• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
  • गोपनीयता नीति
  • प्रयोगका सर्त
बुधबार, असार ११, २०८२ Wed, Jun 25, 2025
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
अन्तर्वार्ता
लोकगीतमा मापदण्ड नबनाइए हामी चोर नै चोर हुन्छौं : बद्री पंगेनी [अन्तर्वार्ता]
64x64
नेपाल लाइभ बिहीबार, फागुन २७, २०७७  ०६:५८
1140x725

राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपालका निवर्तमान अध्यक्ष बद्री पंगेनी राजनीतिलाई बुझ्ने थाेरै कलाकारमध्ये पर्छन्। सामाजिक सञ्जालमा देशकाे राजनीतिक अवस्थाबारे बेला बेला उनले गरेका टिप्पणीहरू देख्न सकिन्छ। 'लाऊ चेली सुन्दर लाऊ'देखि 'अझै नि लोकतन्त्र आको छैन है' जस्ता विद्रोही र राजनीतिक चेत बोकेका उनका थुप्रै गीत छन्।

माया, प्रेमका गीत रचना र गायनमा पनि उत्तिकै अब्बल मानिने गायक पंगेनी गएको प्रतिनिधि सभा निर्वाचनमा 'सैं एमाले मैं पनि एमाले' गीत गाउँदा विवादित समेत बने। तर, उनी आफू कुनै पनि दलमा आवद्ध नभएको बताउँछन्। व्यक्तिगत फाइदा, बेफाइदाका लागि त्यो गीत नगाएको बताउने उनी उक्त गीत गाएपछि आफूमाथि राम्रै प्रहार स्वीकार्छन्। दर्शकको स्वतन्त्र भएर बसोस् भन्ने इच्छालाई सम्मान गर्ने उनी बताउँछन्।

'म राजनीति गर्दिनँ, बुझ्न खोज्दाको परिणाम हो, यसलाई स्वीकार गर्नैपर्छ,' उनको ठम्याइ छ। राजनीति गर्नेहरू स्वार्थी हुने उनको बुझाइ छ। स्वार्थी शब्दको पर्यायवाची शब्द नेतालाई राखिदिँदा हुने तर्क गरेका गायक पंगेनीसँग नेपाल लाइभका लागि पुष्पा थपलियाले गरेको कुराकानीको सारसंक्षेप :

कसरी चल्दै छ दिनचर्या?
यही कलाको क्षेत्रमा व्यस्त छु। 
कोभिडको महामारीले लामो समयसम्म पुर्‍याएको क्षतिलाई ढाकछोप गर्नपनि व्यस्त हुनैपर्नेछ। नेपाल टेलिभिजनबाट प्रसारण हुन लागेको दोहोरी च्याम्पियनको सञ्चालकको भूमिका निभाउँदै छु। यसले पनि अलि व्यस्त बनाएको छ। राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठानको निवर्तमान अध्यक्ष भएका नाताले त्यसमा पनि केही समय दिइरहेको छु। साथै, खेलकुदमा कहिले ब्याडमिन्टन, कहिले भलिबल, कहिले फुटसल त कहिले क्रिकेटले पनि व्यस्त बनाइरहेको छ। समग्रमा जिन्दगी रमाइलोसँग नै बितिरहेको छ ! (हाँस्दै) रमाइलो मानेपछि रमाइलै छ भनौं।

कोभिडले चाहिँ कत्तिको प्रभाव पार्‍यो तपाईंलाईं?
यसले मलाई मात्रै हैन, संसारलाई नै प्रभाव पारेको छ। स्टेजमा रमाएको, स्टेजले बाँचेको एउटा कलाकारलाई कतिसम्म नराम्रो प्रभाव पर्‍यो होला भनेर तपाईं आफैले पनि अनुमान लगाउन सक्नुहुन्छ। कहिले देश त कहिले विदेशका कार्यक्रममा घुमिराख्नुपर्ने, डुलिराख्नुपर्ने हामी कलाकारलाई एकै ठाउँमा थुनिनुपर्दा निकै पीडा भयो। तर, विस्तारै बानी पनि पर्‍यो।

