• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
  • गोपनीयता नीति
  • प्रयोगका सर्त
आइतबार, जेठ २५, २०८२ Sun, Jun 8, 2025
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
फिचर
बीपीको रोजाइ लिलाबाबु, सुवर्णको हिमालय शमशेर!
64x64
धनु विश्वकर्मा सोमबार, फागुन १, २०७९  ०८:४५
1140x725

काठमाडौं- दिउँसोको तीन बज्नै आँटेको थियो। हामी मैतिदेवीस्थित उनको निवासमा पुग्दा आराम गरेर बसेका रहेछन्। 

लिलाप्रसाद लोहनी, १०० वर्ष। नेपालका अर्का शताब्दी पुरुष। उनको आवाजमा अहिले पनि उत्तिकै ओज छ। पुराना कुरा पत्र–पत्र उखेलेर भन्ने क्षमता राख्छन्। 

नेपाली, अंग्रेजी र हिन्दी, यि तीनै भाषामा उनको उत्तिकै दख्खल छ। पञ्चायतकालमा नेपालको औद्योगिक क्षेत्रलाई विकास गर्न उनले ठूलो योगदान दिए। बैंकिङ र राजनीतिक जीवनको विषयमा उनी घण्टौं कुरा गर्न सक्छन्। 

यसै साता उनको निवासको बैठक कक्षमा छिर्नै लाग्दा सोधिरहेका थिए ‘मैले के विषयमा बोल्नुपर्ने हो?’ 

हामीले भन्यौं– ‘पहिलो बजेट निर्माण गर्दा हिमालय शमशेर राणासँगका किस्सा सुन्न आएका हौं। त्यही बताइदिनुस् न!’ 
हामीले यति भन्न नपाउँदै उनले निरास भाव प्रकट गर्दै भने, ‘कति छन् कति? तर, अब हिमालयजी नै रहनु भएन।’ 

२२ माघ २०७९ गते नेपालको पहिलो गर्भनर हिमालय शमशेर राणाको निधन भयो। यो दुःखद् समाचार लिलाको घरमा आउने हरेक दिनको अखबारले जानकारी दिइरहेको थियो। ‘हामी त डाँडामाथिको घाम हौँ। उहाँ (हिमालय) पहिला जानुभयो’, भावुक हुँदै उनले भने।   

उनलाई थाहा छ– मृत्यु अन्तिम सत्य हो। हिमालयको व्यक्तिगत कुरा गर्दा उनले भने,‘आँखामा राख्दा नबिझाउने व्यक्ति हो। एकदमै सालीन स्वभाव।’ 

२००८ सालमा नेपालको पहिलो बजेट निर्माण गर्दा लिलाप्रसाद पनि एउटै टिममा थिए। नेपाल राष्ट्र बैंकमा गर्भनरको पदबाट मुक्त भएपछि हिमालय यूएनमा काम गर्न अमेरिकातर्फ लागे। यसपछि लक्ष्मीनाथ गौतम गर्भनर नियुक्त भए।  यतिबेला लिलाप्रसादलाई राजनीतिको चस्काले घुमाइरहेको थियो। २०१५ सालको निर्वाचनमा उनी रंगनाथ शर्माको नेपाल प्रजातान्त्रिक महासभाबाट लडेका थिए। 

Ncell 2
Ncell 2

२०२० सालमा तत्कालीन राजा महेन्द्रले नेपाल राष्ट्र बैंकको डाइरेक्टरमा नियुक्त गरेपछि उनको जागिरे जीवन पुनः सुरु भएको थियो। राष्ट्र बैंकमा कार्यरत रहँदा अमेरिकामा बेला–बेलामा उनको भेट हिमालय शमशेरसँग भइरहन्थ्यो। 
प्रजातन्त्रको सुरुआती दिनमै सहयात्रा गरेका पुरानो मित्र गुमाउनु पर्दा मन अमिलो हुन्छ नै। उनलाई पनि हिमालयको निधनले दुःख लागेको छ। 

सात जना सचिवको समूहले निर्माण गरेको थियो पहिलो बजेट
२००७ सालमा १०४ वर्षीय जहानीयां राणा शासनको अन्त्य भएर प्रजातन्त्रको उदय भयो। राणा, राजा र नेपाली कांग्रेस मिलेर पहिलाे सरकार बनाए। २००८ सालमा मोहन शमशेर राणा प्रधानमन्त्रीबाट हटेपछि मातृकाप्रसाद कोइरालालाई प्रधानमन्त्री नियुक्त गरियो। यतिबेला पनि सुवर्ण शमशेर राणा अर्थमन्त्री थिए। त्यही बेला नेपालको पहिलो बजेट प्रस्तुत भएको थियो। त्यो बेला १५ जनालाई सचिव नियुक्त गरिएको थियो। 

