोपेको गहुँ कठ्ठाको अढाइ–तीन मन फल्छ। तर, अब रोपेको एक मन पनि पुग्न गाह्रो हुन्छ,’ उनले भने।

रायल १७ बिगा जमिनमा उखु खेती गरिएको छ। उनका अनुसार प्रतिबिगा तीन सय क्विन्टल उखु उत्पादन हुन्छ। उनको खेतमा यसपाली पाँच हजार एक सय क्विन्टल उखु उत्पादन हुन्छ। केही वर्षअघि उनको ३० बिगामा खेती हुन्थ्यो। तर, भनेअनुसार मूल्य पाउन नसक्दा उखु खेती बिस्तारै घटाउँदै लगेको उनी बताउछन्।

‘सरकारले हामीले चाहेको मूल्य नतोके हामी खेती छाड्न बाध्य हुन्छौं। हामीले यो सरकारको लागि र उद्योगका लागि बाध्य भएर खेती गरेको हौं। अब बिस्तारै विस्थापित हुँदैछौं,’ उनले गुनासो पोखे।

सरकारले मूल्य नतोके पनि हामीले केही उखु बिक्री गर्न थालेको उनी बताउँछन्। अहिलेसम्म उनले चार सय क्विन्टल उखु बिक्री गरिसकेको बताएका छन्।

‘सरकारले तोकेको रेट त कारखानाले दिन्छ। तर, सरकारले पोहोरको मूल्यमा जम्मा १५ रुपैयाँमात्र बढाउने कुरा राखेको छ। डिजेल, मजदुर ज्याला कहाँ १५ रुपैयाँले पुग्छ। यतिमा हामी मान्दैनौं। हामीले भनेको मूल्य दिइएन भने हामी उखु खेती छाड्न बाध्य हुनछौं,’ उनले भने।

०००

नयाँ सरकार गठन भएपछि विभागीय मन्त्री नहुँदा उखुको मूल्य निर्धारणमा ढिलाइ भएको कृषि मन्त्रालयका प्रवक्ता प्रकाशकुमार सञ्जेल बताउँछन्। साथै, बिक्री भइसकेका उखुको पनि नयाँ तोकिने मूल्य बराबरको रकम उपलब्ध गराइदिने उनको भनाइ छ।

‘नयाँ सरकार गठन भएका कारण उखुको मूल्य तोक्न ढिला भयो। अब हामी छिट्टै मूल्य तोक्दैछौं। कृषकहरूले जति उखु क्रसिङ गरेर चिनी कारखानालाई दिनुभएको छ। त्यो उखु उहाँहरूले हाताहाती दिएको होइन। उखु बिक्री गरेता पनि त्यसको रकम कृषकले लिन बाँकी भएकाले हामी अब तोकिने मूल्य बराबर नै उखु मूल्य तिर्न चिनी कारखानालाई लगाउँछौं,’ उनले भने।

अब चिनी उद्योगी र उखु किसानको मागअनुसार उखुको मूल्य निर्धारण गरिने प्रवक्ता सञ्जेलको भनाइ छ। उखु किसानको मूल्य माग के छ र उद्योगीको के छ? दुवैको मागअनुसार हामी छिट्टै मूल्य निर्धारण गर्नेछौं,’ उनले भने। 

