काठमाडौं- काभ्रे क्षेत्र नम्बर २ मा नेपाली कांग्रेसका उम्मेदवार शिवप्रसाद हुमागाईंले अग्रता कायमै राखेका छन्। उनको पछिपछि छन् नेकपा एमालेका उम्मेदवार गोकुल बास्कोटा।
बेथानचोक गाउँपालिकाका ११ वटा वडा र बनेपा नगरपालिकाका ११ वटा वडा गनिसक्दा बास्कोटाले मतान्तर भने घटाएका छन्। उनी अहिले हुमागाईंभन्दा ५ सय १० मतले पछि छन्।
पछिल्लो परिणाम अनुसार कांग्रेसका हुमागाईंले १२ हजार १ सय ९१ मत ल्याएका छन् भने एमालेका बास्कोटाले ११ हजार ६ सय ८३ मत प्राप्त गरेका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।