• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
  • गोपनीयता नीति
  • प्रयोगका सर्त
सोमबार, जेठ २६, २०८२ Mon, Jun 9, 2025
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
समाचार
प्रधानन्यायाधीशको पक्षमा प्रदर्शन गर्नेलाई थाहा छैन किन बोलाइयो माइतीघर!
64x64
धनु विश्वकर्मा आइतबार, मंसिर ५, २०७८  २०:०१
1140x725

काठमाडौँ– माइतीघरमा आइतबार ‘स्वतन्त्र राष्ट्रिय कानुन व्यवसायी अभियान’को प्रदर्शन थियो। प्रदर्शनमा सहभागी भने पत्रकारको प्रश्नमा एउटै जवाफ दिन्थे, ‘त्यो त कालो कोट लगाउनेहरुलाई सोध्नुहोस्।’

प्रदर्शनमा ‘विद्रोही’ न्यायाधीशले गरेको बेञ्च बहिस्कार र बार एसोसिएसनको आन्दोलनविरुद्ध नारा लगाइएको थियो। उनीहरुले ‘दबाबको शासन अन्त्य गर, विधिको शासन कायम गर’, ‘बेन्च बहिष्कार अन्त्य गर’ ‘मेरो पेसी कैले आउँछ श्रीमान्??’ जस्ता नारा लेखिएका ब्यानर बोकेका थिए। उनीहरूले प्रधानन्यायाधीशको पक्षमा प्रदर्शन गरिरहेको प्रष्टै थियो।

प्रदर्शनमा अधिकांश मजदुर र स्कुले विद्यार्थी थिए। वृद्ध र गर्भवतीलाई पनि ल्याइएको थियो। धेरैले नारासमेत लगाएका थिएनन्। हरेकका हातमा पर्चा भने थियो। अधिकांशलाई कति बेलासम्म त्यहाँ बसिरहने भन्ने समय बताइएको थियो।

हरि विक कक्षा ४ मा पढ्छन्। उनी विद्यालय छाडेर आफन्तको साथ लागेर जुलुसमा भाग लिन आएका थिए। जुलुसमा आउनुको कारणबारे उनले भने, ‘न्यायका लागि।’ थप प्रश्न गर्दा उनको जवाफ थियो, ‘काला कोट लगाउनेलाई सोध्नू।’

Ncell 2
Ncell 2

भीमार्जुन लामा प्रदर्शनस्थलको पछाडि बसेका थिए। आफूलाई जुलुसमा बोलाएकोले आएको तर, के का लागि हो भन्ने थाहा नभएको उनले बताए। ‘जुलुसमा आएको हुँ। अरु को मान्छे छन् म चिन्दिनँ,’ उनले भने, ‘साथीहरूले जाउँ भनेपछि आएँ। यहाँ के भइरहेको छ थाहा छैन।’

त्यस्तै, सुस्मिता पाण्डे पनि स्कुल नगएर जुलुसमा आएकी छिन्। उनलाई ‘घुमाघाम गर्ने’ भनेर ल्याइएको रहेछ। तर, के को लागि आन्दोलन भइरहेको छ थाहा नभएको बताइन्। ‘घुम्ने भनेर यता ल्यायो, तर जुलुस रै’छ। यहाँ आएपछि मात्र थाहा पाएँ,’ उनले भनिन्।

गोविन्द राईलाई ‘एक जना’ दाइले ल्याएका थिए। ‘चिनेको दाइले जाम भन्यो, काम छोडेर आएँ,’ उनले भने। उनी मजदुरी गर्छन्। उनले पनि यहीँ आएपछि मात्र जुलुसमा सहभागी हुन ल्याएको थाहा पाए।

सम्झना विकले भने आफू न्यायका लागि आएको बताइन्। तर, थप प्रश्न गर्दा ‘काला कोट लगाउनेलाई’ सोध्न भनिन्। 

