• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
  • गोपनीयता नीति
  • प्रयोगका सर्त
सोमबार, जेठ २६, २०८२ Mon, Jun 9, 2025
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
बैंक/बिमा/सेयर
तीन महिनामै जीवन बिमा कम्पनीले कमाए १ अर्ब २६ करोड महामारीकै बीच कसरी बढ्यो नाफा?
64x64
अरुण सापकोटा बिहीबार, मंसिर ४, २०७७  ०६:०३
1140x725

काठमाडौं- जीवन बिमा कम्पनीहरुले चालु आर्थिक वर्ष २०७७/७८ को पहिलो तीन महिनामा १ अर्ब २६ करोड रुपैयाँ नाफा आर्जन गरेका छन्। १९ वटा जीवन बिमा कम्पनीले कोभिड महामारीका बीच पनि गत वर्षको यही अवधिको तुलनामा २४.२९ प्रतिशतले नाफा बढाएका हुन्।

बिमा कम्पनीको अधिकांश कोष बैंक तथा वित्तीय संस्थामा निक्षेपका रुपमा बसेको हुन्छ। बैंकको ब्याजदर बढ्दा कम्पनीको नाफामा उल्लेख्य सुधार हुन्छ भने ब्याजदर घट्दा नाफा पनि खुम्चिने गरेको छ। अधिकांश जीवन बिमा कम्पनको नाफामा सुधार देखिए पनि केही कम्पनीले भने यही बेला घाटा व्यहोर्नु परेको पनि छ। युनियन लाइफ इन्स्योरेन्स कम्पनी, राष्ट्रिय बिमा संस्थान र सन नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको नाफामा गत वर्षकोभन्दा कमजोर भएको छ। 

'बैंक तथा वित्तीय संस्थामा महँगो ब्याजदरमा पैसा जम्मा गर्ने कम्पनीको मुनाफामा राम्रो सुधार देखिएको छ। बैंक तथा वित्तीय संस्थाले केही समयदेखि निक्षेपको ब्याजदर घटाइरहेका छन्। केही कम्पनीमा यसको असर तत्काल नदेखिए पनि आगामी दिनमा देखिन सक्छ,' बिमाविज्ञ रवीन्द्र घिमिरेको भनाइ छ। बिमा कम्पनीहरुले आफूसँग भएको कोष बैंकमा जम्मा गरेर स्वतः आर्जन हुने ब्याज आम्दानीबाहेक अन्य आम्दानी नदेखिएको घिमिरेको विश्लेषण छ।

जीवन बिमा कम्पनीको न्यूनतम चुक्ता पुँजी २ अर्ब रुपैयाँ तोकिएको छ। पुराना जीवन बिमा कम्पनीको पुँजी २ अर्ब पुगिसकेको छ भने एउटा नयाँ जीवन बिमा कम्पनी पुर्याउने क्रममा छन्। गएका वर्षमा नयाँ जीवन बिमा कम्पनीहरुले आफूसँग भएको पुँजी बैंकमा जम्मा गरेर त्यसको ब्याजबाटै नाफा देखाउँदै आएकोमा यस वर्ष कतिपय नयाँ जीवन बिमा कम्पनीको नाफामा कमी आएको छ। ती कम्पनीले व्यवसाय विस्तारका क्रममा शाखा सञ्जाल तथा कर्मचारी खर्च बढेकाले नाफा बढाउन सकिरहेका छैनन्। 

त्यस्तै पुराना कम्पनीको नाफामा भने उल्लेख्य सुधार भएको देखिएको छ। कम्पनीहरूका प्रमुख कार्यकारी अधिकृतले जसरी पनि नाफा सुधार गर्ने रणनीति अख्तियार गरेकाले पनि नाफा बढ्न योगदान गरेको घिमिरेको भनाइ छ। चार वर्षे कार्यकालमा जसरी भए पनि पोलिसी बिक्री गरेर आफ्नो प्रस्तुति देखाउने रणनीतिका कारण तत्कालका लागि सुधार देखिए पनि दीर्घकालीन रूपमा यो घातक सावित हुन सक्ने उनको विश्लेषण छ।

