• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
  • गोपनीयता नीति
  • प्रयोगका सर्त
आइतबार, जेठ २५, २०८२ Sun, Jun 8, 2025
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
विचार
तिज : सतिप्रथाको एक अवशेष!
64x64
धनु विश्वकर्मा सोमबार, असोज १, २०८०  ११:३७
1140x725

लेखक सुजित मैनालीको ‘सती’ किताबमा (पेज नं. ७८) लेखिएको छ– ‘महिलाहरू जहिलेदेखि पतिसँगै जिउँदै जलाइन थाले, उनीहरूको दिमागमा अड्काइयो प्रेम र समर्पणको अंकुशे। त्यही अंकुशे एक्काइसौँ शताब्दीको पुस्तामा पनि उसैगरि झुन्डिरहकै छ। अहिले पनि मानिसहरू भनिरहेकै छन् पतिप्रतिको प्रेम र समर्पणकै कारण महिलाहरू पतिका शवसँगै जिउँदै जल्थे। जुन सति भनेर संस्थागत गरिएको थियो।’

सतीमा लेखक मैनालीले लेखेजस्तै माथिको यो अनुच्छेदले केवल वि.सं.१९७७ अघिसम्म रहेको सतिप्रथाको मात्र भाव बोल्दैन। यसले आजको प्रगतिशील समाजमा निकै नै आर्कषण बन्दै गएको तिज पर्वको वास्तविकताको पनि उजागर गरेको छ। त्यसैले तिज त्यही सतिको अवशेष हो भन्ने कुरा सहजै अनुमान लगाउन सक्छौं। किनकी तिज पनि पतिभक्तिकै उत्कर्ष हो। तर, यो उत्कर्ष पुरुषवादी समाजले नै निर्धारण गरेका हुन्। महिलाको आफ्नै स्वेच्छा भने होइन। पुरुषले महिलालाई दासी बनाउनका लागि रचिएको जाल हो यो। पितृसत्ताले  नै पतिको  लामो आयुकाे कामना गर्न लगाएको हो भने निराहार व्रत बसेर महिलाको पवित्रता परीक्षणको फेदोमिटर पनि पुरुषले नै तय गरेको छ। 

तिज हिन्दू नारीहरू विशेषत: नेपाली हिन्दू महिलाहरूले मनाउँदै आएका छन्। नेपालको पनि यो पहाडी भेगका हिन्दू महिलाले अझ विशेष रुपमा मनाउँछन्। तिज आजकाल सबै समुदायका महिलाहरूले मनाउँदै आएका छन्।  

तिज के हो? कसरी सुरु भयो? तिज किन यसरी विस्तारीत भएको छ? तिज भित्रको पितृसत्ता के हो? तिज साँच्चै महिलाको पर्व हो कि होइन भन्ने अनेक प्रश्न भने उब्जाउँछ। 

तिजमा पहिलो दिन महिलाहरू माइतीमा गएर दर खान्छन्। दोस्रो दिन निराहार व्रत बस्छन् भने तेस्रो दिन ऋषिपञ्चमीका दिन नजिकैको खोलामा गएर नुहाई धुवाई गर्छन्। जसरी जताबाट व्याख्या गर्दा पनि यी तिनै दिन पुरुषवादी समाजले पुरुषको हितका लागि निर्माण गरिएको हो भन्ने प्रष्ट देखिन्छ। 

पुरातनवादी चिन्तन भएका केही व्यक्तिले तिजमा महिलाहरूको दुःख, पीडा र वेदनाका गीत सुनाउने गरेको रुपमा अर्थ्याउँछन्।  त्यसैका लागि तिज पर्व मनाउ थालिएको बताउँछन्। 

यदि त्यसो हो भने दर खाने दिन शाषक वर्गकै, अझ भनौं पढेलेखेका महिलाहरू नै किन ‘चरी जेलैमा’ भनेर ठूल्ठूला पार्टी प्यालेसमा नाँच्छन्? यो वेदना कसरी हुन सक्छ? बजारमा रहेका महँगा सामग्रीको उपभोग गरेर कसरी पीडालाई प्रतिबिम्बित गरिन्छ?

दोस्रो दिन निराहार व्रत बस्छन्। पति प्रेमका नाममा महिलाहरूले पुरुषकै आयु लामो होस् भनेर कामना गर्छन्। बेलुका उसकै खुट्टाको पानी खाएर व्रत अन्त्य गर्छन्। यो कसरी पतिप्रेम हुनसक्छ? के पतिप्रेम खुट्टाको पानी खाएर वा आयु लामो माग्दैमा हुन्छ र? 