दोहोरी गायक र कार्यक्रम प्रस्तोता दुवैको रुपमा दर्शकले चिनिसकेका छन्। यो दुईवटा एकै संसार रहेछन् कि फरक-फरक?
अहिले दोहोरी च्याम्पीयन मात्रै हैन, मैले पहिले पनि सुसेली लगायतका कार्यक्रम चलाइसकेको छु। गायक मात्रै बन्दा आफ्ना विचार राख्न पाइँदैन भने प्रस्तोता बन्दा मनमा लागेको कुरा प्रस्तुत गर्न पाइन्छ। फेरि गतिलो गर्न सकेन भने चिप्लने सम्भावना पनि उत्तिकै छ। अहिले त झनै जसरी हुन्छ चिप्ल्याउने, त्यसबाट गाली गलौज खुवाउने र भ्यूज बढाउने प्रस्तोता पनि टन्नै छन्। म भने बरु स्टेजमा कहिलेकाहीँ चिप्ले हुँला, अरुको खुट्टा तान्ने काम गर्दिनँ। त्यो राम्रो पत्रकारिता भित्र पनि पर्दैन।

Ncell 2
Ncell 2

सामाजिक सञ्जालमा सक्रिय कलाकारमध्ये एक तपाईं पनि हुनुहुन्छ। गीत संगीतको मापदण्डको कुरा पनि उठाउनुभएको थियो। खास कुरा के हो?
चोरी भएका गीत र संगितका कुरा गरेको हुँ। यो नेपाली चलचित्र क्षेत्रका गीतदेखि हरेक संगीतको क्षेत्रमा भइरहेको कुरा हो। कहिलेकाहीँ के हुन्छ भने, खेम सेन्चुरी, एकनारायण भण्डारी, अमेरिकामा रहेका भगवान भण्डारी लगायत र म नेपालमा बसेको बद्री पंगेनीको भावना मिल्न जान सक्छ। त्यो जानजान हैन, अन्जानमै पनि हुन्छ। यसैका लागि केही मापदण्ड बनाउन जरुरी छ। नत्र त हामी सबै चोर नै चोर हुन्छौं। यो पीडा सबैलाई छ। म अलि बढी बोल्छु, गाली खाइहाल्छु। अरु बोल्दैनन्, गाली खाँदैनन्। लोक गीतमा कति शब्द मिले या संगीत मिले त्यसलाई चोरीको आरोप लगाउन भन्ने नै गम्भीर मुद्दा हो नि।

पहिले पहिले संगीतकार नभनेर संकलक भनिन्थ्यो नि! हैन र लोक गीतका लागि?
हो। तर, त्यसो लेख्दा रोयल्टीको समस्या देखियो। मैले गाएको 'मन थिएन जोगी बन्न'लाई भन्ने गीतमा मैले संकलक राखेको छु। तर, त्यस्तै संगीत भएको अर्को ल्याए पो मैले रोयल्टी नपाउने हो, त्यो छैन भने त मैले मेरो गीतको रोयल्टी पाउनुपर्छ नि! त्यस्तै कुरा नमिलेर संकलकको ठाउँमा संगीत नै राख्ने गरिएको हो।

लोक संगीतको क्षेत्रमा पहिले र अहिलेको कुरा गर्दा कस्तो फरक पाउनुभएको छ?
यो सबैले सोध्ने प्रश्न हो। फरक पहिले एक टेकमै काम तमाम गर्नुपर्थ्यो। अहिले प्रविधिले सजिलो बनाएको छ। सजिलोसंँगै अल्छि पनि बनाएको छ भन्छु म त। किनभने यो भन्दा अगाडिको गीत 'मेरो छोरी तिम्रो घरमा भान्छे चलेन' भन्ने स्टुडियोमा एक्कैछिनमा तयार पारिएको हो। त्यसले राम्रै सफलता हात पार्‍यो तर समय लगाएर मिहिनेत गरेको भए यो एउटा सम्झन लायकको गीत हुन्थ्यो। पहिले म वर्षमा एउटा गीत निकाल्थें। अहिले महिनामा एउटा भइरहेको छ। यो पनि निकै फरक कुरा हो।

वर्तमान राजनीतिको कुरा गरौं। कलाकारले राजनीति बुझ्न कत्तिको जरुरी छ र देशको राजनीतिले कलाकारलाई कस्तो असर पार्ला जस्तो लाग्छ?
यसको बारेमा नबोलौं जस्तो लाग्यो।

सैं पनि एमाले, मैं पनि एमाले गाउँदा तपाईंलाई फाइदा भयो कि बेफाइदा?
कस्तो छ भने, हरेक मानिसले पेशासँगै राजनीति गरेको समाजले पचाउँछ। तर, कलाकार भएर विचारको कुरा गर्छस् भन्छन्। मैले मेरो व्यक्तिगत फाइदा, बेफाइदाका लागि गीत गाएको हैन। तर, ममाथि यो गीतले राम्रै प्रहार भयो। गीत नचलेको भए गाली खाइन्नथ्यो होला। तर, गीत चल्यो मलाई घाटा भयो। मैले गाली खाएँ। दर्शकको स्वतन्त्र भएर बसोस् भन्ने इच्छालाई सम्मान गर्छु। म राजनीति गर्दिनँ। बुझ्न खोज्दाको परिणाम हुन्, यसलाई स्वीकार गर्नैपर्छ।