ओखलढुंगाका कुमार गर्तौला वैदेशिक रोजगारीको लागि भिसा लगाउन काठमाडौँ आएका हुन्। आफूलाई केही दिन ‘रोजगारी’ पाइन्छ भनेर ल्याएको बताए। आफूलाई के कार्यक्रम भइरहेको छ भन्ने पनि थाहा नभएको उनको भनाइ छ। धनकुटाका ओम खत्रीलाई पनि पेट्रोलियम पदार्थको भाउ घटाउने र न्यायको पक्षमा आन्दोलन गर्न केही दिन ‘रोजगारी’ दिने भनेर बोलाइएको रहेछ।

अर्की सहभागी रविना विश्वकर्माले ‘न्यायको लागि’ जुलुसमा आएको बताइन्। उनी ललितपुरको ग्वार्कोबाट माइजुसँग आएकी हुन्। उनी गर्भवति छिन्। ‘माइजुले जाउँ भनेको हुनाले आएँ,’ उनले भनिन्। 

एक जना सहभागीले आफूलाई ल्याउने मान्छेको नाम थाहा नभएको तर, चिनेको बताए। उनले चिनाएको व्यक्तिले सबै सहभागी स्वइच्छाले आएको बताए। तर, आफ्नो नाम भन्न चाहेनन्। माइक समातेर बोलिरहेकी आयोजकमध्येका एक वकिललाई बालबालिका र गर्भवतीको सहभागताबारे सोध्दा आफू आयोजक नभएको भनेर पन्छिएकी थिइन्।