Ncell 2
Ncell 2

तेस्रो दिन त उल्टै महिनावारी जस्तो पवित्र प्रकियालाई पापका रुपमा पखाल्न लगाइन्छ। यो कसरी महिलामैत्री पर्व हुन्छ? यही समाज हो, जहाँ छाउपडीजस्तो कुप्रथाका कारण महिलाहरूको ज्यान गएको छ। महिनावारीलाई पापका रुपमा लिएर छाउगोठमा राख्दै अछुत व्यवहार गर्ने जस्ता क्रियाकलापनलाई तिजले प्रोत्साहन गरेको छ भने यो पर्व कसरी महिलाको हो?
०००
आज पतिप्रेमको नाममा महिलाहरू तिज मनाइराखेका छन्। साँच्चिकै महिलाहरूका लागि तिज पतिपे्रम हो कि पतिव्रता हो? आजका महिलाले यो बुझ्न आवश्यक छ। तिज यस्तो पर्व हो, जुन पितृसत्तावादी समाजले निर्माण गरेको हो। महिलाहरूलाई प्रयोग गरेर पुरुषको लामो आयुको कामना गर्नु, पुरुषप्रति महिलाको भक्ति जगाउनका लागि महिलाहरूलाई नै संस्कारको भारी बोकाइन्छ। 

तिज सुदूरपश्चिमका पहाडी भेगमा त्यतिधेरै मनाइएको पाइँदैन। तर, संस्कृतिको विस्तारका नाममा दिनप्रति दिन फेसनका रुपमा भने फैलिँदै गएको छ। आजको प्रविधियुक्त सयमा कुनै संस्कार एक ठाउँबाट अर्को ठाउँमा विस्तारित हुनु सामान्य मान्न सकिएला। तर, हामी के ग्रहण गर्ने, के नगर्ने भन्ने प्रमुख कुरा हो। तिज कस्तो पर्व हो? यसको भित्री रहस्य के छ भनेर नबुझेरै यसलाई स्वीकार्नु चिन्ता र चिन्तनको विषय भने पक्कै हो। 

शोषक वर्गका महिलाहरूको पनि यसमा हात छ। आफूलाई प्रगतिशील ठान्ने महिलाहरूलाई नै प्राथमिकता दिनु, तिज भित्रका विकृतिको आलोचनात्मक बहस नहुनु, राजनीतिक संघसंगठनले नै खुलेआम मनाउनु अर्को दुःखलाग्दो पक्ष हो। अझ मार्क्सवादको मुखुण्डो लगाएका महिला संघसंगठनले नै तिजलाई स्त्रीको सौन्दर्य भन्दै मनाउनु आफैंमा हाँस्यास्पद हो। 

त्यसैले, तिज महिलाहरूले विवाहित भए पति वा अविवाहित भए हुनेवाला पतिका लागि गरिने भक्ति हो। विद्यालय पढ्दै गरेका साना कलिला नानीलाई पनि घरबाटै आमाहरूले व्रत बस्न सिकाएका छन्। ती नानीहरू कलिलो दिमागमा नै मेरो पतिको आयु लामो होस् भनेर कामना गर्दैछन्। ‘तिमी योग्य बन्ने भनेको असल पति पाउनु हो’ जस्ता गलत अभ्यास घरबाटै सिकाइँदैछ। 

जुन कुरा आजको युगमा निकै दुःखद् विषय पक्कै बनेको छ। कुनैपनि नारी जन्मिँदै पुरुषको आयुको लागि जन्मेका हुँदैनन्। नारी भनेको पुरुषप्रतिको निष्ठा होइन भन्ने अब सिकाउन जरुरी छ। स्कुल पढ्दै गरेका कलिला नानीहरूलाई हुनेवाला पतिको नाममा निराहार व्रत बस्न प्रेरित गर्ने, पति प्राप्तिको सौभाग्य जस्ता भाष्य निर्माण गरिँदै जानु पनि एक प्रकारको साँस्कृतिक हिंसा नै हो। 
०००
कसरी तिज महिलाको पर्व हो? तिज भनेको पतिव्रताका रुपमा महिलालाई दास बनाउने पर्व हो। तिज पतिव्रताका अवधारणाले महिलाहरूको यौन स्वतन्त्रता कुण्ठित गर्न रचिएको सांस्कृतिक हिंसा हो।