अहिले धेरै नाफा देखाउन तथा धेरै व्यापार देखाउन करोड करोड रुपैयाँका पोलिसी बिक्री गराउने तर भोलिका दिनमा बीमितले पोलिसीलाई निरन्तरता दिने विषयमा भने नसोच्ने गरेको उनले आरोप लगाए। 

कम्पनीको नाफासँगै बिमा शुल्क आर्जनमा पनि सुधार भैरहेको छ। कम्पनीहरुले पहिलो तीन महिनामा ३२ अर्ब ३२ करोड रुपैयाँ बिमा शुल्क आर्जन गरेका छन्। गत वर्षको यही अवधिको तुलनामा कम्पनीहरुले ३१ प्रतिशतले बिमा शुल्क आर्जन बढाएका हुन्। कम्पनीले गत वर्ष २४ अर्ब ६६ करोड रुपैयाँ बिमा शुल्क आर्जन गरेका थिए। नाफासँगै व्यवसाय पनि सुधार गरिरहेकोले गर्दा सकारात्मक रुपमा लिन सकिने विज्ञहरु बताउछन्। 

जीवन बिमा कम्पनीहरुले पहिलो त्रैमासमा आर्जन गरेको नाफा

Ncell 2
Ncell 2

जीवन बिमा कम्पनी

नाफा

वृद्धि (%)

असोज २०७७

असोज २०७६

नेपाल लाइफ इन्स्योरेन्स

229002

204432

12.02

प्राइम लाइफ इन्स्योरेन्स

120774

100255

20.47

नेशनल लाइफ इन्स्योरेन्स

118371

115396

2.58

सूर्या लाइफ इन्स्योरेन्स

101610

78793

28.96

एशियन लाइफ इन्स्योरेन्स

94048

40233

133.76

मेट लाइफ इन्स्योरेन्स

75511

65562

15.17

लाइफ इन्स्योरेन्स कर्पोरेसन

57926

23678

144.64

राष्ट्रिय बिमा संस्थान

10272

17480

-41.24

गुराँस लाइफ इन्स्योरेन्स

42771

31947

33.88

रिलायबल लाइफ इन्स्योरेन्स

65903

58119

13.39

रिलायन्स लाइफ इन्स्योरेन्स

30073

18514

62.43

युनियन लाइफ इन्स्योरेन्स

24191

55657

-56.54

सन नेपाल लाइफ इन्स्योरेन्स

25478

35012

-27.23

आइएमइ लाइफ इन्स्योरेन्स

43081

29582

45.63

प्रभु लाइफ इन्स्योरेन्स

30924

12294

151.54

महालक्ष्मी लाइफ इन्स्योरेन्स

24271

21460

13.10

ज्योती लाइफ इन्स्योरेन्स

72222

37641

91.87

सानिमा लाइफ

35178

19820

77.49

सिटिजन्स लाइफ इन्स्योरेन्स

61158

50130

22.00

जम्मा

1262764

1016005

24.29

विगतका वर्षहरू जस्तै यसवर्ष पनि सबैभन्दा नाफा गर्ने जीवन बिमा कम्पनीमा नेपाल लाइफ इन्स्योरेन्स छ। नेपाल लाइफले १२ प्रतिशलते नाफामा सुधार गरेर २२ करोड ९० लाख रुपैयाँ आर्जन गरेको छ।

दोस्रो स्थानमा यस वर्ष प्राइम लाइफ इन्स्योरेन्स छ। प्राइम गत वर्ष तेस्रो स्थानमा थियो। त्यस्तै तेस्रो स्थानमा रहेको नेसनल लाइफले ११ करोड ८३ लाख रुपैयाँ नाफा आर्जन गरेको छ।

