• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
  • गोपनीयता नीति
  • प्रयोगका सर्त
सोमबार, जेठ २६, २०८२ Mon, Jun 9, 2025
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
समाज
दर्ता नै नभएको 'म्यानपावर कम्पनी' पुर्‍याएर आफ्नैले ठगे
64x64
धनु विश्वकर्मा सोमबार, भदौ २८, २०७८  ०८:१८
1140x725

काठमाडौं– हातमा कागजपत्र बोकेर मञ्जु परियार बुद्धनगरस्थित वैदेशिक रोजगार विभागको झ्यालबाहिर उभिएकी छन्। कार्यालयका कर्मचारी खाजा खान बाहिरिएका छन्। काम सकेर बनेपा पुग्नुपर्ने हतारो भएकाले उनी छटपटीमा छिन्।

तर, त्योभन्दा ठूलो चिन्ता भने उनलाई विदेश पठाइदिने नाममा ठग्नेलाई कारबाही होला कि नहोला भन्ने छ। उनलाई त आफ्नै मान्छे लागेर ठगे। त्यही उजुरी बोकेर उनी विभाग पुगेकी हुन्।

वैदेशिक रोजगारमा रहेकी मञ्जु गएको २५ चैतमा दुबईबाट घर आइन्। नेपाल आउँदा कोरोना संक्रमणको दोस्रो लहर सुरु भइसकेको थियो। त्यसको केही समयपछि निषेधाज्ञा सुरु भयो। 

काभ्रेको कोशीपारिकी उनी दुबईमा गरिरहेको काम छाडेर नेपाल आएकी हुन्। उनी चार वर्षअघि दुबई पुगेकी थिइन्। हाउस किपिङको काम थियो। तर, चित्त बुझ्दो कमाइ थिएन। त्यसैले अब नयाँ कामका लागि जाने योजनामा थिइन्।

मञ्जु अहिले बनेपामा कोठा भाडामा लिएर १८ वर्षीय छोरासँग बस्छिन्। श्रीमानले करिब १० वर्षअघि दोस्रो बिहे गरेपछि उनी छुट्टै बस्न थालेकी हुन्। दुःख गरेर जीविका चलाउने र छोरो पढाउने गर्थिन्। जति काम गरे पनि दुई ज्यान पाल्न नै धौ–धौ थियो। त्यहीकारण उनी २०७४ सालमा वैदेशिक रोजगारका लागि उडिन्।

१ लाख रुपैयाँ दिँदा गरिएको कागज।

उता पनि महिनावारी कमाइ करिब ३० हजार रुपैयाँ मात्र थियो। खान र बस्न पाउँथिन्। तर, विदेशी भूमिमा पनि राम्रो कमाइ भएन। त्यसैले छाडेर आइन्। अब राम्रो काम पाउनेबित्तिकै दुबई फर्कने योजना थियो। ‘यता बस्नु भनेको खर्च मात्र बढ्नु हो। तर, त्यस्तै भयो। निषेधाज्ञाले उता जान रोकिएपछि यता खर्च बढेको बढ्यै छ,’ उनी भन्छिन्।

उनले दुबई जाने प्रयास भने जारी राखिरहिन्। भाइ (सानिमाको छोरा) निकेश सुन्दाससँग राम्रो म्यानपावर खोजिदिन भनिन्। निकेशले पनि आफू १५ दिनभित्रै वैदेशिक रोजगारमा जान लागेको बताए। उनले मञ्जुलाई त्यही म्यानपावरमा पुर्‍याए।

उनले भाइसँग गएर काभ्रेको बनेपा–८ मा रहेको इनर्जी मल्टीपर्पस कम्पनीका सञ्चालक अदीपबहादुर खड्कालाई भेटिन्। स्वाथ्य जाँचका लागि ७ हजार रुपैयाँ तिरिन्। पुलिस रिपोर्ट बनाइन्। ४५ दिनभित्र उड्नका लागि म्यानपावरले २ लाख २५ हजार रुपैयाँ चाहिने बताएको थियो। १५ दिनभित्रै भिसा लगाउन भने ३ लाख २५ हजार रुपैयाँ मागियो। भाइसँगै उड्नका लागि उनले भनेजति पैसा दिने भइन्।

Ncell 2
Ncell 2

पासपोर्ट र सबै कागजात २४ असारमा नै बुझाइन्। त्यसको पाँच दिनपछि २९ असारमा अग्रिम भुक्तानी स्वरुप १ लाख रुपैयाँ पनि दिइन्। म्यानपावर कम्पनी सञ्चालक खड्काले १५ भदौसम्ममा दुबई पठाइसक्ने बताए।