यसले महिलालाई देवीको नाम दिएर चौतर्फी रुपमा हमला गरिरहेको छ। त्यसो हुँदो हो त देवी मानेको समाजमा कसरी महिला बोक्सी हुनसक्छ? कसरी यौनहिंसाको बर्बरतामा रेटिनुपर्छ? पतिप्रेमको सुन्दर नाम दिने तर, घाँटीमा पासो लगाउने! त्यसैले तिज जस्तो महिलाद्वेषी पर्वले महिलालाई पुरुषको सेवकका रुपमा अघि सारेको छ।
०००
मिथक वा मिमांशलाई हेर्ने हो भने पनि शिवप्राप्तिमा देखाएको पार्वतिको भक्तिभाव हो।

धर्मले नै एक महिलालाई दोस्रो पुरुषलाई नहेरुन् भनेर गरेको प्रपञ्च हो। पतिभक्ति देखाएर पार्वतीले शिवबाहेक अरु कसैलाई कल्पना नगरुन् भनेर उनलाई असल चरित्रको नाममा व्याख्या गरिएको छ। कृष्णले पनि राधालाई आफूबाहेक अन्य पुरुषलाई नहेरुन् भनेका छन्।

तर, आजका दिनसम्म पनि राधाकृष्णको लिला भन्दै साना नानीहरूलाई देखाउने गरिन्छ। रामले सीतालाई पतिव्रता बनाएकै कारण उनको परीक्षण गरिएको छ। विष्णुले पनि लक्ष्मीलाई पतिव्रता कहलाएको पाइन्छ। पतिव्रताको उत्कर्षका रुपमा तिजमा पतिको खुट्टाको पानी खाने, निराहार व्रत बस्ने जस्ता क्रियाकलाप गर्न लगाइन्छ। तिज महिला दासत्वको एक रुप पनि हो। तिजले महिलालाई जुनसकै कोणबाट पनि दासत्व लादेको छ।
०००
‘सति’ किताबमा उल्लेख छ (पेज नं. १११)– ‘नारीहरू परपुरुषगामिनि नबनुुन् भनेर चलाइएका कतिपय चलनले अझैसम्म नेपाली समाजमा निरन्तरता पाइरहेका छन्। पत्नीको मन सदैव पतिमा रहिरहोस् भनेर पतिको कल्याण र दीर्घायुको कामना गर्दै हरेक सोमबार साउन महिनाभरी र तिजको व्रत बस्ने परिपाटी नेपाली समाजमा कायम छ। पत्नीलाई पतिप्रति एकोहोरो रुपमा निष्ठावती बनाउने थुप्रै विधान नेपाली समाजमा रचिएका थिए। 

पति घरबाहिर हुँदा पत्नीको मन भाँडिएला भनेर उसलाई पतिको बन्धनबाट मनोवैज्ञानिक रुपमा मुक्त हुन नदिन अनेक नियम बनाइएका थिए। पति परदेश जान लाग्दा पत्नीले हातका चुरा वा माटो उसका खुट्टामा छुवाएर ऊ नफर्किएसम्म त्यसैलाई पखालेर चरणामृत सम्झिई हरेक बिहान पिउनुपर्थ्यो। अहिले पनि पतिको खुट्टाको पानी आचमन गरी पत्नीले तिजको व्रत अन्त्य गर्ने चलन छ।

तिजले महिलामाथि धार्मिक हिंसा गर्दै आएको छ। गाउँमा महिलाहरू मेलापात गएको बेला एक्लै दुःख, पीडा र वेदनाले भरिएका ठाडी भाका गीत गाउँथे। तिजभन्दा सुदूरका कुना कन्दरामा गाउने ठाडी भाका नै बरु महिलाका गीत हुन्। 
यसरी तिजले संस्कृति, परम्परा, धर्म, मूल्य–मान्यतका नाममा महिलाहरूलाई दासत्वमा धकेलेको छ। संंसारका सबै धर्म महिलाका लागि विभेदकारी छन्। महिला मुक्तिको नारा लगाउँदै गर्दा मुखमा मार्क्सवाद तर मनमा मनुवादको वकालत गर्दै आएको देखिन्छ।

