काठमाडौं – पोर्चुगलले यूइएफए नेसन्स लिगको उपाधि जितेको छ । स्पेनलाई हराउँदै पोर्चुगलले युइएफए नेशन्स लिगको उपाधि जितेको हो । गएराती भएको खेलमा स्पेनलाई पेनाल्टी सुटआउटमा ५–३ ले हराउँदै पोर्चुगलले दोस्रोपटक नेशन्स लिगको उपाधि जितेको हो ।
नियमित समय २–२ को बराबरीमा सकिपछी खेल पेनाल्टी सुटआउटमा धकेलिएको थियो । पेनाल्टी सुटआउटमा स्पेनका मोराटाको प्रयास विफल हुँदा पोर्चुगलले उपाधी चुम्न सफल भयो ।
त्यसअघि खेलको २१औं मिनेटमा मार्टिन जुबिमेन्दीले गोल गर्दै स्पेनलाई पहिलो अग्रता दिलाएका थिए । त्यसको ५ मिनेट मै पोर्चुगलले बराबरी गोल फर्कायो । पोर्चुगलका नुनो मेंडेसले २६औं मिनेटमा गोल गरेका हुन् ।
स्पेनका मिकेल ओयार्जाबालले ४५औं मिनेटमा गोल गर्दै दोस्रोपटक टोलीलाई अग्रता दिलाए । त्यसपछि खेलको ६१औं मिनेटमा क्रिस्टियानो रोनाल्डोले गोल गर्दै पोर्चुगललाई दोस्रोपटक खेलमा फर्काए । त्यसपछि दुवैतर्फबाट गोल हुन नसक्दा खेल पेनाल्टी सुटआउटमा पुगेको थियो ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।