जसमध्ये ७ जनाले अर्थशास्त्र पढेका थिए। यिनै ७ जना युवाहरुको समूहले नेपालको पहिलो बजेट निर्माण गरेको थियो। जसमा हिमालय शमशेर राणा, लिलाप्रसाद लोहनी, लक्ष्मीनाथ गौतम, हिरण्यलाल श्रेष्ठ, कृष्णलाल श्रेष्ठ, पार्थिव शमशेर राणा र परीक्षित नरसिंह राणा थिए। 

२००७ सालको परिवर्तनपछि अर्थसम्बन्धी जानकार मानिसलाई अर्थ मन्त्रालयले पहिलो प्राथमिकता दिएको थियो। लिलाप्रसादले लखनउ विश्वविद्यालयबाट अर्थशास्त्रमा एमए गरेका थिए।  

१ मंसिर २००८ सालमा नवगठित प्रधानमन्त्री मातृकाप्रसाद कोइरालाको मन्त्रीमण्डलले बजेट प्रस्तुत गर्ने निर्णय गर्‍यो। सोही अनुरुप २१ माघ २००८ सालमा अर्थमन्त्री सुवर्ण शमशेर राणाले नेपालकै पहिलो औपचारिक बजेट प्रस्तुत गरेका थिए।  

तत्कालीन प्रधानमन्त्री मातृकाप्रसाद कोइराला सरकारले ल्याएको पहिलो बजेट ५ करोड २५ लाख २९ हजार रुपैयाँको थियो। पहिलो बजेट रेडियो नेपालबाट प्रसारण भएको थियो। उनलाई अहिले पनि सम्झना छ, ‘एकातिर मातृका, अर्कातिर सुवर्ण हुनुहुन्थ्यो।’ 

विराटनगरको आदर्श विद्यालयमा अध्ययन गरेको तथा पारिवारिक सम्बन्ध भएका कारण लिलाप्रसादको झुकाव बीपी र मातृकाप्रति धेरै थियो। हिमालय भने सुवर्णसँग नजिक। सिंहदरबारबाट बजेट भाषण गर्दा बजेटको विषयमा प्रधानमन्त्री मातृकालाई ब्रिफिङ गर्ने जिम्मा भने लिलाप्रसादले पाएका थिए। 

हिमालय शमशेर २६ अप्रिल, १९५६ देखि ७ फेब्रुअरी, १९६१ सम्म गभर्नर नियुक्त भए। पछि हिमालयन बैंक लिमिटेडको नाममा बैंक खोले। श्री ३ महाराज देव शमशेरको नाती भएका कारण हिमालयले जन्मिंदै कर्नेल उपाधि पाएका थिए। 

राजा त्रिभुवनको छोरीको बिहेका लागि पाँच लाख बोकेर कोलकाता 
राजा त्रिभुवन वीर विक्रम शाहको भित्रियापट्टिको छोरीको २००८ सालमा कोलकातामा बिहे तय हुँदा अर्थ मन्त्रालयबाट पैसा बोकेर जाने व्यक्ति नै लिलाप्रसाद लोहनी थिए।  

राजपरिवारसँग पनि चिनजान र मातृकाले पनि मन पराउने कारण लिलाप्रसाद बिहेको बन्दोबस्ती मिलाउन पाँच लाख रुपैयाँ बोकेर कोलकाता गएका थिए। उनलाई बिहेमा उपस्थित हुन सरकारले नयाँ लुगा सिलाउन अतिरिक्त पैसा पनि उपलब्ध गराएको थियो। 

बीपीको नजरमा लिला थिए पहिलो गर्भनर 
नेपाली कांग्रेसका नेता बीपी कोइराला लिलाप्रसाद लोहनीलाई नेपालको पहिलो गभर्नर बनाउन चाहन्थे। लिलाप्रसाद विराटनगरमा आदर्श स्कुलमा ४ कक्षामा अध्ययनरत रहँदा बीपीको श्रीमती सुशीलाको साथी थिए। दुवै एउटै कक्षामा। लिलाको क्षमताको विषयमा बीपी पहिलेदेखि नै जानकार थिए। बनारस विश्वविद्यालयमा आइएस्सीमा अध्ययनरत रहँदा पनि बीपीसँग उनको भेटघाट भइरहन्थ्यो। 