यसैलाई लक्षित गरेर लेखक सुमिनाले भनेकी छन्– ‘देब्रे हातमा चे ग्वेभाराको ट्याटु खोप्ने र दाहिने हातभरि रातै चुरा भिर्ने; एउटा हातले मार्क्सको तस्बिरअघि अबिर अर्पण गर्ने र अर्को हातले शिवलिंग पुज्ने; एकातर्फ पितृसत्ताविरुद्ध हुंकार गर्ने र अर्कोतर्फ तिज, ऋषिपञ्चमी, स्वस्थानीजस्ता महिलामाथि सांस्कृतिक हिंसा गर्ने परम्पराहरूलाई स्वीकार गर्ने; एकातर्फ क्रान्तिको भाषण गर्ने र अर्कोतर्फ भारी गरगहना भिरी ‘दर’ खाँदै वेदना र विरह पोखेर छमछमी नाच्ने विरोधाभाषपूर्ण, पाखण्डी र दोगला चरित्र हो।’

पुँजीवादी बजारले तिजका नाममा महिलालाई अझ वस्तुकरण गरेको छ। जसरी सतिप्रथा शक्ति र सत्तामा रहेका प्रभुत्वशाली समूहले नै विजारोपण गरेका थिए तिज पनि सभ्रान्त वर्गकै महिलाले यसको बढी प्रचार गर्दै आएका छन्। जसरी सति पुरुषहरूले महिलाहरूको यौन स्वतन्त्रलाई नियन्त्रणमा लिन प्रपञ्च रचेको थिए,  आज त्यही कुटिल चालको उपज तिज पर्व हो। 

(यी लेखकका  निजी विचार हुन्। सं.। नेपाल लाइभ अर्काइभबाट)

