काठमाडौं- नेकपा एमालेका उपाध्यक्ष विष्णु पौडेलले मतान्तर बढाएका छन्। राष्ट्रिय स्वतन्त्र पार्टीका गणेश पौडेलसँग उनले ७ सय ३० मतको अग्रता बनाएका हुन्।
पछिल्लो मत परिणामअनुसार विष्णु पौडेलले ८ हजार ५९४ मतसहित अग्रता लिइरहेका छन्। रास्वपाका गणेश पौडेलले ७ हजार ८६४ मतसहित पछ्याइरहेका छन्।
सत्ता गठबन्धनको समर्थन प्राप्त राष्ट्रिय जनमुक्ति पार्टीका केशवबहादुर थापा मगरले ६ हजार ६०५ मत ल्याएका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।