यस वर्ष सूर्या लाइफले उल्लेख्य सुधार गरेको छ। नयाँ आएका १० जीवन बिमा कम्पनी मध्ये सबैभन्दा धेरै ज्योति लाइफले ७ करोड रुपैयाँ नाफाँ आर्जन गरेको छ। १० वटै नयाँ कम्पनीको नाफा भने ४१ करोड २४ लाख रुपैयाँ रहेको छ।

त्यस्तै पुराना जीवन बिमा कम्पनीको मुनाफा ८५ करोड २ लाख रुपैयाँ रहेको छ। जम्मा नाफाको ३२.६६ प्रतिशत नयाँ जीवन बिमा कम्पनीको रहेको छ भने ६७.३३ प्रतिशत पुराना बिमा कम्पनीको रहेको छ। नयाँ बिमा कम्पनीहरुले नाफामा पनि पुराना बिमा कम्पनीलाई टक्कर दिन थालेका हुन्। 

प्रकाशित मिति: बिहीबार, मंसिर ४, २०७७  ०६:०३
  • #नाफा
  • #जीवनबिमा
  • #वृद्धि

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
अरुण सापकोटा
सापकोटा नेपाल लाइभका वरिष्ठ संवाददाता हुन्।
लेखकबाट थप
४ करोड रुपैयाँसम्म तलबभत्ता बुझ्छन् बैंकका सिइओ, कसको कति?
केही बैंकको बदमासी रोक्न बैंकिङ क्षेत्रमै 'माइक्रो-म्यानेजमेन्ट'!
८ अर्बको आइपिओपछि पूर्वाधार बैंकले २ खर्बभन्दा बढी लगानी गर्ने हैसियत बनाउँछ : भुपेन्द्र पाण्डे [अन्तर्वार्ता]
सम्बन्धित सामग्री
सेयर बजारमा गिरावट, कारोबार रकम भने बढ्यो साताको पहिलो कारोबार दिन आज सेयर बजार ११ अंकले गिरावट आएको हो। योसँगै आज सेयर बजार २६२९ विन्दुमा कायम भई बन्द भएको छ। आइतबार, जेठ २५, २०८२
साताको अन्तिम दिन पनि घट्यो सेयर बजार बुधबार १२ अंकले गिरावट भएको नेपाल स्टक एक्चेञ्ज (नेप्से) आज ६ अंकले गिरावट आएको हो। योसँगै सेयर बजार २६४० विन्दुमा पुगेर बन्द भएको छ... बिहीबार, जेठ २२, २०८२
नबिल बैंकको प्रमुख कार्यकारी अधिकृतमा मनोज ज्ञवाली नियुक्त जेठ २२ गते बसेको बैंक सञ्चालक समितिको बैठकले ज्ञवालीलाई बिहीबारदेखि लागु हुनेगरी आगामी चार वर्षका लागि प्रमुख कार्यकारी अधिकृतको जिम... बिहीबार, जेठ २२, २०८२
ताजा समाचारसबै
पन्ध्र शय्याको अस्पतालबाट ५४ शय्याको सेवा सोमबार, जेठ २६, २०८२
यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमय दर सोमबार, जेठ २६, २०८२
स्पेनलाई हराउँदै पोर्चुगलले जित्यो नेशन्स लिगको उपाधि सोमबार, जेठ २६, २०८२
स्कटल्यान्डसँगको थ्रीलर गेममा नेपाल २ रनले पराजित, तीन ब्याटरको अर्धशतक आइतबार, जेठ २५, २०८२
भिजिट भिसा प्रकरणबारे विपक्षी दलबीच छलफल जारी रहेपनि सहमति भएको छैन : हितराज पाण्डे आइतबार, जेठ २५, २०८२
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेताहरुको योगदानका बारेमा प्रचार प्रसार गर्न आवश्यक छ (भिडियो)
नेताहरुको योगदानका बारेमा प्रचार प्रसार गर्न आवश्यक छ (भिडियो) आइतबार, जेठ २५, २०८२