प्रकाशित मिति: मंगलबार, पुस १९, २०७९  २०:३०
  • #उखु किसान

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
कल्पना घिमिरे
लेखकबाट थप
२८ करोडको सरकारी गाडी यसरी बन्यो कवाडी
आर्थिक सहायता र राजस्व संकलनको लक्ष्य नभेट्दा कूल बजेट खर्च २० प्रतिशत कमी
६ वर्षमा २२ सहकारी समस्याग्रस्तः चालू वर्ष थपियो बानेश्वरको नेपाल सहकारी वित्तीय संस्था लिमिटेड
सम्बन्धित सामग्री
रामेछापका मकैबारीमा फौजी कीराको प्रकोप सुरूमा पात खाने र विस्तारै मकैको गुबो नै खाइदिने गरेपछि मकैको गुबोबाट निस्कने धानचमरा र मकैको डाँठमा निस्कने बेला भएको सुत्ला पनि की... शुक्रबार, जेठ २३, २०८२
स्याङ्जाका किसानले बेचे ९० लाखको धानको बीउ नेपाल सरकारबाट सिफारिस भएका विभिन्न उन्नत जातका धानको बीउ बिक्रीबाट यहाँका किसान राम्रो आम्दानी गर्न सफल भएका हुन्। बिहीबार, जेठ २२, २०८२
जुम्लाका किसानलाई मार्सीधान रोप्न भ्याइनभ्याइ जेठको पहिलो सातादेखि असारको दोस्रो सातासम्म जिल्लाभर धान रोपाइँ हुने गरेको छ । पछिल्लो समय मार्सीधानको चामलले बजार पाउन थालेपछि किसा... शनिबार, जेठ १७, २०८२
ताजा समाचारसबै
नवलपरासीमा एक युवकले गरे आफ्नै बुबा र छिमेकीको हत्या शुक्रबार, जेठ २३, २०८२
वाईसीएल अध्यक्षमा पुष्प ओली सर्वसम्मत चयन शुक्रबार, जेठ २३, २०८२
नेपाली नागरिकका लागि टीपीएस कार्यक्रम खारेज हुने, घर फर्कने तयारी गर्न अमेरिकाको सुझाव शुक्रबार, जेठ २३, २०८२
भीषण आगलागीमा परी बाजुराको बाम्का बजारमा ध्वस्त शुक्रबार, जेठ २३, २०८२
भेरी नदीमा बेपत्ता दिदीभाईको शव फेला शुक्रबार, जेठ २३, २०८२
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
ओली नेतृत्वको सरकार सफल बनाउन सम्पूर्ण ठाउँबाट प्रयास गरिरहेका छौ : गगन थापा
ओली नेतृत्वको सरकार सफल बनाउन सम्पूर्ण ठाउँबाट प्रयास गरिरहेका छौ : गगन थापा शुक्रबार, जेठ २३, २०८२
नेपालविरुद्धको भ्रष्टाचार मुद्दामा सरकारलाई दोष लगाउनु उचित होइन् : सञ्चार मन्त्री
नेपालविरुद्धको भ्रष्टाचार मुद्दामा सरकारलाई दोष लगाउनु उचित होइन् : सञ्चार मन्त्री शुक्रबार, जेठ २३, २०८२
महिला टोलीका प्रमुख प्रशिक्षक प्याट्रिकसँग पत्रकार सम्मेलन (भिडियो)
महिला टोलीका प्रमुख प्रशिक्षक प्याट्रिकसँग पत्रकार सम्मेलन (भिडियो) शुक्रबार, जेठ २३, २०८२
विद्वान गुरुङले मागीखाने भाँडो बनाएको भन्दै सडकमा उत्रिए तरुण दलका कार्यकर्ता (भिडियो)
विद्वान गुरुङले मागीखाने भाँडो बनाएको भन्दै सडकमा उत्रिए तरुण दलका कार्यकर्ता (भिडियो) शुक्रबार, जेठ २३, २०८२
संसद् चल्न नसक्दा महत्त्वपूर्ण विधेयकहरू अड्किए: सभामुख घिमिरे
संसद् चल्न नसक्दा महत्त्वपूर्ण विधेयकहरू अड्किए: सभामुख घिमिरे शुक्रबार, जेठ २३, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
माधव नेपालको सांसद पद निलम्बन बिहीबार, जेठ २२, २०८२
भिजिट भिसा प्रकरण : संसद् खोल्न कांग्रेसले राखेको प्रस्ताव रास्वपाद्वारा अस्वीकार बिहीबार, जेठ २२, २०८२
उपाध्यक्ष सापकोटा पक्राउ पर्ने डरले माओवादी संसद् खोल्न तयार भयो : शाही बिहीबार, जेठ २२, २०८२
पतञ्जली प्रकरणमा प्रधानमन्त्रीलाई जोडेर अनावश्यक टिप्पणी नगर्न माधव नेपाललाई एमालेको चेतावनी बिहीबार, जेठ २२, २०८२
नेपाली नागरिकका लागि टीपीएस कार्यक्रम खारेज हुने, घर फर्कने तयारी गर्न अमेरिकाको सुझाव शुक्रबार, जेठ २३, २०८२
सबै हेर्नुहोस
अन्तर्वार्ता
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
नेपाल र जिम्बाब्वेको अध्ययनले जलवायु परिवर्तनको असरबाट स्वास्थ्य प्रणालीलाई जोगाउने उपायहरू पत्ता लगाउनेछ : डा जोआना रेभन नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
अवुधावीमा मनाइयो गणतन्त्र दिवस नेपाल लाइभ
नेपालको आर्थिक समृद्धिको आधार बन्न सक्छ ‘धार्मिक पर्यटन’ राजेश कुमार शाह
स्मार्टफोनको दुष्प्रभाव : विद्यार्थीहरू किन जोखिममा छन् ? नेपाल लाइभ
बैंकिङ्ग व्यवसायलाई उद्यमशीलताको भर नेपाल लाइभ
सबै हेर्नुहोस
ब्लग
बैंकिङ्ग व्यवसायलाई उद्यमशीलताको भर मंगलबार, वैशाख २, २०८२
हितेन्द्र र कुलमानको रिट हेर्न नमिल्नेमा आइतबार, चैत १७, २०८१
चौरासी वर्षका क्यान्सरविजेताको जीवन वृत्तान्त ‘कालसँग कुस्ती’ सार्वजनिक आइतबार, फागुन १८, २०८१
सबै हेर्नुहोस
लोकप्रिय
आजको मौसमः देशभर आंशिक बदली, केहि स्थानमा भारी वर्षाको सम्भावना बुधबार, जेठ २१, २०८२
बरु ६ महिना यात्रा नगरौँ, यातायात व्यवसायीको धम्कीबाट नडराऔँ : सांसद शाही मंगलबार, जेठ २०, २०८२
माधव नेपालको सांसद पद निलम्बन बिहीबार, जेठ २२, २०८२
चार जिल्लाका प्रमुख जिल्ला अधिकारी फेरिए, कुन जिल्लामा को? आइतबार, जेठ १८, २०८२
सदन खुलाउन विपक्षी दलले राखे तीन शर्त मंगलबार, जेठ २०, २०८२
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2025 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्