उड्ने दिन नजिकिँदै गर्दा भाइ निकेशले दुबईमा कामका लागि मान्छे लिन बन्द गरेको बताए। उनी छाँगाबाट खसेजस्तै भइन्। आफू यसअघि नै वैदेशिक रोजगारमा दुबई गइसकेकी हुनाले अब उनलाई शंका लाग्यो। उनले भाइसँग पैसा फिर्ता लिने बताइन्।

‘मैले पैसा फिर्ता मागिदिन भनेपछि भाइले उल्टासुल्टा कुरा गर्न थाले। यसअघि मलाई दुबईको रेष्टुरेन्टमा काम गर्ने भनेर अफर लेटरसमेत थमाएका थिए। तर, अफर लेटरमा न कसैको नाम छ, न कुनै इमेल ठेगाना छ,’ मञ्जु भन्छिन्।

म्यानपावर सञ्चालक अदीपले भने उनको फोन उठाउनै छाडेका छन्। भाइ निकेशले पनि अचेल फोन उठाउँदैनन्। ‘अनि मलाई पक्का भयो कि मेरो पैसा दलालले खाइदियो। त्यसपछि म उजुरी दिन टेकुको प्रहरी कार्यालय गएँ। तर, म्यानपावर कम्पनी र म आफू पनि काभ्रेको भएकाले उतै उजुरी गर्न भनेर पठाइदिए,’ उनी भन्छिन्।

त्यसपछि उनी उजुरीका लागि वैदेशिक रोजगार विभाग पुगेकी हुन्। विभाग पुगेपछि पो थाहा पाइन्, उनले दुबई जान पैसा बुझाएको म्यानपावर कम्पनीको कामै ठगी धन्दा रहेछ। कम्पनी दर्ता रहेनछ। केही दिनअघि मात्र कम्पनीका सबै कम्प्युटर उठाएर विभागले ल्याएको रहेछ। उनी भन्छिन्, ‘त्यो त म्यानपावर कम्पनी नै होइन रहेछ। वैदेशिक रोजगारीमा पठाइदिन्छु भनेर धेरैलाई ठगिसकेको रहेछ।’

उनले पासपोर्ट भने फिर्ता पाएकी छन्। ‘भाइले नै आफन्तको हातमा पासपोर्ट फिर्ता पठायो, तर पैसा पाएको छैन,’ उनी भन्छिन्, ‘म्यानपावरको मान्छेलाई फोन गर्दा एउटी महिलालाई बोल्न लगाउँछ र जसलाई दिएको हो, उसैसँग पैसा फिर्ता माग्न भन्छ। तर, पैसा हातमा दिएको भाइ सम्पर्कमा छैन।’ पैसा माग्दा उल्टै धम्की सहनु परको उनले बताइन्।

विभागमा उजुरी त दिइन्, तर सरकारी प्रक्रिया सुस्त हुने कारण उनी निराश छिन्। यहीकारण फेरि दुबई जान पाएकी छैनन्। ‘मैले विदेशमा पसिना बगाएको पैसा जसरी पनि उठाउनु पर्‍यो नि, मेरो त चार वर्षको कमाइ हो,’ उनी भन्छिन्, ‘तर, सरकारी संयन्त्रको ढिलासुस्तीले मजस्ता धेरैले दुःख पाइरहेका रहेछन्। विभागमा त मजस्ता मान्छेको लाइन हुँदो रहेछ।’