प्रधानमन्त्रीद्वारा अनेरास्ववियुको महाधिवेशन उद्घाटन (भिडियो)
प्रधानमन्त्रीद्वारा अनेरास्ववियुको महाधिवेशन उद्घाटन (भिडियो) आइतबार, जेठ २५, २०८२
धुलिखेल–खावा सडक : दुई वर्षदेखि सास्ती खेपिरहेका सर्वसाधारण (भिडियो)
धुलिखेल–खावा सडक : दुई वर्षदेखि सास्ती खेपिरहेका सर्वसाधारण (भिडियो) आइतबार, जेठ २५, २०८२
प्रतिपक्षीले विरोध जनाएपनि प्रतिनिधिसभाको बैठक सञ्चालन हुने (भिडियो)
प्रतिपक्षीले विरोध जनाएपनि प्रतिनिधिसभाको बैठक सञ्चालन हुने (भिडियो) आइतबार, जेठ २५, २०८२
सुनचाँदीको गहनामा लगाइएको विलासिता कर फिर्ता लिन माग गर्दै व्यवसायीको प्रदर्शन
सुनचाँदीको गहनामा लगाइएको विलासिता कर फिर्ता लिन माग गर्दै व्यवसायीको प्रदर्शन आइतबार, जेठ २५, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
अमेरिकाबाट ‘डिपोर्ट’ गरिएका नेपाली लिएर आउँदै अमेरिकी चार्टर्ड विमान आइतबार, जेठ २५, २०८२
स्कटल्यान्डसँगको थ्रीलर गेममा नेपाल २ रनले पराजित, तीन ब्याटरको अर्धशतक आइतबार, जेठ २५, २०८२
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन आइतबार, जेठ २५, २०८२
नेपाल टेलिकमकी प्रबन्ध निर्देशक पहाडीसहितलाई भ्रष्टाचार मुद्दा आइतबार, जेठ २५, २०८२
नेपालमा पहिलोपटक लिङ्ग परिवर्तन शल्यक्रिया आइतबार, जेठ २५, २०८२
सबै हेर्नुहोस
अन्तर्वार्ता
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
अवुधावीमा मनाइयो गणतन्त्र दिवस नेपाल लाइभ
नेपालको आर्थिक समृद्धिको आधार बन्न सक्छ ‘धार्मिक पर्यटन’ राजेश कुमार शाह
स्मार्टफोनको दुष्प्रभाव : विद्यार्थीहरू किन जोखिममा छन् ? नेपाल लाइभ
सबै हेर्नुहोस
ब्लग
बैंकिङ्ग व्यवसायलाई उद्यमशीलताको भर मंगलबार, वैशाख २, २०८२
हितेन्द्र र कुलमानको रिट हेर्न नमिल्नेमा आइतबार, चैत १७, २०८१
चौरासी वर्षका क्यान्सरविजेताको जीवन वृत्तान्त ‘कालसँग कुस्ती’ सार्वजनिक आइतबार, फागुन १८, २०८१
सबै हेर्नुहोस
लोकप्रिय
आजको मौसमः देशभर आंशिक बदली, केहि स्थानमा भारी वर्षाको सम्भावना बुधबार, जेठ २१, २०८२
बरु ६ महिना यात्रा नगरौँ, यातायात व्यवसायीको धम्कीबाट नडराऔँ : सांसद शाही मंगलबार, जेठ २०, २०८२
माधव नेपालको सांसद पद निलम्बन बिहीबार, जेठ २२, २०८२
सदन खुलाउन विपक्षी दलले राखे तीन शर्त मंगलबार, जेठ २०, २०८२
भिजिट भिसा प्रकरण : संसद् खोल्न कांग्रेसले राखेको प्रस्ताव रास्वपाद्वारा अस्वीकार बिहीबार, जेठ २२, २०८२
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2025 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्