काठमाडौं– साताको पहिलो कारोबार दिन आइतबार सेयर बजारमा गिरावट आएको छ। यसअघिका दिनहरूमा गिरावट आएको नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा गिरावट आएको हो।
साताको पहिलो कारोबार दिन आज सेयर बजार ११ अंकले गिरावट आएको हो। योसँगै आज सेयर बजार २६२९ विन्दुमा कायम भई बन्द भएको छ।
सेयर बजार परिसूचकमा गिरावट आए पनि कारोबार रकम बढेको छ। अघिल्लो दिनको तुलनामा आज कारोबार रकम वृद्धि हुँदै सवा नौ अर्ब पुगेको हो।
कारोबारका आधार आज ८६ कम्पनीको सेयर मूल्य वृद्धि भएको छ। १६२ कम्पनीको सेयर मूल्यमा गिरावट आएको छ।
आज कारोबारका आधारमा सबैभन्दा धेरै दुई कम्पनीको सेयर मूल्यमा सर्किट लागेको छ। जसमा रिभर फल्स पावर लिमिटेड र पुरे इनर्जी लिमिटेड कम्पनी लिमिटेड रहेका छन्।
यस्तै, सबैभन्दा बढी सेयर मूल्य गिरावट हुने कम्पनीमा ओम मेगाश्री फार्मास्युटिकल लिमिटेड र नेपाल माइक्रो इन्सुरेन्स कम्पनी लिमिटेड रहेका छन्। यी कम्पनीको सेयरमा नकारात्मक सर्किट लागेको हो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।