तर, सुवर्ण शमशेरको रोजाइमा हिमालय शमशेर परेका थिए। सुवर्ण त्यतिबेला अर्थमन्त्री पनि थिए। त्यसैले उनले बीपीलाई भनेछन्– मैले गभर्नरका लागि अरुलाई नै वचन दिइसकेको छु। यसपछि बीपी पछाडि हटे।  

पहिलो बजेट बनाउँदा उनको योगदानको विषयमा राजा महेन्द्र जानकार थिए। त्यसैले राजा महेन्द्रले २०२० सालमा राष्ट्र बैंकमा नियुक्ति दिएका थिए। 

काठमाडौंमा नेपाली कांग्रेसको पहिलो पार्टी कार्यालय नै लिलाको घर 
प्रजातन्त्रको उदयसँगै नेपाली कांग्रेसका नेताहरु काठमाडौं आउने क्रम बढ्दो थियो। बीपी कोइराला, सुवर्ण शमशेर, गणेशमान सिंह र कृष्णप्रसाद भट्टराई नेपाल फर्किए। बीपीले खिचापोखरीमा भएको लिलाप्रसादको घर पार्टीको कामको लागि दिन आग्रह गरे। यसपछि खिचापोखरीमा रहेको ‘मिरा होम्स’ मा नेपाली कांग्रेसको चारतारे झण्डा पहिलोपल्ट फहरियो। 

यही घरमा किसुनजी अर्थात् कृष्णप्रसाद भट्टराई बस्थे। नेपाली कांग्रेसका नेताहरूसँग बजेट कसरी बनाउने, जनतालाई कसरी राहत दिने भन्ने विषयमा उनको घण्टौं कुरा हुन्थ्यो। अर्थशास्त्रमा एमए गरेका कारण युवा पुस्ताले के सोच राख्छन् भनेर बीपी र सुवर्णले उनीसँग बढी सोधिखोजी गर्थे।  
 