प्रकाशित मिति: सोमबार, भदौ २८, २०७८  ०८:१८

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
धनु विश्वकर्मा
लेखकबाट थप
तिज : सतिप्रथाको एक अवशेष!
बीपीको रोजाइ लिलाबाबु, सुवर्णको हिमालय शमशेर!
अनलाइन सपिङका नाममा ठगी:  देखाउने एउटा, बिक्री अर्कै
सम्बन्धित सामग्री
पन्ध्र शय्याको अस्पतालबाट ५४ शय्याको सेवा जिल्ला अस्पतालमा १८ जना स्थायी कर्मचारीको दरबन्दी छ । तर, हाल पाँच जना मात्र स्थायी कर्मचारी कार्यरत छन् । ती पाँच जनामा एक जना मेडि... सोमबार, जेठ २६, २०८२
सुनचाँदीको गहनामा लगाइएको विलासिता कर फिर्ता लिन माग गर्दै व्यवसायीको प्रदर्शन बजेटमा अव्यवहारिक र अनावश्यक रुपमा २ प्रतिशत विलासी करको व्यवस्था गरिएकाले यसलाई खारेज गर्नुपर्ने उनीहरुको भनाइ छ । आइतबार, जेठ २५, २०८२
सुनकोशीमा डुबेर एकजनाको मृत्यु धुलिखेलस्थित जिल्ला प्रहरी कार्यालयका अनुसार महाभारत गाउँपालिका–४ निवासी वाइबा आज बिहान मृत फेला परेका हुन् । घटनाबारे अनुसन्धान भइर... आइतबार, जेठ २५, २०८२
ताजा समाचारसबै
पन्ध्र शय्याको अस्पतालबाट ५४ शय्याको सेवा सोमबार, जेठ २६, २०८२
यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमय दर सोमबार, जेठ २६, २०८२
स्पेनलाई हराउँदै पोर्चुगलले जित्यो नेशन्स लिगको उपाधि सोमबार, जेठ २६, २०८२
स्कटल्यान्डसँगको थ्रीलर गेममा नेपाल २ रनले पराजित, तीन ब्याटरको अर्धशतक आइतबार, जेठ २५, २०८२
भिजिट भिसा प्रकरणबारे विपक्षी दलबीच छलफल जारी रहेपनि सहमति भएको छैन : हितराज पाण्डे आइतबार, जेठ २५, २०८२
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेताहरुको योगदानका बारेमा प्रचार प्रसार गर्न आवश्यक छ (भिडियो)
नेताहरुको योगदानका बारेमा प्रचार प्रसार गर्न आवश्यक छ (भिडियो) आइतबार, जेठ २५, २०८२
प्रधानमन्त्रीद्वारा अनेरास्ववियुको महाधिवेशन उद्घाटन (भिडियो)
प्रधानमन्त्रीद्वारा अनेरास्ववियुको महाधिवेशन उद्घाटन (भिडियो) आइतबार, जेठ २५, २०८२
धुलिखेल–खावा सडक : दुई वर्षदेखि सास्ती खेपिरहेका सर्वसाधारण (भिडियो)
धुलिखेल–खावा सडक : दुई वर्षदेखि सास्ती खेपिरहेका सर्वसाधारण (भिडियो) आइतबार, जेठ २५, २०८२
प्रतिपक्षीले विरोध जनाएपनि प्रतिनिधिसभाको बैठक सञ्चालन हुने (भिडियो)
प्रतिपक्षीले विरोध जनाएपनि प्रतिनिधिसभाको बैठक सञ्चालन हुने (भिडियो) आइतबार, जेठ २५, २०८२
सुनचाँदीको गहनामा लगाइएको विलासिता कर फिर्ता लिन माग गर्दै व्यवसायीको प्रदर्शन
सुनचाँदीको गहनामा लगाइएको विलासिता कर फिर्ता लिन माग गर्दै व्यवसायीको प्रदर्शन आइतबार, जेठ २५, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
अमेरिकाबाट ‘डिपोर्ट’ गरिएका नेपाली लिएर आउँदै अमेरिकी चार्टर्ड विमान आइतबार, जेठ २५, २०८२
स्कटल्यान्डसँगको थ्रीलर गेममा नेपाल २ रनले पराजित, तीन ब्याटरको अर्धशतक आइतबार, जेठ २५, २०८२
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन आइतबार, जेठ २५, २०८२
नेपाल टेलिकमकी प्रबन्ध निर्देशक पहाडीसहितलाई भ्रष्टाचार मुद्दा आइतबार, जेठ २५, २०८२
नेपालमा पहिलोपटक लिङ्ग परिवर्तन शल्यक्रिया आइतबार, जेठ २५, २०८२
सबै हेर्नुहोस
अन्तर्वार्ता
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
अवुधावीमा मनाइयो गणतन्त्र दिवस नेपाल लाइभ
नेपालको आर्थिक समृद्धिको आधार बन्न सक्छ ‘धार्मिक पर्यटन’ राजेश कुमार शाह
स्मार्टफोनको दुष्प्रभाव : विद्यार्थीहरू किन जोखिममा छन् ? नेपाल लाइभ
सबै हेर्नुहोस
ब्लग
बैंकिङ्ग व्यवसायलाई उद्यमशीलताको भर मंगलबार, वैशाख २, २०८२
हितेन्द्र र कुलमानको रिट हेर्न नमिल्नेमा आइतबार, चैत १७, २०८१
चौरासी वर्षका क्यान्सरविजेताको जीवन वृत्तान्त ‘कालसँग कुस्ती’ सार्वजनिक आइतबार, फागुन १८, २०८१
सबै हेर्नुहोस
लोकप्रिय
आजको मौसमः देशभर आंशिक बदली, केहि स्थानमा भारी वर्षाको सम्भावना बुधबार, जेठ २१, २०८२
बरु ६ महिना यात्रा नगरौँ, यातायात व्यवसायीको धम्कीबाट नडराऔँ : सांसद शाही मंगलबार, जेठ २०, २०८२
माधव नेपालको सांसद पद निलम्बन बिहीबार, जेठ २२, २०८२
सदन खुलाउन विपक्षी दलले राखे तीन शर्त मंगलबार, जेठ २०, २०८२
भिजिट भिसा प्रकरण : संसद् खोल्न कांग्रेसले राखेको प्रस्ताव रास्वपाद्वारा अस्वीकार बिहीबार, जेठ २२, २०८२
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2025 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्