गायिका कोमल वली अहिले कानुन बनाउने ठाउँमा (संसद्) पुग्नुभएको छ। उहाँका विषयमा उहाँकै पार्टीका नेता रघुजी पन्तबाट हालै आएको अभिव्यक्तिबारे के भन्नुहुन्छ? (भलै उहाँले सञ्चारमाध्यमार्फत् माफी माग्नुभएको छ)
कोमल वलीलाई राघुजी पन्तले जुन कुरा बोल्नुभयो त्यो खेदजनक छ। महिला भएकै कारण, कलाकार भएकै कारण त्यसरी मानहानी गर्न मिल्दैन। यहाँ त उहाँ महिला भन्दा पनि कलाकार भएका कारण त्यस्तो मानहानी खेपिरहनुभएको छ कि जस्तो लाग्छ। राजनीति भनेकै यस्तै रहेछ। हामीले उनीहरूका गीत गाइराख्दा प्रसंशा गर्ने अनि हामीलाई पनि नेतृत्वमा पुर्‍याऊ भन्दा गीत गाउनेले देश सम्हाल्ने? भन्ने। राजनीति गर्नेहरु निकै स्वार्थी हुँदा रहेछन्। स्वार्थी शब्दको पर्यायवाची शब्द यदि नेपालमा बनेको छैन भने, नेतालाई राखिदिँदा हुन्छ।