प्रकाशित मिति: सोमबार, असोज १, २०८०  ११:३७

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
धनु विश्वकर्मा
लेखकबाट थप
बीपीको रोजाइ लिलाबाबु, सुवर्णको हिमालय शमशेर!
अनलाइन सपिङका नाममा ठगी:  देखाउने एउटा, बिक्री अर्कै
सुकुम्बासी हटाउन विभिन्न निकायको दैलो चहार्दै मेयर बालेन
सम्बन्धित सामग्री
अवुधावीमा मनाइयो गणतन्त्र दिवस समारोहमा राजदूत, दुबईस्थित नेपाली महावाणिज्य दूतावासका नवनियुक्त महावाणिज्यदूत, राजदूतावास तथा महावाणिज्य दूतावासका कूटनीतिक कर्मचार... शुक्रबार, जेठ १६, २०८२
नेपालको आर्थिक समृद्धिको आधार बन्न सक्छ ‘धार्मिक पर्यटन’ उद्योगी व्यवसायीहरु लगानीका लागि उत्साहित छैन। राजनीतिक नेतृत्व शक्ति संघर्षमै व्यस्त छ। दैनिक दुई हजार भन्दा बढी युवाहरु रोजगारीका... बिहीबार, जेठ १, २०८२
स्मार्टफोनको दुष्प्रभाव : विद्यार्थीहरू किन जोखिममा छन् ? विशेषगरी, स्मार्टफोन आजको पुस्तालाई समयभन्दा बढी कब्जामा लिएको छ । जहाँ हेरे पनि मानिसहरू मोबाइलमा हराएका देखिन्छन्- सोसल मिडियामा स... शुक्रबार, वैशाख ५, २०८२
ताजा समाचारसबै
मोटरसाइकल दुर्घटनामा सशस्त्रका प्रहरी नायब निरीक्षकको मृत्यु आइतबार, जेठ २५, २०८२
गाजाको राहत वितरण केन्द्रमा इजरायलको आक्रमण, ६ जनाको मृत्यु, दर्जनौँ घाईते आइतबार, जेठ २५, २०८२
लिग–२ अन्तर्गत नेपालले आज स्कटल्याण्ड संग खेल्दै आइतबार, जेठ २५, २०८२
प्रतिनिधिसभाको बैठक बस्दै, यस्तो छ कार्यसूची आइतबार, जेठ २५, २०८२
मदन भण्डारी कपको उपाधि बस्नेत र न्यौपानेलाई आइतबार, जेठ २५, २०८२
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
ओली नेतृत्वको सरकार सफल बनाउन सम्पूर्ण ठाउँबाट प्रयास गरिरहेका छौ : गगन थापा
ओली नेतृत्वको सरकार सफल बनाउन सम्पूर्ण ठाउँबाट प्रयास गरिरहेका छौ : गगन थापा शुक्रबार, जेठ २३, २०८२
नेपालविरुद्धको भ्रष्टाचार मुद्दामा सरकारलाई दोष लगाउनु उचित होइन् : सञ्चार मन्त्री
नेपालविरुद्धको भ्रष्टाचार मुद्दामा सरकारलाई दोष लगाउनु उचित होइन् : सञ्चार मन्त्री शुक्रबार, जेठ २३, २०८२
महिला टोलीका प्रमुख प्रशिक्षक प्याट्रिकसँग पत्रकार सम्मेलन (भिडियो)
महिला टोलीका प्रमुख प्रशिक्षक प्याट्रिकसँग पत्रकार सम्मेलन (भिडियो) शुक्रबार, जेठ २३, २०८२
विद्वान गुरुङले मागीखाने भाँडो बनाएको भन्दै सडकमा उत्रिए तरुण दलका कार्यकर्ता (भिडियो)
विद्वान गुरुङले मागीखाने भाँडो बनाएको भन्दै सडकमा उत्रिए तरुण दलका कार्यकर्ता (भिडियो) शुक्रबार, जेठ २३, २०८२
संसद् चल्न नसक्दा महत्त्वपूर्ण विधेयकहरू अड्किए: सभामुख घिमिरे
संसद् चल्न नसक्दा महत्त्वपूर्ण विधेयकहरू अड्किए: सभामुख घिमिरे शुक्रबार, जेठ २३, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
संग्रहालयमा राखिएको २०० वर्ष पुरानो कन्डम, के छ यसमा विशेष ? शनिबार, जेठ २४, २०८२
एलोन मस्कसँगको झडपपछि ट्रम्पले आफ्नो टेस्ला कारको बारेमा कस्तो निर्णय लिए? शनिबार, जेठ २४, २०८२
महानगरको न्यायिक समितिमा आउने अधिकांश मुद्दा भवन खाली गराइपाउँ भन्ने विवाद शनिबार, जेठ २४, २०८२
रुसले युक्रेनमाथि गर्यो जवाफी ड्रोन आक्रमण, ५ जनाको मृत्यु, दर्जनौँ घाईते शनिबार, जेठ २४, २०८२
बर्खा लाग्यो अब पार्टीले उपयुक्त समयमा आन्दोलन गर्छ : अध्यक्ष लिङ्देन शनिबार, जेठ २४, २०८२
सबै हेर्नुहोस
अन्तर्वार्ता
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
नेपाल र जिम्बाब्वेको अध्ययनले जलवायु परिवर्तनको असरबाट स्वास्थ्य प्रणालीलाई जोगाउने उपायहरू पत्ता लगाउनेछ : डा जोआना रेभन नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
अवुधावीमा मनाइयो गणतन्त्र दिवस नेपाल लाइभ
नेपालको आर्थिक समृद्धिको आधार बन्न सक्छ ‘धार्मिक पर्यटन’ राजेश कुमार शाह
स्मार्टफोनको दुष्प्रभाव : विद्यार्थीहरू किन जोखिममा छन् ? नेपाल लाइभ
बैंकिङ्ग व्यवसायलाई उद्यमशीलताको भर नेपाल लाइभ
सबै हेर्नुहोस
ब्लग
बैंकिङ्ग व्यवसायलाई उद्यमशीलताको भर मंगलबार, वैशाख २, २०८२
हितेन्द्र र कुलमानको रिट हेर्न नमिल्नेमा आइतबार, चैत १७, २०८१
चौरासी वर्षका क्यान्सरविजेताको जीवन वृत्तान्त ‘कालसँग कुस्ती’ सार्वजनिक आइतबार, फागुन १८, २०८१
सबै हेर्नुहोस
लोकप्रिय
आजको मौसमः देशभर आंशिक बदली, केहि स्थानमा भारी वर्षाको सम्भावना बुधबार, जेठ २१, २०८२
बरु ६ महिना यात्रा नगरौँ, यातायात व्यवसायीको धम्कीबाट नडराऔँ : सांसद शाही मंगलबार, जेठ २०, २०८२
माधव नेपालको सांसद पद निलम्बन बिहीबार, जेठ २२, २०८२
चार जिल्लाका प्रमुख जिल्ला अधिकारी फेरिए, कुन जिल्लामा को? आइतबार, जेठ १८, २०८२
सदन खुलाउन विपक्षी दलले राखे तीन शर्त मंगलबार, जेठ २०, २०८२
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2025 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्