प्रकाशित मिति: आइतबार, मंसिर ५, २०७८  २०:०१

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
धनु विश्वकर्मा
लेखकबाट थप
तिज : सतिप्रथाको एक अवशेष!
बीपीको रोजाइ लिलाबाबु, सुवर्णको हिमालय शमशेर!
अनलाइन सपिङका नाममा ठगी:  देखाउने एउटा, बिक्री अर्कै
सम्बन्धित सामग्री
पन्ध्र शय्याको अस्पतालबाट ५४ शय्याको सेवा जिल्ला अस्पतालमा १८ जना स्थायी कर्मचारीको दरबन्दी छ । तर, हाल पाँच जना मात्र स्थायी कर्मचारी कार्यरत छन् । ती पाँच जनामा एक जना मेडि... सोमबार, जेठ २६, २०८२
हिमानी ट्रष्टद्वारा जुम्लामा बर्थिङ सेन्टर शिलान्यास पूर्वयुवराज्ञी हिमानीसँगै उनका छोरा हृदयेन्द्र पनि जुम्ला पुगेका छन् । उनीहरू शनिबार जुम्ला पुगेका थिए । शिलान्यास कार्यक्रममा बोल्द... आइतबार, जेठ २५, २०८२
राष्ट्रपति पौडेलसँग इजिप्टकी राजदूतको बिदाइ भेटवार्ता राष्ट्रपति कार्यालयद्वारा जारी विज्ञप्तिअनुसार उक्त अवसरमा नेपाल र इजिप्टबिच रहँदै आएको द्विपक्षीय सम्बन्ध, आपसी हित र चासोका विषयमा... आइतबार, जेठ २५, २०८२
ताजा समाचारसबै
पन्ध्र शय्याको अस्पतालबाट ५४ शय्याको सेवा सोमबार, जेठ २६, २०८२
यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमय दर सोमबार, जेठ २६, २०८२
स्पेनलाई हराउँदै पोर्चुगलले जित्यो नेशन्स लिगको उपाधि सोमबार, जेठ २६, २०८२
स्कटल्यान्डसँगको थ्रीलर गेममा नेपाल २ रनले पराजित, तीन ब्याटरको अर्धशतक आइतबार, जेठ २५, २०८२
भिजिट भिसा प्रकरणबारे विपक्षी दलबीच छलफल जारी रहेपनि सहमति भएको छैन : हितराज पाण्डे आइतबार, जेठ २५, २०८२
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेताहरुको योगदानका बारेमा प्रचार प्रसार गर्न आवश्यक छ (भिडियो)
नेताहरुको योगदानका बारेमा प्रचार प्रसार गर्न आवश्यक छ (भिडियो) आइतबार, जेठ २५, २०८२
प्रधानमन्त्रीद्वारा अनेरास्ववियुको महाधिवेशन उद्घाटन (भिडियो)
प्रधानमन्त्रीद्वारा अनेरास्ववियुको महाधिवेशन उद्घाटन (भिडियो) आइतबार, जेठ २५, २०८२
धुलिखेल–खावा सडक : दुई वर्षदेखि सास्ती खेपिरहेका सर्वसाधारण (भिडियो)
धुलिखेल–खावा सडक : दुई वर्षदेखि सास्ती खेपिरहेका सर्वसाधारण (भिडियो) आइतबार, जेठ २५, २०८२
प्रतिपक्षीले विरोध जनाएपनि प्रतिनिधिसभाको बैठक सञ्चालन हुने (भिडियो)
प्रतिपक्षीले विरोध जनाएपनि प्रतिनिधिसभाको बैठक सञ्चालन हुने (भिडियो) आइतबार, जेठ २५, २०८२
सुनचाँदीको गहनामा लगाइएको विलासिता कर फिर्ता लिन माग गर्दै व्यवसायीको प्रदर्शन
सुनचाँदीको गहनामा लगाइएको विलासिता कर फिर्ता लिन माग गर्दै व्यवसायीको प्रदर्शन आइतबार, जेठ २५, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
अमेरिकाबाट ‘डिपोर्ट’ गरिएका नेपाली लिएर आउँदै अमेरिकी चार्टर्ड विमान आइतबार, जेठ २५, २०८२
स्कटल्यान्डसँगको थ्रीलर गेममा नेपाल २ रनले पराजित, तीन ब्याटरको अर्धशतक आइतबार, जेठ २५, २०८२
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन आइतबार, जेठ २५, २०८२
नेपाल टेलिकमकी प्रबन्ध निर्देशक पहाडीसहितलाई भ्रष्टाचार मुद्दा आइतबार, जेठ २५, २०८२
नेपालमा पहिलोपटक लिङ्ग परिवर्तन शल्यक्रिया आइतबार, जेठ २५, २०८२
सबै हेर्नुहोस
अन्तर्वार्ता
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
अवुधावीमा मनाइयो गणतन्त्र दिवस नेपाल लाइभ
नेपालको आर्थिक समृद्धिको आधार बन्न सक्छ ‘धार्मिक पर्यटन’ राजेश कुमार शाह
स्मार्टफोनको दुष्प्रभाव : विद्यार्थीहरू किन जोखिममा छन् ? नेपाल लाइभ
सबै हेर्नुहोस
ब्लग
बैंकिङ्ग व्यवसायलाई उद्यमशीलताको भर मंगलबार, वैशाख २, २०८२
हितेन्द्र र कुलमानको रिट हेर्न नमिल्नेमा आइतबार, चैत १७, २०८१
चौरासी वर्षका क्यान्सरविजेताको जीवन वृत्तान्त ‘कालसँग कुस्ती’ सार्वजनिक आइतबार, फागुन १८, २०८१
सबै हेर्नुहोस
लोकप्रिय
आजको मौसमः देशभर आंशिक बदली, केहि स्थानमा भारी वर्षाको सम्भावना बुधबार, जेठ २१, २०८२
बरु ६ महिना यात्रा नगरौँ, यातायात व्यवसायीको धम्कीबाट नडराऔँ : सांसद शाही मंगलबार, जेठ २०, २०८२
माधव नेपालको सांसद पद निलम्बन बिहीबार, जेठ २२, २०८२
सदन खुलाउन विपक्षी दलले राखे तीन शर्त मंगलबार, जेठ २०, २०८२
भिजिट भिसा प्रकरण : संसद् खोल्न कांग्रेसले राखेको प्रस्ताव रास्वपाद्वारा अस्वीकार बिहीबार, जेठ २२, २०८२
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2025 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्