प्रकाशित मिति: बिहीबार, फागुन २७, २०७७  ०६:५८

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
विश्व सेतो दुबी दिवसस् रोग छालाको, प्रश्न चेतनाको
माधव नेपाल विशेष अदालतमा उपस्थित
सुनको मूल्य तोलामा १५ सयले घट्यो, कतिमा हुँदैछ कारोवार ?
सम्बन्धित सामग्री
‘फिल्म मनोरञ्जन मात्र होइन, यसले समाज बोल्नुपर्छ’ ‘फिल्म एक मनोरञ्जनको माध्यम मात्र होइन, यसले त समाज बोल्नुपर्छ’ भन्ने मान्यता राख्छन् रिम । कक्षा ६ मा पढ्दा फेल भएपछि सँगैका साथिभा... मंगलबार, चैत १९, २०८१
निश्चल बस्नेत भन्छन्– हलहरूले अन्याय गरेपछि ‘दिमाग खराब’को प्रदर्शन रोक्यौं तेस्रो हप्ताबाट हलले ६५ प्रतिशत सेयर लिन्छ र निर्मातालाई ३५ र प्रतिशत दिन्छ। बाहिर हेर्दा फिल्म चलिरहेको पनि देखिन्छ। पैसा कमाइरहेको... बुधबार, कात्तिक २९, २०८०
प्रमोद खरेलसँग क्रिकेट–संवाद : गीत रेकर्डिङ स्थगित गरेर खेल हेर्ने तयारीमा छु पछिल्लो  समय नेपालले क्रिकेटमा धेरै उपलब्ध हासिल गरिरहेको छ। अहिलेको खेल नेपालका लागि ठूलो अवसर पनि हो। यो टिम अहिलेम्मको उत्कृष्ट ट... बिहीबार, असार ७, २०८०
ताजा समाचारसबै
विश्व सेतो दुबी दिवसस् रोग छालाको, प्रश्न चेतनाको बुधबार, असार ११, २०८२
माधव नेपाल विशेष अदालतमा उपस्थित बुधबार, असार ११, २०८२
सुनको मूल्य तोलामा १५ सयले घट्यो, कतिमा हुँदैछ कारोवार ? बुधबार, असार ११, २०८२
विशेष अदालतमा हाजिर हुँदै माधव नेपाल बुधबार, असार ११, २०८२
बयालपाटा अस्पतालमा पाठेघर खसेका ४८ महिलाको सफल शल्यक्रिया बुधबार, असार ११, २०८२
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
प्रतिनिधि सभा बैठक (लाइभ)
प्रतिनिधि सभा बैठक (लाइभ) मंगलबार, असार १०, २०८२
प्रतिनिधि सभा बैठक (लाइभ)
प्रतिनिधि सभा बैठक (लाइभ) सोमबार, असार ९, २०८२
२०४६ पछि वडादेखि केन्द्रसम्म सत्तामा बसेकाको सम्पती छानविन गर्ने प्रस्ताव पार्टीबाटै पारित गर्नुपर्छ  :  गगन थापा, महामन्त्री नेपाली कांग्रेस
२०४६ पछि वडादेखि केन्द्रसम्म सत्तामा बसेकाको सम्पती छानविन गर्ने प्रस्ताव पार्टीबाटै पारित गर्नुपर्छ : गगन थापा, महामन्त्री नेपाली कांग्रेस आइतबार, असार ८, २०८२
म हुँदा सबै ठीक, म नहुँदा सबै बेठीक भन्ने सन्देश प्रवाह गरेर देशको विकास हुन सक्दैन : ज्ञानेन्द्र बहादुर कार्की
म हुँदा सबै ठीक, म नहुँदा सबै बेठीक भन्ने सन्देश प्रवाह गरेर देशको विकास हुन सक्दैन : ज्ञानेन्द्र बहादुर कार्की आइतबार, असार ८, २०८२
सांसद अमरेशकुमारले नेपालका ७२ जिल्लालाई लिजमा दिऊँ भनेपछि संसदमा लफडा (भिडियो)
सांसद अमरेशकुमारले नेपालका ७२ जिल्लालाई लिजमा दिऊँ भनेपछि संसदमा लफडा (भिडियो) आइतबार, असार ८, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
कतारमा गरिएको आक्रमणमा इरानी राष्ट्रपतिले मागे माफी मंगलबार, असार १०, २०८२
टिकटकर बस्नेत पक्राउविरुद्ध सर्वोच्चमा बन्दीप्रत्यक्षीकरणको निवेदन, थुनामा राख्नुको कारण देखाउ आदेश जारी मंगलबार, असार १०, २०८२
इजरायल–इरान संघर्ष : युद्धविराम घोषणा दुई घण्टा पनि टिकेन, दुवै तर्फबाट आक्रमण जारी मंगलबार, असार १०, २०८२
युद्धविरामको प्रस्तावलाई इजरायलले पनि दियो सहमति मंगलबार, असार १०, २०८२
इजरायलले युद्धविराम प्रस्तावमा सहमति जनाएपछि तेलको मूल्यमा गिरावट मंगलबार, असार १०, २०८२
सबै हेर्नुहोस
अन्तर्वार्ता
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
विश्व सेतो दुबी दिवसस् रोग छालाको, प्रश्न चेतनाको नेपाल लाइभ
प्रिय दाई गुटबन्दीको अन्त्य गरी लोकप्रिय पार्टी बनाउन योगदान दिनुहोस् ! ई. विश्वराज काफ्ले
खोपको महत्व र बालबालिकाको स्वास्थ्य सुरक्षामा हाम्रो भूमिका नेपाल लाइभ
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
सबै हेर्नुहोस
ब्लग
बैंकिङ्ग व्यवसायलाई उद्यमशीलताको भर मंगलबार, वैशाख २, २०८२
हितेन्द्र र कुलमानको रिट हेर्न नमिल्नेमा आइतबार, चैत १७, २०८१
चौरासी वर्षका क्यान्सरविजेताको जीवन वृत्तान्त ‘कालसँग कुस्ती’ सार्वजनिक आइतबार, फागुन १८, २०८१
सबै हेर्नुहोस
लोकप्रिय
कतारमा गरिएको आक्रमणमा इरानी राष्ट्रपतिले मागे माफी मंगलबार, असार १०, २०८२
टिकटकर बस्नेत पक्राउविरुद्ध सर्वोच्चमा बन्दीप्रत्यक्षीकरणको निवेदन, थुनामा राख्नुको कारण देखाउ आदेश जारी मंगलबार, असार १०, २०८२
इरानमा प्रयोग गरिएको बङ्कर–बस्टर बम के हो ? आइतबार, असार ८, २०८२
विश्व बैङ्कबाट २० अर्ब ७९ करोड ऋण स्वीकारसहित यी हुन् मन्त्रिपरिषद् बैठकका १९ निर्णय (सूचीसहित) बुधबार, असार ४, २०८२
इजरायलको बीर्शेबामा इरानको अर्को आक्रमण, इजरायलविरुद्ध इरानमा भएको प्रदर्शनमा हिजबुल्लाह पनि संलग्न शुक्रबार, असार ६, २०८२
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2025 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्