प्रकाशित मिति: सोमबार, फागुन १, २०७९  ०८:४५

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
धनु विश्वकर्मा
लेखकबाट थप
तिज : सतिप्रथाको एक अवशेष!
अनलाइन सपिङका नाममा ठगी:  देखाउने एउटा, बिक्री अर्कै
सुकुम्बासी हटाउन विभिन्न निकायको दैलो चहार्दै मेयर बालेन
सम्बन्धित सामग्री
त्रिधार्मिकस्थल हलेसीलाई विश्व सम्पदा सूचीमा सूचीकृत गर्न पहल नगरपालिकाको हिउँदे नगरसभाले विश्वप्रसिद्ध त्रिधार्मिकस्थल हलेसीलाई विश्व सम्पदा सूचीमा सूचीकृत गर्ने निर्णय पारित गरेको नगरप्रमुख वि... शुक्रबार, माघ १८, २०८१
चुरे समिति खारेजीः छलफल गरी निर्णय लिनुपर्नेमा जोड वन तथा वातावरण मन्त्रालयले समितिको संरचना खारेज गरेर मन्त्रालयमा गाभ्ने तयारीका साथ प्रक्रिया अगाडि बढाएको भन्दै समितिले आपत्ति जनाए... मंगलबार, माघ १५, २०८१
सुन्तला बेचेर बार्षिक २० लाख आम्दानी भारतीय गोर्खा सैनिकबाट सेवानिवृत्त भएर २१ वर्षअघि सुन्तलाखेती शुरू गरेका खत्रीका बगैँचाका तीन सय बोटले उत्पादन दिन्छन् । हुर्किरहेका... मंगलबार, माघ १५, २०८१
ताजा समाचारसबै
गाजाको राहत वितरण केन्द्रमा इजरायलको आक्रमण, ६ जनाको मृत्यु, दर्जनौँ घाईते आइतबार, जेठ २५, २०८२
लिग–२ अन्तर्गत नेपालले आज स्कटल्याण्ड संग खेल्दै आइतबार, जेठ २५, २०८२
प्रतिनिधिसभाको बैठक बस्दै, यस्तो छ कार्यसूची आइतबार, जेठ २५, २०८२
मदन भण्डारी कपको उपाधि बस्नेत र न्यौपानेलाई आइतबार, जेठ २५, २०८२
यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर आइतबार, जेठ २५, २०८२
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
ओली नेतृत्वको सरकार सफल बनाउन सम्पूर्ण ठाउँबाट प्रयास गरिरहेका छौ : गगन थापा
ओली नेतृत्वको सरकार सफल बनाउन सम्पूर्ण ठाउँबाट प्रयास गरिरहेका छौ : गगन थापा शुक्रबार, जेठ २३, २०८२
नेपालविरुद्धको भ्रष्टाचार मुद्दामा सरकारलाई दोष लगाउनु उचित होइन् : सञ्चार मन्त्री
नेपालविरुद्धको भ्रष्टाचार मुद्दामा सरकारलाई दोष लगाउनु उचित होइन् : सञ्चार मन्त्री शुक्रबार, जेठ २३, २०८२
महिला टोलीका प्रमुख प्रशिक्षक प्याट्रिकसँग पत्रकार सम्मेलन (भिडियो)
महिला टोलीका प्रमुख प्रशिक्षक प्याट्रिकसँग पत्रकार सम्मेलन (भिडियो) शुक्रबार, जेठ २३, २०८२
विद्वान गुरुङले मागीखाने भाँडो बनाएको भन्दै सडकमा उत्रिए तरुण दलका कार्यकर्ता (भिडियो)
विद्वान गुरुङले मागीखाने भाँडो बनाएको भन्दै सडकमा उत्रिए तरुण दलका कार्यकर्ता (भिडियो) शुक्रबार, जेठ २३, २०८२
संसद् चल्न नसक्दा महत्त्वपूर्ण विधेयकहरू अड्किए: सभामुख घिमिरे
संसद् चल्न नसक्दा महत्त्वपूर्ण विधेयकहरू अड्किए: सभामुख घिमिरे शुक्रबार, जेठ २३, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
अमेरिकाको भर्जिनियामा एकै परिवारका ४ नेपाली मृत फेला, गोली हानी हत्याको आशंका शनिबार, जेठ २४, २०८२
संग्रहालयमा राखिएको २०० वर्ष पुरानो कन्डम, के छ यसमा विशेष ? शनिबार, जेठ २४, २०८२
एलोन मस्कसँगको झडपपछि ट्रम्पले आफ्नो टेस्ला कारको बारेमा कस्तो निर्णय लिए? शनिबार, जेठ २४, २०८२
महानगरको न्यायिक समितिमा आउने अधिकांश मुद्दा भवन खाली गराइपाउँ भन्ने विवाद शनिबार, जेठ २४, २०८२
रुसले युक्रेनमाथि गर्यो जवाफी ड्रोन आक्रमण, ५ जनाको मृत्यु, दर्जनौँ घाईते शनिबार, जेठ २४, २०८२
सबै हेर्नुहोस
अन्तर्वार्ता
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
नेपाल र जिम्बाब्वेको अध्ययनले जलवायु परिवर्तनको असरबाट स्वास्थ्य प्रणालीलाई जोगाउने उपायहरू पत्ता लगाउनेछ : डा जोआना रेभन नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
अवुधावीमा मनाइयो गणतन्त्र दिवस नेपाल लाइभ
नेपालको आर्थिक समृद्धिको आधार बन्न सक्छ ‘धार्मिक पर्यटन’ राजेश कुमार शाह
स्मार्टफोनको दुष्प्रभाव : विद्यार्थीहरू किन जोखिममा छन् ? नेपाल लाइभ
बैंकिङ्ग व्यवसायलाई उद्यमशीलताको भर नेपाल लाइभ
सबै हेर्नुहोस
ब्लग
बैंकिङ्ग व्यवसायलाई उद्यमशीलताको भर मंगलबार, वैशाख २, २०८२
हितेन्द्र र कुलमानको रिट हेर्न नमिल्नेमा आइतबार, चैत १७, २०८१
चौरासी वर्षका क्यान्सरविजेताको जीवन वृत्तान्त ‘कालसँग कुस्ती’ सार्वजनिक आइतबार, फागुन १८, २०८१
सबै हेर्नुहोस
लोकप्रिय
आजको मौसमः देशभर आंशिक बदली, केहि स्थानमा भारी वर्षाको सम्भावना बुधबार, जेठ २१, २०८२
बरु ६ महिना यात्रा नगरौँ, यातायात व्यवसायीको धम्कीबाट नडराऔँ : सांसद शाही मंगलबार, जेठ २०, २०८२
माधव नेपालको सांसद पद निलम्बन बिहीबार, जेठ २२, २०८२
चार जिल्लाका प्रमुख जिल्ला अधिकारी फेरिए, कुन जिल्लामा को? आइतबार, जेठ १८, २०८२
सदन खुलाउन विपक्षी दलले राखे तीन शर्त मंगलबार, जेठ २०, २०८२
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2025 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्